Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

शिक्षा

थाहा–१२ का सामुदायिक विद्यालयका अभिभावकका लागि एक दिने शैक्षिक अवलोकन भ्रमण सम्पन्न

1763816296172-1763816311.jpg

थाहा नगरपालिका
थाहा नगरपालिका वडा नं. १२ र विङ्ग युथको सहकार्यमा थाहा–१२ भित्रका सम्पूर्ण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले एक दिने शैक्षिक भ्रमण तथा अवलोकन कार्यक्रम सम्पन्न गरिएको छ। दक्षिणकाली नगरपालिकास्थित विभिन्न नमुना विद्यालयहरूमा गरिएको यस अवलोकन भ्रमणमा अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–अभिभावक संघका प्रतिनिधि, शिक्षक तथा जनप्रतिनिधिसहित कुल २२५ जनाको सहभागिता रहेको थियो।
कार्यक्रमको मुख्य उद्देश्य सामुदायिक विद्यालयको सुधारमा अभिभावकको महत्त्वपूर्ण भूमिकाबारे चेतना अभिवृद्धि गर्नु र शिक्षकहरूले विद्यालय सुधारका लागि गर्दै आएका प्रयास तथा योगदानबारे प्रत्यक्ष अवलोकन गर्नु रहेको बताइएको छ। अभिभावकको शैक्षिक चेतना, बालबालिकाको सिकाइ परिणाममा पर्ने प्रभाव तथा विद्यालय प्रणाली सुधारमा यसको भूमिकाबारे प्रत्यक्ष बुझाइ लिन भ्रमणले महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूको भनाइ छ।
अवलोकन टोलीले सेतीदेवी मावि, अरुणोदय मावि, शिखरापुर समुदायिक विद्यालय र त्रिभुवन विद्यालय को अवलोकन गरी विद्यालय व्यवस्थापन, सिकाइ वातावरण, शिक्षकहरूको प्रतिबद्धता तथा अभिभावक–विद्यालय समन्वयसँग सम्बन्धित उत्कृष्ट अभ्यासहरूको अध्ययन गरेको थियो।
कार्यक्रमको समापन कार्यक्रममा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत र उप–मेयर बसन्ती डंगोल तामाङले सहभागी सबैलाई स्वागत गर्दै आफ्नो नगरपालिकाले शिक्षा तथा स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेपछि सामुदायिक विद्यालयमा देखिएको सकारात्मक परिवर्तनका अनुभवहरू साझा गरे।
थाहा नगरपालिका–१२ का वडा अध्यक्ष टिकाराम श्याङ्तानले भ्रमण अत्यन्तै परिणाममुखी रहेको उल्लेख गर्दै दक्षिणकालीका विद्यालयहरूमा अवलम्बन गरिएका राम्रा अभ्यासहरू थाहा नगरपालिकाका विद्यालयमा पनि कार्यान्वयन गर्दै अभिभावक तथा शिक्षकको भूमिकालाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे। उनले शिक्षकको भूमिकालाई अझ सुदृढ बनाउन निरन्तर पहल गर्ने प्रतिवद्द्ता व्यक्त गरे।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg