pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

थाहामा संविधान दिवस २०७५को अवसरमा द्विप प्रज्जवलन गरिने
देशैभर विविध कार्यक्रम सहित मनाइदै

sambidhan-dibas-1537340636.jpg

—    शम्भु अधिकारी, थाहा नगरपालिका
०३ असोज, २०७५

आज संविधान दिवसको अवसरमा थाहा नगरपालिका थाना बजार स्थित बुद्घचोकमा द्विप प्रज्जवलन गरि मनाइने भएको छ ।
     थाहा नगरपालिकाको सहयोगमा लायन्स क्लव पिस थाहा र लियो क्लव अफ पिस थाहाको आयोजनामा द्विप प्रज्जवलन गरिन लागेको हो । कार्यक्रममा वडा कार्यालय, सरकारी कार्यालयहरु, बजार ब्यवस्थापन समिति, विभिन्न संघ÷संस्था, नेपाल प्रहरी लगायतको सहभागिता रहने वताइएको छ ।
प्रदेश ३ को राजधानीमा संविधान दिवस मनाइयो
     ३ नम्बर प्रदेश सरकारले प्रदेश राजधानी हेटौंडामा भव्यरुपमा संविधान दिवस मनाएको छ । विहान भुटनदेवी विद्यालयबाट प्रभातफेरी सहित मकवानपुर बहुमुखी क्याम्पसमा पुगेर सभामा परिणत भएको थियो । प्रभातफेरीमा विभिन्न वडा कार्यालय, सरकारी कार्यालयहरु, टोलविकास संस्थाहरु, विभिन्न विद्यालयहरु, खेलकुद संघहरु, विभिन्न समुदायका झाँकीहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट लगायत विभिन्न संघसंस्थाको सहभागि रहेको थियो ।
     प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा प्रदेश ३ का सभामुख, उप सभामुख, मन्त्रीहरु, प्रदेश सांसदहरु, हेटौंडा उपमहानगरका मेयर, प्रदेश प्रमुख सचिव, कानुन सचिव, सुरक्षा निकायका प्रमुखहरु लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रममा जनआन्दोलनका शहिद बासुदेव घिमिरे र जनयुद्घका सहिद पत्रकार रुद्र पाख्रिनको परिवारलाई मुख्यमन्त्रीले ओसल्ला ओढाएर अभिनन्दन गर्नु भएको थियो ।
संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपतिको अपिलसंविधानको भावनालाई गहिरोसँग आत्मसात् गर्न राज्यका सबै अङ्ग र आम नागरिकलाई  राष्ट्रपतिको अपिल

      राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताउनु भएको छ ।
     सामाजिक आर्थिक विकासलाई गति प्रदान गर्ने संविधानको महत्वपूर्ण भावनालाई गहिरोसँग आत्मसात् गर्न उनले जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अङ्ग र आम नागरिकलाई अपिलसमेत गर्नु भएको छ । ‘सामाजिक आर्थिक विकासलाई गति प्रदान गर्ने संविधानको महत्वपूर्ण भावनालाई गहिरोसँग आत्मसात् गर्दै सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अङ्ग र आम नागरिक क्रियाशील हुनु सामयिक आवश्यकता हो भन्ने मलाई लागेको छ’, संविधान दिवसका अवसरमा राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्ग्चित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएकोसमेत बताउनु भयो । संविधान जारी भएको आजको दिनले सबैलाई संवैधानिक मूल्य एवं मान्यताहरू कार्यान्वयन गर्न प्रेरणासहित अठोट जागृत गर्न सफलता प्राप्त हुने अपेक्षासमेत राष्ट्रपति भण्डारीले आफ्नो सन्देशमा व्यक्त गर्नु भएको छ । राष्ट्रपति भण्डारीले संविधान दिवसका अवसरमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव र सहकार्य कायम हुन सकोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको छ ।
 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg