jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

जीवनभरको संघर्ष र योगदानको तुलनामा वीरबहादुर लामाको त्रुटी केही होइनः नेता बोहोरा

IMG_20201126_160333-1606460371.jpg

ऐतिहासिक नख्खु जेल विद्रोहका अगुवा तथा मकवानपुर जिल्ला विकास समितिका पुर्व सभापति एवं पुवं सांसद वीरबहादुर लामाको निधनको २१ औं दिनमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी इन्द्रसरोबर गाँउपालिका कमिटीले स्वर्गीय लामाको फाखेल स्थित निवासमै आयोजना गरेको कार्यक्रममा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा प्रमुख अतिथि हुनुहुन्थ्यो ।

श्रद्धाञ्जली कार्यक्रममा नेता बोहोराले स्वर्गीय लामा नेकपाको एउटा आदर्श सदस्य रहेको बताउनुभयो । लामा महान योद्धा हुनुका साथै तत्कालिन अवस्थामा शिला खोजेर संगठन जोगाउनु पर्ने अवस्थाका बेला पार्टी निर्माणमा स्वर्गीय लामाको योगदान अमुल्य रहेको बताउनुभयो । नेता बोहोराले भन्नुभयो, ‘ वीरबहादुरजी र मेरा धेरै सहकार्य र घनिष्ठता थियो, हामी एकले अर्कोलाई नजिकबाट जान्थ्यौं, उहाँ विद्रोही स्वभावको हुनुहुन्थ्यो, कुनै स्वार्थ थिएन । भाषा शैलि भने केही ठाडो र खरो थियो ।’

जीवनका अन्तिम घडिमा पार्टीको लाइनमा अविचल रहने सन्दर्भमा केही त्रुटी भएपनि उहाँको जीवनभरको संघर्ष र योगदानको तुलनामा त्यो गल्ति गौण मानिने नेता बोहोराले ठहर गर्नुभयो ।

लामाले कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्नमा जीवनको अन्तिम अवस्थामा पनि कहिल्यै भूमिका नखेलेको बताउनुभयो । स्वर्गीय लामालाई आफ्नै मूल घरमा फर्काउने प्रयास जारी रहेको र त्यसमा केही ढिलाई हुँदा स्वास्थ्यले गाँज्दै ल्याएपछि उहाले नै मृत्युपछि कम्युनिष्ट पार्टीको हँसिया हथौडा अंकित झण्डा ओढ्ने इच्छा अभिव्यक्त गरेकै आधारमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालद्धारा नेकपाको झण्डा ओढाइएको पनि नेता बाहोराले स्पष्ट पार्नुभयो ।

पार्टीको केन्द्रीय कमिटी बैठक समेत भूमिगत बेलामा लामाकै घरमा बसेका स्मरण गर्दै नेता बोहोराले लामा, उहाँको परिवार र समग्र फाखेलबाशीको योगदानकै कारण पार्टी यो अवस्थामा आइपुगेको बताउनुभयो । अहिले सोही पार्टीकै सरकार केन्द्र, प्रदेश र स्थानीय तहमा रहेकाले उहाँको योगदानको चिरस्थायी राख्न विभिन्न कामहरु गरिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा बाग्मती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले वीरबहादुर लामा सादा जीवन उच्च विचारका हक्कि योद्धा भएको स्मरण गर्दै उहाँसंग आफ्नो विकासका सवालमा सहकार्य भएको बताउनुभयो ।

२०४९ सालमा लामा मकवानपुर जिल्ला विकास समितिको सभापति भएका बेला आफु काठमाडौं जिल्लाको सभापति भएको बताउँदै विकासमा दुबै जिल्लालाई जोड्ने योजना आफुहरुले अघि सारेको बताउनुभयो । प्रदेश सांसद तथा नेकपाका केन्द्रीय नेता माधवप्रसाद पौडेलले पुराना दिनहरुको स्मरण गर्दै लामाको योगदान चिरस्थायी बनाउन सबै तहका सरकारले पहल थाल्नुपर्ने बताउनुभयो ।

नेकपा केन्द्रीय सदस्य तथा सांसद विरोध खतिवडाले एमालेमा रहँदा केही समिति नेताका व्यवहारका कारण स्वर्गीय लामामा वितृष्णा बढेको बताउँदै उहाँले कहिल्यै एमालेप्रति पुर्वाग्रह नराखेको अनुभव सुनाउनुभयो ।

उहाँप्रति आफ्नो तर्फबाट सधैं सद्भाव र सम्मान रहेको बताँउदै नेता खतिवडाले आफु उठेको क्षेत्रमा लामाका तर्फबाट सहयोग भएकाले नै आफुले चुनाव जितेको समेत खुलासा गर्नुभयो । कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सांसद कुमारी मोक्तानले स्वर्गीय लामालाई महान लालयोद्धा भन्दै उहाँ साँँचै बहादुर र वीर दुबै भएको बताउनुभयो ।

स्वर्गीय लामाले कम्युनिष्ट, गणतन्त्र र संघीयताको कहिल्यै खिलाफमा काम नगरेको भन्दै स्वर्गीय लामालृ कुनै गल्ति नगरेको जिकिर गर्नुभयो । नेकपा मकवानपुरका अध्यक्ष तथा प्रदेश सांसद मुनु सिग्देलले पार्टीबाट अलग भएपनि नेकपा अघि बढाउन साथ र सहयोग दिनु नै स्वर्गीय लामाको महान काम भएको बताउनुभयो ।

कार्यक्रममा नेकपा मकवानपुरका सचिवालय सदस्य तथा इन्द्रसरोवरका इन्चार्ज रामचन्द्र बल लामाले स्वर्गीय लामाले कम्युनिष्ट आन्दोलनमा अतुलनीय योगदान गरेको तर उपचार समेत भरपर्दो नभएर त्यस्ता महान योद्धालाई गुमाउनु परेको तितो तथ्य स्मरण गर्दै उहाँको योगदान चिरस्थायी पार्न आफुहरुले प्रयार गर्ने बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष तथा नेकपा इन्द्रसरोवरका नेता धनविर स्याङ्तान, पुराना भूमिगत योद्धा अमृतमान लामा, गाँउपालिका अध्यक्ष रीसी पुडासैनी लगायतले स्वगीैय लामाको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा नेकपा प्रदेश सदस्य महेश्वर सुबेदी, प्रदेश सल्लाहकार लालकुमार केसी, मकवानपुर जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनी, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष तथा दामन पोष्ट साप्ताहिकका सम्पादक शन्तराम बिडारी, युवा नेता सुनील मोक्तान, मेम्वर तामाङ, जिल्ला कमिटी मकवानपुरका सदस्य गौतमवुद्ध लामा, नेता केदार बल, राजप्रकाश भण्डारी, नेकपा थाहाका नेता किरणमान बल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन पालिका अध्यक्ष तथा नेकपा मकवानपुरका जिल्ला नेता जीवन लामाले गर्नुभएको थियो ।सेन्टरखबर

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...