pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

थाहा दिवसमा के भने विराेध खतिवडाले ? (भिडियाे)

   थाहा आन्दोलनका प्रणेता दार्शनिक जनमुखी नेता स्वर्गीय रुपचन्द्र बिष्टको ८४ औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।थाहा नगरपालिकाको विकास घरमा फरक सोच थाहा नगर पालिकाले पौष २६ गते जन्मनु भएका जनमुखी नेता स्वर्गीय रुपचन्द्र बिष्टको जन्म दिनको अबसरमा आयोजित कार्यक्रममा विभिन्न सामाजिक व्यक्तिको सम्मान गरि तथा रुपचन्द्र बिष्टको शालिकमा माल्यापर्ण सहितको कार्यक्रम भएको गरिएको हो । 

    मकवानपुर प्रतिनिधि सभा २ का सांसद बिरोध खतिवडाको प्रमूख आतिथ्यमा थाहा नगरको विकास घर प्राङगणमा रहेको रुपचन्द्र विष्टको शालिकमा माल्यार्पण गरि सुरु भएको कार्यक्रममा प्रमुख अतिथि खतिवडाले रुप चन्द्र विष्टका दर्शन सबैका साझा भएकाले सवैले अबलम्बन गर्नु पर्ने कुरामा जोड दिनु भयो । तत्कालिन अवस्थामा रुपचन्द्र बिष्टलाई हराउन लागेको भन्ने कुरा आरोपमा मात्र भएको पनि बताउनु भएको थियो  । खतिवडाले त्यती बेला रुपचन्द्र स“ग चुनाव लड्न आफुलाई तत्कालिन माले पार्टिले उमेदवार बनाएको र आफु रुपचन्द्रको सहमति मै उठेको बताउनु भयो । रुपचन्द्र बिष्टस“ग आफुलाई  नराम्रो रुपमा जोडेको सुन्दा नरामाइलो लाग्ने बताउ“दै रुदाने जनताको चेतना जगाउने,े जनमुखी विकासप्रेमी महान व्यक्ती भएको भन्दै प्रशंसा गर्नु भयो । कार्यक्रममा अतिथि खतिवडाले विष्टलाई कुनै पनि पार्टीको मात्र नभई उहा“को दर्शनलाई सबै पार्टीले अंगाल्नू अहिलेको आवश्यकता भएको समेत बताउनु भयो ।


   कार्यक्रममा विशिष्ट अतिथि रुपचन्द्र बिष्टका सहयात्री हाल मनहरी गाउ“पालिका अध्यक्ष  एकराज उप्रेतीले रुदानेको चर्चा गर्दै आफुलाई समस्या पर्दा रुपचन्द्र बिष्टको पर्चाहरु हेरेर चित्त बुझाउ“ने र समस्या समाधान गर्ने गरेको बताउनु भयो । उप्रेतीले रुदानेको संगत गर्दा एक महामानवको साथ पाएको बताउ“दै त्यती बेला जागीरको लागि आएको प्रस्ताव पनि त्यागेको बताउनु भयो । रुदानेले सिकाएको सत्यको मार्ग अहिले पछिल्लो राजनिति गर्नेहरुले अनुसरण गर्नुपर्ने बताउनु भयो ।  लामो समय रुपचन्द्रको सहयात्री विशिष्ट अतिथी उप्रेतीले रुपचन्द्र विष्टको त्यती बेलाको जिवनशैली तथा रोचक स्वभावको बिषयमा जानकारी गराउनु भएको थियो । थाहा दिवस मनाउन सुरु गरेकोको खुसी ब्यक्त गर्दै आफूले मनहरीमा थाहा वाचनालय संचालनमा ल्याउन लागेको र रुपचन्द्रको नाममा सडक समेत थाहामार्ग भनेर सुरु गर्न लागेको बताउ“दै थाहालाई फैलाउन लागीपर्ने जाकारी गराउनु भएको थियो । 

   कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लवसेर बिष्टले थाहा नगरपालिकाको नामाकरण रुदानेको दर्शनबाट  नामाकरण भएकोले रुदानेको उच्च सम्मान हुने गरि संधै समाजको उत्तरदायी भई काम गर्ने बताउनु भयो । कार्यक्रममा बिभिन्न व्यक्तीहरुले रुपचन्द्रको बिगतका प्रसंगहरु सहित चर्चा गरिरहंदा स्थानीय जनमुखी सहकर्मी ज्योति रायमाझीले रुपचन्द्रको दर्शनलाई भाषणमा होइन अब व्यवहारमा लागु गरी थाहा दर्शन सहित शिक्षा र सम्वृद्धिको लागि    लागिपरेका विष्टको मार्गलाई सबैले औल्याउनु पर्ने बताउनु भयो ।
  थाहा नगरपालिकाका उप–मेयर खडग बहादुर गोपालीले आफुलाई रुपचन्द्रको चेलो भन्न मनपाउने भन्दै बाल्यकालमा रुपचन्द्र स“गको बिभिन्न क्षणको सम्झनु भएको थियो । कार्यक्रमका अतिथि नेकपा एमाले जिल्ला सदस्य एवम् थाहा नगर इन्चार्ज बिष्णु प्रसाद ढकालले रुपचन्द्रको निष्पक्ष सक्रियताको अभ्यासलाई कार्यक्रमनै बनाएर प्रयोगमा ल्याउनु पर्ने बताउनु भयो । उहा“ले रुपचन्द्र एक दुरदर्शी दार्शनीक नेता भएकोले उहा“का हरेक भनाई तथा व्यबहारलाई लागु गर्नु आवश्यक भएको बताउनु भयो । साथै ढकालले रुपचन्द्र विष्टको पारिवारिक पृष्ठभूमीको पनि चर्चा गर्नु भएको थियो । 
   यसैगरि, अतिथिहरु जनमुखि अभियान प्रा.लि.का अध्यक्ष अरुण रायमाझी, थाहा नगरपालिका वडा नंं ३ का वडा अध्यक्ष राजेश केसी लगायतले रुपचन्द्रको स्मरण गर्दै उहा“को चर्चा गर्नु भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य लक्ष्मण बिष्ट, नेपाली का“ग्रेस नगर सभापती योगेन्द्रमान श्रेष्ठ, स्थानीय संघ संस्थाका प्रतिनीधिहरु, तथा रजनीतिक दलका प्रतिनीधिहरुको आतिथ्य रहेको थियो । 

   रुपचन्द्र विष्टको जन्म दिन पौष २६को अवसरमा फरक सोचले विगत तीन वर्षदेखि थाहा दिवस मनाउ“दै आइरहेकोे छ । यसवर्ष तेस्रो थाहा दिवस तथा चौथो तिर्थदास स्मृति सामाजिक सम्मान र जया नारी शैक्षिक कोष घोषणा सहितको कार्यक्रम गरेको हो ।
   सहभागी तथा अतिथीहरुलाई फरक सोच अभियानकी उर्मिला गोपालीले स्वागत गर्नु भएको थियो भने अतिथीहरुलाई फरकसोचको तर्फबाट कार्यक्रमको सभापतित्व गर्नु भएकी अभियन्ता जयन्ती रायमाझीले मायाको चिनो प्रदान गर्नु भएको थियो । 

कार्यक्रमको अबसरमा जया नारी शैक्षिक कोषमार्फत थाहानगरका २० जना गरिव तथा जेहन्दार छात्राहरुलाई छात्रवृत्ति पनि वितरण गरिएको थियो । बिगत लामो समयदेखि निजी श्रोत शिक्षकको रुपमा जनकल्याण माध्यामिक विद्यालयमा कार्यरत नरेन्द्र प्रसाद सिंहलाई सम्मान गरिएको थियो । थाहा नगरपालिकाका पहिलो जननिर्वाचित थाहा नगरका प्रमुख लवशेर विष्ट र उपप्रमुख खड्ग गोपालीलाई पहिलो नगर प्रमूख र उपप्रमूख विजय हुनु भएकोमा अभिनन्दन गरिएको थियो । 
 

थाहा दिवसमा के भने विराेध खतिवडाले ?

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg