pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

थाहानगर नेकपाको जोड अन्नबालीमा

कोरोना भाइरस–कोभिड १९ संक्रमणबाट जोगिन मुलकभर लकडाउन जारी रहेको बेला थाहानगरमा उत्पादित तरकारी विक्रीवितरणमा समस्या आउनसक्ने भन्दै थाहानगरमा रहेका नेकपा जिल्ला कमिटी सदस्यहरुको बैठकले अन्नबालीमा जोड दिनुपर्ने निष्कर्ष निकालेको छ । 

हाल उत्पादन भइरहेकै तरकारीको बजार व्यवस्थापन गर्न हम्मे परिरहेको र लागतको तुलनामा लाभ कम हुने देखिएकोले अबको विकल्प अन्नबाली भएको बैठकले निष्कर्ष निकालेको हो । उत्पादन भएको तरकारी बजारीकरणमा समस्या भएको र अधिकाँश किसानहरु नगदे तरकारी खेतीतर्फ आकर्षित भइरहेकोमा भविष्यमा थाहानगरमा खाद्य संकट उत्पन्न हुनसक्नेमा पनि नेकपाले चिन्ता व्यक्त गरेको छ । 

नेकपा थाहा नगर कमिटी अध्यक्ष अरुण रायमाझीको अध्यक्ष्यता, बागमती प्रदेश सचिवालय सदस्य विष्णु विष्टको प्रमुख आतिथ्यता तथा प्रदेश कमिटी सदस्य महेश्वर सुवेदीको विशेष आपतथ्यमा भएको थाहास्थित जिल्ला कमिटीसदस्यहरुको बैठकले थाहानगरमा खाद्य संकटको सामना गर्न अन्न बालीमा जोड दिनुपर्ने निष्कर्ष निकालेको हो । 

बैठकले गत चैत ११ गते लकडाउन घोषणा भएयता थाहानगरमा भएको कोरोना भाइरस रोकथाम र नियन्त्रणसम्बन्धी गतिविधिहरुको समीक्षासमेत गरेको छ । बैठकमा नेकपा जिल्ला कमिटी सचिवालय सदस्य एवम् थाहा नगर प्रमुख लवशेर विष्टले लकडाउनको अवस्थामा थाहानगरको कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी पहलहरुबारे जानकारी गराएका थिए । 

बैठकमा नेकपा जिल्ला कमिटी सदस्यहरु राजु नापित, लक्ष्मण विष्ट, कल्याण विक्रम घलान, ठूलीमाया गोले, तारा सिन्तान लगायत सहभागी थिए ।  

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg