Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

थाहानगर नेकपाको जोड अन्नबालीमा

कोरोना भाइरस–कोभिड १९ संक्रमणबाट जोगिन मुलकभर लकडाउन जारी रहेको बेला थाहानगरमा उत्पादित तरकारी विक्रीवितरणमा समस्या आउनसक्ने भन्दै थाहानगरमा रहेका नेकपा जिल्ला कमिटी सदस्यहरुको बैठकले अन्नबालीमा जोड दिनुपर्ने निष्कर्ष निकालेको छ । 

हाल उत्पादन भइरहेकै तरकारीको बजार व्यवस्थापन गर्न हम्मे परिरहेको र लागतको तुलनामा लाभ कम हुने देखिएकोले अबको विकल्प अन्नबाली भएको बैठकले निष्कर्ष निकालेको हो । उत्पादन भएको तरकारी बजारीकरणमा समस्या भएको र अधिकाँश किसानहरु नगदे तरकारी खेतीतर्फ आकर्षित भइरहेकोमा भविष्यमा थाहानगरमा खाद्य संकट उत्पन्न हुनसक्नेमा पनि नेकपाले चिन्ता व्यक्त गरेको छ । 

नेकपा थाहा नगर कमिटी अध्यक्ष अरुण रायमाझीको अध्यक्ष्यता, बागमती प्रदेश सचिवालय सदस्य विष्णु विष्टको प्रमुख आतिथ्यता तथा प्रदेश कमिटी सदस्य महेश्वर सुवेदीको विशेष आपतथ्यमा भएको थाहास्थित जिल्ला कमिटीसदस्यहरुको बैठकले थाहानगरमा खाद्य संकटको सामना गर्न अन्न बालीमा जोड दिनुपर्ने निष्कर्ष निकालेको हो । 

बैठकले गत चैत ११ गते लकडाउन घोषणा भएयता थाहानगरमा भएको कोरोना भाइरस रोकथाम र नियन्त्रणसम्बन्धी गतिविधिहरुको समीक्षासमेत गरेको छ । बैठकमा नेकपा जिल्ला कमिटी सचिवालय सदस्य एवम् थाहा नगर प्रमुख लवशेर विष्टले लकडाउनको अवस्थामा थाहानगरको कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी पहलहरुबारे जानकारी गराएका थिए । 

बैठकमा नेकपा जिल्ला कमिटी सदस्यहरु राजु नापित, लक्ष्मण विष्ट, कल्याण विक्रम घलान, ठूलीमाया गोले, तारा सिन्तान लगायत सहभागी थिए ।  

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg