Thursday, 12 Mar, 2026
50makai-1773128454.png

शिक्षा

थाहा–१२ का सामुदायिक विद्यालयका अभिभावकका लागि एक दिने शैक्षिक अवलोकन भ्रमण सम्पन्न

1763816296172-1763816311.jpg

थाहा नगरपालिका
थाहा नगरपालिका वडा नं. १२ र विङ्ग युथको सहकार्यमा थाहा–१२ भित्रका सम्पूर्ण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले एक दिने शैक्षिक भ्रमण तथा अवलोकन कार्यक्रम सम्पन्न गरिएको छ। दक्षिणकाली नगरपालिकास्थित विभिन्न नमुना विद्यालयहरूमा गरिएको यस अवलोकन भ्रमणमा अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–अभिभावक संघका प्रतिनिधि, शिक्षक तथा जनप्रतिनिधिसहित कुल २२५ जनाको सहभागिता रहेको थियो।
कार्यक्रमको मुख्य उद्देश्य सामुदायिक विद्यालयको सुधारमा अभिभावकको महत्त्वपूर्ण भूमिकाबारे चेतना अभिवृद्धि गर्नु र शिक्षकहरूले विद्यालय सुधारका लागि गर्दै आएका प्रयास तथा योगदानबारे प्रत्यक्ष अवलोकन गर्नु रहेको बताइएको छ। अभिभावकको शैक्षिक चेतना, बालबालिकाको सिकाइ परिणाममा पर्ने प्रभाव तथा विद्यालय प्रणाली सुधारमा यसको भूमिकाबारे प्रत्यक्ष बुझाइ लिन भ्रमणले महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूको भनाइ छ।
अवलोकन टोलीले सेतीदेवी मावि, अरुणोदय मावि, शिखरापुर समुदायिक विद्यालय र त्रिभुवन विद्यालय को अवलोकन गरी विद्यालय व्यवस्थापन, सिकाइ वातावरण, शिक्षकहरूको प्रतिबद्धता तथा अभिभावक–विद्यालय समन्वयसँग सम्बन्धित उत्कृष्ट अभ्यासहरूको अध्ययन गरेको थियो।
कार्यक्रमको समापन कार्यक्रममा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत र उप–मेयर बसन्ती डंगोल तामाङले सहभागी सबैलाई स्वागत गर्दै आफ्नो नगरपालिकाले शिक्षा तथा स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेपछि सामुदायिक विद्यालयमा देखिएको सकारात्मक परिवर्तनका अनुभवहरू साझा गरे।
थाहा नगरपालिका–१२ का वडा अध्यक्ष टिकाराम श्याङ्तानले भ्रमण अत्यन्तै परिणाममुखी रहेको उल्लेख गर्दै दक्षिणकालीका विद्यालयहरूमा अवलम्बन गरिएका राम्रा अभ्यासहरू थाहा नगरपालिकाका विद्यालयमा पनि कार्यान्वयन गर्दै अभिभावक तथा शिक्षकको भूमिकालाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे। उनले शिक्षकको भूमिकालाई अझ सुदृढ बनाउन निरन्तर पहल गर्ने प्रतिवद्द्ता व्यक्त गरे।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
थाहा–२ मा रास्वपाको १३ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन
FB_IMG_1773312778963-1773312854.jpg

मकवानपुर । थाहा नगरपालिका वडा नं. २ मा फागुन २७, मा सम्पन्न वडा भेलाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को १३...

दलीय शिक्षक संगठन खारेज गर्न नव निर्वाचित सांसदको ध्यानाकर्षण
InShot_20260311_120604744-1773210088.jpg

मकवानपुर, फागुन २५ मकवानपुर  क्षेत्र नं २ बाट प्रतिनीधि सभा सदस्यमा निर्वाचित प्रशान्त उप्रेतीलाई थाहा...

प्रतिनिधि सभामा सम्भवत: सबैभन्दा “कान्छो” “माननीय” हुँदै प्रशान्त उप्रेती'
InShot_20260308_184820871-1772975025.jpg

मकवानपुर निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रशान्त उप्रेती...

एमाले मकवानपुरको कार्यबाहक अध्यक्षमा हिदम लामा
InShot_20260308_175618241-1772971902.jpg

नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुर जिल्ला कमिटीको आज बसेको आठौँ सचिवालय बैठकले पार्टी जिल्ला कमिटीका...

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा थाहामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
20260308_132118-1772969346.jpg

थाहा नगरपालिका — “सबै महिला र बालबालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने मूल नाराका साथ ११६ औँ...

प्रशान्त उप्रेतीलाई भेटेर लवशेरले दिए शुभकामना
FB_IMG_1772957293271-1772957323.jpg

हेटौंडा मकवानपुर क्षेत्र नम्बर २ मा रास्वपाबाट विजयी भएका प्रशान्त उप्र्रेतीलाई नेकपाका उम्मेदवार लवशेर...

थाहा नगरपालिकामा ५९.२% मतदान, २०,११५ मत खस्यो
FB_IMG_1772726647297-1772726660.jpg

आज सम्पन्न निर्वाचनमा थाहा नगरपालिकामा कुल ३३,९८१ मतदाता मध्ये २०,११५ मत खसेको छ। यस अनुसार नगरपालिकाभरि करिब...

फागु पूर्णिमामा ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्रमा मेला सम्पन्न, २२ हजार ९४० रुपैयाँ भेटी संकलन
InShot_20260302_191835365-1772458551.jpg

थाहा नगरपालिका–स्थित ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्रमा आज फागु पूर्णिमाको अवसरमा धार्मिक मेला सम्पन्न भएको...

अवैध घरेलु भरुवा बन्दुकसहित थाहा ४ का दुई जना पक्राउ
FB_IMG_1772452667428-1772453551.jpg

मकवानपुरको थाहा नगरपालिका–४, धारापानी (हरिकेसी टोल) मा अवैध घरेलु हतियार लुकाई राखेको सूचनाका आधारमा प्रहरीले...