pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

जीवनभरको संघर्ष र योगदानको तुलनामा वीरबहादुर लामाको त्रुटी केही होइनः नेता बोहोरा

IMG_20201126_160333-1606460371.jpg

ऐतिहासिक नख्खु जेल विद्रोहका अगुवा तथा मकवानपुर जिल्ला विकास समितिका पुर्व सभापति एवं पुवं सांसद वीरबहादुर लामाको निधनको २१ औं दिनमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी इन्द्रसरोबर गाँउपालिका कमिटीले स्वर्गीय लामाको फाखेल स्थित निवासमै आयोजना गरेको कार्यक्रममा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा प्रमुख अतिथि हुनुहुन्थ्यो ।

श्रद्धाञ्जली कार्यक्रममा नेता बोहोराले स्वर्गीय लामा नेकपाको एउटा आदर्श सदस्य रहेको बताउनुभयो । लामा महान योद्धा हुनुका साथै तत्कालिन अवस्थामा शिला खोजेर संगठन जोगाउनु पर्ने अवस्थाका बेला पार्टी निर्माणमा स्वर्गीय लामाको योगदान अमुल्य रहेको बताउनुभयो । नेता बोहोराले भन्नुभयो, ‘ वीरबहादुरजी र मेरा धेरै सहकार्य र घनिष्ठता थियो, हामी एकले अर्कोलाई नजिकबाट जान्थ्यौं, उहाँ विद्रोही स्वभावको हुनुहुन्थ्यो, कुनै स्वार्थ थिएन । भाषा शैलि भने केही ठाडो र खरो थियो ।’

जीवनका अन्तिम घडिमा पार्टीको लाइनमा अविचल रहने सन्दर्भमा केही त्रुटी भएपनि उहाँको जीवनभरको संघर्ष र योगदानको तुलनामा त्यो गल्ति गौण मानिने नेता बोहोराले ठहर गर्नुभयो ।

लामाले कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्नमा जीवनको अन्तिम अवस्थामा पनि कहिल्यै भूमिका नखेलेको बताउनुभयो । स्वर्गीय लामालाई आफ्नै मूल घरमा फर्काउने प्रयास जारी रहेको र त्यसमा केही ढिलाई हुँदा स्वास्थ्यले गाँज्दै ल्याएपछि उहाले नै मृत्युपछि कम्युनिष्ट पार्टीको हँसिया हथौडा अंकित झण्डा ओढ्ने इच्छा अभिव्यक्त गरेकै आधारमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालद्धारा नेकपाको झण्डा ओढाइएको पनि नेता बाहोराले स्पष्ट पार्नुभयो ।

पार्टीको केन्द्रीय कमिटी बैठक समेत भूमिगत बेलामा लामाकै घरमा बसेका स्मरण गर्दै नेता बोहोराले लामा, उहाँको परिवार र समग्र फाखेलबाशीको योगदानकै कारण पार्टी यो अवस्थामा आइपुगेको बताउनुभयो । अहिले सोही पार्टीकै सरकार केन्द्र, प्रदेश र स्थानीय तहमा रहेकाले उहाँको योगदानको चिरस्थायी राख्न विभिन्न कामहरु गरिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा बाग्मती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले वीरबहादुर लामा सादा जीवन उच्च विचारका हक्कि योद्धा भएको स्मरण गर्दै उहाँसंग आफ्नो विकासका सवालमा सहकार्य भएको बताउनुभयो ।

२०४९ सालमा लामा मकवानपुर जिल्ला विकास समितिको सभापति भएका बेला आफु काठमाडौं जिल्लाको सभापति भएको बताउँदै विकासमा दुबै जिल्लालाई जोड्ने योजना आफुहरुले अघि सारेको बताउनुभयो । प्रदेश सांसद तथा नेकपाका केन्द्रीय नेता माधवप्रसाद पौडेलले पुराना दिनहरुको स्मरण गर्दै लामाको योगदान चिरस्थायी बनाउन सबै तहका सरकारले पहल थाल्नुपर्ने बताउनुभयो ।

नेकपा केन्द्रीय सदस्य तथा सांसद विरोध खतिवडाले एमालेमा रहँदा केही समिति नेताका व्यवहारका कारण स्वर्गीय लामामा वितृष्णा बढेको बताउँदै उहाँले कहिल्यै एमालेप्रति पुर्वाग्रह नराखेको अनुभव सुनाउनुभयो ।

उहाँप्रति आफ्नो तर्फबाट सधैं सद्भाव र सम्मान रहेको बताँउदै नेता खतिवडाले आफु उठेको क्षेत्रमा लामाका तर्फबाट सहयोग भएकाले नै आफुले चुनाव जितेको समेत खुलासा गर्नुभयो । कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सांसद कुमारी मोक्तानले स्वर्गीय लामालाई महान लालयोद्धा भन्दै उहाँ साँँचै बहादुर र वीर दुबै भएको बताउनुभयो ।

स्वर्गीय लामाले कम्युनिष्ट, गणतन्त्र र संघीयताको कहिल्यै खिलाफमा काम नगरेको भन्दै स्वर्गीय लामालृ कुनै गल्ति नगरेको जिकिर गर्नुभयो । नेकपा मकवानपुरका अध्यक्ष तथा प्रदेश सांसद मुनु सिग्देलले पार्टीबाट अलग भएपनि नेकपा अघि बढाउन साथ र सहयोग दिनु नै स्वर्गीय लामाको महान काम भएको बताउनुभयो ।

कार्यक्रममा नेकपा मकवानपुरका सचिवालय सदस्य तथा इन्द्रसरोवरका इन्चार्ज रामचन्द्र बल लामाले स्वर्गीय लामाले कम्युनिष्ट आन्दोलनमा अतुलनीय योगदान गरेको तर उपचार समेत भरपर्दो नभएर त्यस्ता महान योद्धालाई गुमाउनु परेको तितो तथ्य स्मरण गर्दै उहाँको योगदान चिरस्थायी पार्न आफुहरुले प्रयार गर्ने बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष तथा नेकपा इन्द्रसरोवरका नेता धनविर स्याङ्तान, पुराना भूमिगत योद्धा अमृतमान लामा, गाँउपालिका अध्यक्ष रीसी पुडासैनी लगायतले स्वगीैय लामाको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा नेकपा प्रदेश सदस्य महेश्वर सुबेदी, प्रदेश सल्लाहकार लालकुमार केसी, मकवानपुर जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनी, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष तथा दामन पोष्ट साप्ताहिकका सम्पादक शन्तराम बिडारी, युवा नेता सुनील मोक्तान, मेम्वर तामाङ, जिल्ला कमिटी मकवानपुरका सदस्य गौतमवुद्ध लामा, नेता केदार बल, राजप्रकाश भण्डारी, नेकपा थाहाका नेता किरणमान बल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन पालिका अध्यक्ष तथा नेकपा मकवानपुरका जिल्ला नेता जीवन लामाले गर्नुभएको थियो ।सेन्टरखबर

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg