himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

शिक्षा

थाहाका माध्यमिक विद्यालयलाई वृत्ति मार्गनिर्देशन सम्बन्धि अभिमुखिकरण

FB_IMG_1767532609604-1767532623.jpg

थाहा नगरपालिका शिक्षा तथा युवा खेलकुद शाखाको आयोजनामा थाहा नगरपालिका भित्रका १८ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र जनप्रतिनिधिहरूको लागि वृत्ति मार्गनिर्देशन कार्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्राविधिक सहयोग बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत इन्स्योर प्रदेश परियोजना सहयोग इकाई र आर्थिक सहयोग विइङ युथले प्रदान गरेको थियो।

कार्यक्रमको मुख्य उद्देश्य माध्यमिक विद्यालयका शिक्षकहरूको क्षमता विकास गर्नु र कक्षा ९ मा अध्ययनरत विद्यार्थी र तिनका अभिभावकलाई विद्यार्थीको रुचि र खुवीको आधारमा वृत्ति मार्गनिर्देशन गर्नका लागि सहजीकरण गर्नु थियो। यसले विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र भविष्यका करियर विकल्पहरूको बारेमा जानकारी पुर्याउन मद्दत गर्नेछ।
नगर शिक्षा शाखाका अनुसार, यस कार्यक्रमले विद्यार्थीहरूलाई सही मार्गमा अगाडि बढ्नका लागि आवश्यक सहयोग पुर्याउने र तिनका रुचि र खुवीको आधारमा भविष्यको वृत्ति चयन गर्न मद्दत गर्नेछ।
थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले कार्यक्रममा बोल्दै भने, "हामी थाहा नगरपालिकामा शैक्षिक सुधार र विद्यार्थीहरूको समग्र विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौं। यस वृत्ति मार्गनिर्देशन कार्यक्रमको माध्यमबाट हामी अभिभावक र विद्यार्थीलाई सही मार्गमा अगाडि बढ्नका लागि आवश्यक सहयोग पुर्याउनेछौं। यस कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो रुचि र खुवीको आधारमा करियर छनोट गर्न मद्दत गर्ने र भविष्यमा सक्षम नागरिकको रुपमा विकसित गर्नेमा बिश्वास व्यक्त गर्दछु।"
थाहा नगरपालिकाका उपमेयर, भरत गोपालीले भने, "यस प्रकारका कार्यक्रमहरूले विद्यार्थीहरूको आत्मविश्वास वृद्धि गर्ने र भविष्यका चुनौतीहरूको लागि तयार बनाउनेमा ठूलो मद्दत पुर्याउनेछन्। हामी यस प्रकारका पहललाई निरन्तर समर्थन गर्नेछौं र आगामी दिनहरूमा थप शैक्षिक सुधारका कार्यक्रम ल्याउने प्रयास गर्नेछौं।"
कार्यक्रमको अन्त्यमा थाहा नगरपालिकाको तर्फबाट नगर प्रमुख बिष्णु बिष्ट, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, इन्स्योरका प्रवन्धक निर्मला मैनाली र विइङ युथका कार्यक्रम प्रवन्धक मनिषा बस्नेतले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरे। यो सम्झौता थाहा नगरपालिका, इन्स्योर प्रदेश परियोजना सहयोग इकाई र विइङ युथ बिच भएको हो। यस सम्झौताले विद्यालयमा वृत्ति मार्गनिर्देशन कार्यक्रमको संचालन र व्यवस्थापनमा मद्दत गर्नेछ।
यस कार्यक्रमबाट थाहा नगरपालिका भित्रका १८ वटा विद्यालयका कक्षा ९ मा अध्ययन गर्ने ६ सय विद्यार्थी र तिनका अभिभावक लाभान्वित हुनेछन्। नगर शिक्षा शाखाको अनुसार  कार्यक्रम नगरपालिका भित्र रहेका १८ वटा निजी तथा सामुदायिक विद्यालयमा सञ्चालन गरिनेछ। 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg