jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

जसपाकाे निर्णय आज, भोलि नै ओलीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने कांग्रेस-माओवादी केन्द्रको तयारी

Deuba-Prachanda1619502832-1619507614.jpg

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वासको प्रस्ताव लैजाने अन्तिम तयारी गरेका छन्।

ष्लखयतभअज
अविश्वासको प्रस्ताव दर्ता गर्न उनीहरूले संसदको चौंथो ठूलो दल जनता समाजवादी पार्टीको निर्णय कुरिरहेका छन्।

प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजाने र कांग्रेस(माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउनेबारे जसपाका शीर्ष नेताहरूको बैठकले अहिले छलफल गरिरहेको छ। बैठकमा  जसपाका नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन्।

सोमबार पनि उनीहरूबीच छलफल भएको थियो तर कुनै निर्णय हुन सकेको थिएन।

भखभचथनजबचकअजयय
िजसपा नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोले लामो समयसम्म प्रधानमन्त्री ओलीसँग मिलेर सत्ता गठबन्धन बनाउने प्रयत्न गरेका थिए। बाबुराम भट्टराई र उपेन्द्र यादवलगायतका नेताहरू कुनै पनि हालतमा ओलीसँग मिल्न नहुने अडानमा थिए।

जसपाका एक नेताले सेतोपाटीसँग भने( आजको बैठकले कांग्रेस(माओवादीसँग मिलेर अघि बढ्ने निर्णय गर्न सक्छ। आज नभए भोलिसम्ममा बहुमतका आधारमा भए पनि निर्णय हुन्छ।

जसपाले निर्णय गरे बुधबार नै प्रधानमन्त्री ओलीविरूद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्ने तयारी रहेको कांग्रेसका एक नेताले सेतोपाटीलाई बताए।

पछिल्ला केही दिनका निरन्तर छलफलपछि कांग्रेस र माओवादी केन्द्र जसपालाई मनाएर नयाँ सत्ता गठबन्धन गर्ने निर्णयमा पुगेका हुन्। वैशाख ५ गते नै कांग्रेस र माओवादी केन्द्रबीच ओलीविरूद्ध अविश्वासको प्रस्ताव लैजाने सहमति गर्ने तयारी थियो।

त्यही तयारीलाई संकेत गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले चितवनमा बोल्दै ुआज साँझ महत्वपूर्ण बैठक हुनेु बताएका थिए।

‘आज म मेरो निर्वाचन क्षेत्रका युवाहरुले दिएको उर्जा बोकेर काठमाडौंमा राजनीतिक दलहरूको महत्वपूर्ण बैठकमा सहभागी हुँदैछु। यसले महत्वपूर्ण निर्णय गर्नेछ,’ प्रचण्डले भनेका थिए, ‘तपाईंहरूले छिट्टै खुसीको खबर सुन्नुहुनेछ। केही दिनमै केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा हामी नयाँ सरकार बनाउनेछौं।’

उक्त साँझ कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डलगायत नेताबीच भेट भए पनि देउवाले अन्तिम निर्णयमा पुग्न एकरदुई दिन कुरौं भनेका थिए।   

पछिल्लो साता कांग्रेस र माओवादी केन्द्रले थप छलफल गरेर अविश्वासको प्रस्ताव लैजाने निष्कर्ष निकालेका हुन्।  माओवादी केन्द्रका एक नेताका अनुसार दुबै पार्टीले अविश्वासको प्रस्ताव अघि बढाउन आफ्ना सांसदहरूको हस्ताक्षरसमेत संकलन गरिसकेका छन्।  

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...