Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

थाहा दिवसमा के भने विराेध खतिवडाले ? (भिडियाे)

   थाहा आन्दोलनका प्रणेता दार्शनिक जनमुखी नेता स्वर्गीय रुपचन्द्र बिष्टको ८४ औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।थाहा नगरपालिकाको विकास घरमा फरक सोच थाहा नगर पालिकाले पौष २६ गते जन्मनु भएका जनमुखी नेता स्वर्गीय रुपचन्द्र बिष्टको जन्म दिनको अबसरमा आयोजित कार्यक्रममा विभिन्न सामाजिक व्यक्तिको सम्मान गरि तथा रुपचन्द्र बिष्टको शालिकमा माल्यापर्ण सहितको कार्यक्रम भएको गरिएको हो । 

    मकवानपुर प्रतिनिधि सभा २ का सांसद बिरोध खतिवडाको प्रमूख आतिथ्यमा थाहा नगरको विकास घर प्राङगणमा रहेको रुपचन्द्र विष्टको शालिकमा माल्यार्पण गरि सुरु भएको कार्यक्रममा प्रमुख अतिथि खतिवडाले रुप चन्द्र विष्टका दर्शन सबैका साझा भएकाले सवैले अबलम्बन गर्नु पर्ने कुरामा जोड दिनु भयो । तत्कालिन अवस्थामा रुपचन्द्र बिष्टलाई हराउन लागेको भन्ने कुरा आरोपमा मात्र भएको पनि बताउनु भएको थियो  । खतिवडाले त्यती बेला रुपचन्द्र स“ग चुनाव लड्न आफुलाई तत्कालिन माले पार्टिले उमेदवार बनाएको र आफु रुपचन्द्रको सहमति मै उठेको बताउनु भयो । रुपचन्द्र बिष्टस“ग आफुलाई  नराम्रो रुपमा जोडेको सुन्दा नरामाइलो लाग्ने बताउ“दै रुदाने जनताको चेतना जगाउने,े जनमुखी विकासप्रेमी महान व्यक्ती भएको भन्दै प्रशंसा गर्नु भयो । कार्यक्रममा अतिथि खतिवडाले विष्टलाई कुनै पनि पार्टीको मात्र नभई उहा“को दर्शनलाई सबै पार्टीले अंगाल्नू अहिलेको आवश्यकता भएको समेत बताउनु भयो ।


   कार्यक्रममा विशिष्ट अतिथि रुपचन्द्र बिष्टका सहयात्री हाल मनहरी गाउ“पालिका अध्यक्ष  एकराज उप्रेतीले रुदानेको चर्चा गर्दै आफुलाई समस्या पर्दा रुपचन्द्र बिष्टको पर्चाहरु हेरेर चित्त बुझाउ“ने र समस्या समाधान गर्ने गरेको बताउनु भयो । उप्रेतीले रुदानेको संगत गर्दा एक महामानवको साथ पाएको बताउ“दै त्यती बेला जागीरको लागि आएको प्रस्ताव पनि त्यागेको बताउनु भयो । रुदानेले सिकाएको सत्यको मार्ग अहिले पछिल्लो राजनिति गर्नेहरुले अनुसरण गर्नुपर्ने बताउनु भयो ।  लामो समय रुपचन्द्रको सहयात्री विशिष्ट अतिथी उप्रेतीले रुपचन्द्र विष्टको त्यती बेलाको जिवनशैली तथा रोचक स्वभावको बिषयमा जानकारी गराउनु भएको थियो । थाहा दिवस मनाउन सुरु गरेकोको खुसी ब्यक्त गर्दै आफूले मनहरीमा थाहा वाचनालय संचालनमा ल्याउन लागेको र रुपचन्द्रको नाममा सडक समेत थाहामार्ग भनेर सुरु गर्न लागेको बताउ“दै थाहालाई फैलाउन लागीपर्ने जाकारी गराउनु भएको थियो । 

   कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लवसेर बिष्टले थाहा नगरपालिकाको नामाकरण रुदानेको दर्शनबाट  नामाकरण भएकोले रुदानेको उच्च सम्मान हुने गरि संधै समाजको उत्तरदायी भई काम गर्ने बताउनु भयो । कार्यक्रममा बिभिन्न व्यक्तीहरुले रुपचन्द्रको बिगतका प्रसंगहरु सहित चर्चा गरिरहंदा स्थानीय जनमुखी सहकर्मी ज्योति रायमाझीले रुपचन्द्रको दर्शनलाई भाषणमा होइन अब व्यवहारमा लागु गरी थाहा दर्शन सहित शिक्षा र सम्वृद्धिको लागि    लागिपरेका विष्टको मार्गलाई सबैले औल्याउनु पर्ने बताउनु भयो ।
  थाहा नगरपालिकाका उप–मेयर खडग बहादुर गोपालीले आफुलाई रुपचन्द्रको चेलो भन्न मनपाउने भन्दै बाल्यकालमा रुपचन्द्र स“गको बिभिन्न क्षणको सम्झनु भएको थियो । कार्यक्रमका अतिथि नेकपा एमाले जिल्ला सदस्य एवम् थाहा नगर इन्चार्ज बिष्णु प्रसाद ढकालले रुपचन्द्रको निष्पक्ष सक्रियताको अभ्यासलाई कार्यक्रमनै बनाएर प्रयोगमा ल्याउनु पर्ने बताउनु भयो । उहा“ले रुपचन्द्र एक दुरदर्शी दार्शनीक नेता भएकोले उहा“का हरेक भनाई तथा व्यबहारलाई लागु गर्नु आवश्यक भएको बताउनु भयो । साथै ढकालले रुपचन्द्र विष्टको पारिवारिक पृष्ठभूमीको पनि चर्चा गर्नु भएको थियो । 
   यसैगरि, अतिथिहरु जनमुखि अभियान प्रा.लि.का अध्यक्ष अरुण रायमाझी, थाहा नगरपालिका वडा नंं ३ का वडा अध्यक्ष राजेश केसी लगायतले रुपचन्द्रको स्मरण गर्दै उहा“को चर्चा गर्नु भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य लक्ष्मण बिष्ट, नेपाली का“ग्रेस नगर सभापती योगेन्द्रमान श्रेष्ठ, स्थानीय संघ संस्थाका प्रतिनीधिहरु, तथा रजनीतिक दलका प्रतिनीधिहरुको आतिथ्य रहेको थियो । 

   रुपचन्द्र विष्टको जन्म दिन पौष २६को अवसरमा फरक सोचले विगत तीन वर्षदेखि थाहा दिवस मनाउ“दै आइरहेकोे छ । यसवर्ष तेस्रो थाहा दिवस तथा चौथो तिर्थदास स्मृति सामाजिक सम्मान र जया नारी शैक्षिक कोष घोषणा सहितको कार्यक्रम गरेको हो ।
   सहभागी तथा अतिथीहरुलाई फरक सोच अभियानकी उर्मिला गोपालीले स्वागत गर्नु भएको थियो भने अतिथीहरुलाई फरकसोचको तर्फबाट कार्यक्रमको सभापतित्व गर्नु भएकी अभियन्ता जयन्ती रायमाझीले मायाको चिनो प्रदान गर्नु भएको थियो । 

कार्यक्रमको अबसरमा जया नारी शैक्षिक कोषमार्फत थाहानगरका २० जना गरिव तथा जेहन्दार छात्राहरुलाई छात्रवृत्ति पनि वितरण गरिएको थियो । बिगत लामो समयदेखि निजी श्रोत शिक्षकको रुपमा जनकल्याण माध्यामिक विद्यालयमा कार्यरत नरेन्द्र प्रसाद सिंहलाई सम्मान गरिएको थियो । थाहा नगरपालिकाका पहिलो जननिर्वाचित थाहा नगरका प्रमुख लवशेर विष्ट र उपप्रमुख खड्ग गोपालीलाई पहिलो नगर प्रमूख र उपप्रमूख विजय हुनु भएकोमा अभिनन्दन गरिएको थियो । 
 

थाहा दिवसमा के भने विराेध खतिवडाले ?

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg