jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

थाहामा नेकपा एसको भेला, ६१ सदस्यीय नगर कमिटी र ५१ सदस्यीय युबा कमिटी घोषणा
दुई तिहाइको भार थाम्न नसक्ने एमालेले दम्भ देखाउन पर्दैन : श्रीधर पोखरेल

ss-1635940286.jpg

 एकीकृत समाजबादी का जिल्ला अध्यक्ष श्रीधर पोखरेलले दुई तिहाइको बहुमत हुँदा पनि त्यसको भार थाम्न नसक्ने एमाले र ओलिले दम्भ देखाएको नसुहाएको बताउदै  दम्भ आगामी चुनाबमा जनताले तोड्ने बताउनु भयो । 
थाहा नगरमा भएको एकीकृत समाजबादीको नगर कमिटी घोषणा कार्यक्रम लाई सम्बोधन गर्दै नेता पोखरेलले  के पि ओलिले नेतृत्व गरेको एमाले र ओलिले बालुवाटारमा बसेर २ सय  पुँजिपती बर्ग लाई एमाले प्रवेश गराइ राज्य लाई तिर्नु पर्ने अर्बौं रुपैयाँको बिजुली महशुल मिनाहा गराउदै जनताको अति आबश्यक नुन लाई पनि दुगड को जिम्मा लगाउदै करोडमा हुने भ्रष्टाचारलाई कानुनै बनाएर अरबौ को नितिगत भ्रष्टचार गरेको आरोप लगाउनु भयो । 


नेता पोखरेलले सम्बोधनको अधिक समय ओलि र एमाले को भ्रष्टचारको पेहरिस्त सुनाउदै अब गाउँ गाउँ मा गएर एमालेले गरेको कर्तुत लाई आम जनता सामु पुर्याउन कार्यकर्ता लाई निर्देशन दिनु भयो ।

ओलि लाई राजा बन्ने रहर जागेकोले एमाले अब कम्युनिष्ट नरहेकोले बिचार शून्य भएपछि धार्मिक एजेन्डा बोकेर हिडेको भन्दै पानीको बोत्तल र बिजुलीको पोलमा फोटो टासेर नेता नहुईने बताउनुभयो ।
कार्यक्रमा नेकपा एसका जिल्ला सचिब बिस्णु दाहालले सुर्य चिन्ह पहिला रुपचन्द्र बिस्टको भएको स्मरण गर्दै चुनाब चिन्ह भन्दा बिचारको पछि लाग्न आग्रह गर्नुभयो । 


कार्यक्रममा युबा संघका जिल्ला अध्यक्ष किरणमान बलले रन्जन कोइराला जस्ता अपराधी लाई कठघरामा पुर्याउने युबा थाहा नगरमा रहेकाले एमालेका केही झुन्ड हरु ले बिकासमा बाधा पु¥याई भ्रम फैलाउने काम गरिरहेको ले तेस्ता क्रीयाकलाप को प्रतिबादमा उत्रन आम युबा हरुलाइ आग्रह गर्नु भयो । 


नेकपा एसका नेता सानुकाजी गोपालीको सभा अध्यक्षतामा भएको घोषणा कार्यक्रममा जिल्ला अध्यक्ष श्रीधर पोखरेल,जिल्ला सचिब बिस्णु दाहाल,जिल्ला सदस्यहरु गौत्तम बुद्ध लामा, कल्याण बिक्रम घलान,मधुकर कार्की ,नमराज अर्याल लगाएतका नेताको  उपस्थिति रहेको थियो ।
भेलाले सानुकाजी गोपाली अध्यक्ष र हरि बाहादुर स्याङ्तान सचिब रहने गरि ६१ सदस्यीय नगरकमिटी र ५१ सदस्यीय युबा संघ नगरकमिटी गठन गरेको छ ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...