Social-Media-Main-Post1-1759035170.jpg
Thursday, 15 Jan, 2026
nagar-shubha-1759206951.jpg

शिक्षा

थाहाका माध्यमिक विद्यालयलाई वृत्ति मार्गनिर्देशन सम्बन्धि अभिमुखिकरण

FB_IMG_1767532609604-1767532623.jpg

थाहा नगरपालिका शिक्षा तथा युवा खेलकुद शाखाको आयोजनामा थाहा नगरपालिका भित्रका १८ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र जनप्रतिनिधिहरूको लागि वृत्ति मार्गनिर्देशन कार्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्राविधिक सहयोग बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत इन्स्योर प्रदेश परियोजना सहयोग इकाई र आर्थिक सहयोग विइङ युथले प्रदान गरेको थियो।

कार्यक्रमको मुख्य उद्देश्य माध्यमिक विद्यालयका शिक्षकहरूको क्षमता विकास गर्नु र कक्षा ९ मा अध्ययनरत विद्यार्थी र तिनका अभिभावकलाई विद्यार्थीको रुचि र खुवीको आधारमा वृत्ति मार्गनिर्देशन गर्नका लागि सहजीकरण गर्नु थियो। यसले विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र भविष्यका करियर विकल्पहरूको बारेमा जानकारी पुर्याउन मद्दत गर्नेछ।
नगर शिक्षा शाखाका अनुसार, यस कार्यक्रमले विद्यार्थीहरूलाई सही मार्गमा अगाडि बढ्नका लागि आवश्यक सहयोग पुर्याउने र तिनका रुचि र खुवीको आधारमा भविष्यको वृत्ति चयन गर्न मद्दत गर्नेछ।
थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले कार्यक्रममा बोल्दै भने, "हामी थाहा नगरपालिकामा शैक्षिक सुधार र विद्यार्थीहरूको समग्र विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौं। यस वृत्ति मार्गनिर्देशन कार्यक्रमको माध्यमबाट हामी अभिभावक र विद्यार्थीलाई सही मार्गमा अगाडि बढ्नका लागि आवश्यक सहयोग पुर्याउनेछौं। यस कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो रुचि र खुवीको आधारमा करियर छनोट गर्न मद्दत गर्ने र भविष्यमा सक्षम नागरिकको रुपमा विकसित गर्नेमा बिश्वास व्यक्त गर्दछु।"
थाहा नगरपालिकाका उपमेयर, भरत गोपालीले भने, "यस प्रकारका कार्यक्रमहरूले विद्यार्थीहरूको आत्मविश्वास वृद्धि गर्ने र भविष्यका चुनौतीहरूको लागि तयार बनाउनेमा ठूलो मद्दत पुर्याउनेछन्। हामी यस प्रकारका पहललाई निरन्तर समर्थन गर्नेछौं र आगामी दिनहरूमा थप शैक्षिक सुधारका कार्यक्रम ल्याउने प्रयास गर्नेछौं।"
कार्यक्रमको अन्त्यमा थाहा नगरपालिकाको तर्फबाट नगर प्रमुख बिष्णु बिष्ट, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, इन्स्योरका प्रवन्धक निर्मला मैनाली र विइङ युथका कार्यक्रम प्रवन्धक मनिषा बस्नेतले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरे। यो सम्झौता थाहा नगरपालिका, इन्स्योर प्रदेश परियोजना सहयोग इकाई र विइङ युथ बिच भएको हो। यस सम्झौताले विद्यालयमा वृत्ति मार्गनिर्देशन कार्यक्रमको संचालन र व्यवस्थापनमा मद्दत गर्नेछ।
यस कार्यक्रमबाट थाहा नगरपालिका भित्रका १८ वटा विद्यालयका कक्षा ९ मा अध्ययन गर्ने ६ सय विद्यार्थी र तिनका अभिभावक लाभान्वित हुनेछन्। नगर शिक्षा शाखाको अनुसार  कार्यक्रम नगरपालिका भित्र रहेका १८ वटा निजी तथा सामुदायिक विद्यालयमा सञ्चालन गरिनेछ। 


world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
थाहा नगरपालिकाको १९ औं नगरसभा सम्पन्न
FB_IMG_1768404470682-1768404507.jpg

मकवानपुर थाहा नगरपालिकाको १९औं अधिवेशनले चालु आर्थिक वर्षको हालसम्मको प्रगती समीक्षात्मक प्रतिवेदन बहुमतले...

सुखी भविष्य बचत तथा ऋण सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न
20260113_123644-1768290635.jpg

थाहा नगरपालिका–शिखरकोटस्थित विकास घरमा सुखी भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा...

शिखरकोटमा पृथ्वीनारायण शाहको ३०४ औं जन्म जयन्ती र एकता दिवस मनाइयो
FB_IMG_1768144032739-1768144741.jpg

थाहा नगर, शिखरकोट, पौष २७ – राप्रपा थाहा नगर कमिटी र राप्रपा मकवानपुर प्रदेश (क)को आयोजनामा शिखरकोट स्थित कृष्ण...

लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1768138703028-1768138720.jpg

थाहा नगरपालिका वडा नं. १, ओखरबजारमा २०५९ जेठ २ गते स्थापना भएको लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको...

बागेश्वरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1768136296400-1768136314.jpg

थाहा नगरपालिकाको वडा नं. ३ मा स्थित बागेश्वरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।...

बृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
1768134003232-1768134032.jpg

थाहा नगरपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक...

थाहा नगरपालिकाको हिउँदे अधिवेशन पौष ३० गते हुने
FB_IMG_1743852711198-1768056769.jpg

मकवानपुर थाहा नगरपालिकाको १९औं नगर सभा (हिउँदे अधिवेशन) ३० पुसमा हुने भएको छ । नगरपालिकाले सभा सदस्यहरुलाई सभा...

प्रलोपाका नेता सन्तोष बिष्ट मकवानपुर क्षेत्र नं. २ बाट प्रत्यक्ष उम्मेदवार
InShot_20260110_181123878-1768048179.jpg

मकवानपुर । प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट सन्तोष बिष्ट मकवानपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य...

थाहा दिवस २०८२: बिडारीलाई थाहा पत्रकारिता पुरस्कार, सानोभाई कार्कीलाई तिर्थदास सामाजिक सम्मान
InShot_20260110_133549017-1768031480.jpg

थाहा आन्दोलनका प्रणेता स्वर्गीय रुपचन्द्र बिष्ट (रुदाने) को ९२औँ जन्मजयन्तिको अवसरमा थाहा नगरपालिकामा विविध...