pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

जसपाकाे निर्णय आज, भोलि नै ओलीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने कांग्रेस-माओवादी केन्द्रको तयारी

Deuba-Prachanda1619502832-1619507614.jpg

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वासको प्रस्ताव लैजाने अन्तिम तयारी गरेका छन्।

ष्लखयतभअज
अविश्वासको प्रस्ताव दर्ता गर्न उनीहरूले संसदको चौंथो ठूलो दल जनता समाजवादी पार्टीको निर्णय कुरिरहेका छन्।

प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजाने र कांग्रेस(माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउनेबारे जसपाका शीर्ष नेताहरूको बैठकले अहिले छलफल गरिरहेको छ। बैठकमा  जसपाका नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन्।

सोमबार पनि उनीहरूबीच छलफल भएको थियो तर कुनै निर्णय हुन सकेको थिएन।

भखभचथनजबचकअजयय
िजसपा नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोले लामो समयसम्म प्रधानमन्त्री ओलीसँग मिलेर सत्ता गठबन्धन बनाउने प्रयत्न गरेका थिए। बाबुराम भट्टराई र उपेन्द्र यादवलगायतका नेताहरू कुनै पनि हालतमा ओलीसँग मिल्न नहुने अडानमा थिए।

जसपाका एक नेताले सेतोपाटीसँग भने( आजको बैठकले कांग्रेस(माओवादीसँग मिलेर अघि बढ्ने निर्णय गर्न सक्छ। आज नभए भोलिसम्ममा बहुमतका आधारमा भए पनि निर्णय हुन्छ।

जसपाले निर्णय गरे बुधबार नै प्रधानमन्त्री ओलीविरूद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्ने तयारी रहेको कांग्रेसका एक नेताले सेतोपाटीलाई बताए।

पछिल्ला केही दिनका निरन्तर छलफलपछि कांग्रेस र माओवादी केन्द्र जसपालाई मनाएर नयाँ सत्ता गठबन्धन गर्ने निर्णयमा पुगेका हुन्। वैशाख ५ गते नै कांग्रेस र माओवादी केन्द्रबीच ओलीविरूद्ध अविश्वासको प्रस्ताव लैजाने सहमति गर्ने तयारी थियो।

त्यही तयारीलाई संकेत गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले चितवनमा बोल्दै ुआज साँझ महत्वपूर्ण बैठक हुनेु बताएका थिए।

‘आज म मेरो निर्वाचन क्षेत्रका युवाहरुले दिएको उर्जा बोकेर काठमाडौंमा राजनीतिक दलहरूको महत्वपूर्ण बैठकमा सहभागी हुँदैछु। यसले महत्वपूर्ण निर्णय गर्नेछ,’ प्रचण्डले भनेका थिए, ‘तपाईंहरूले छिट्टै खुसीको खबर सुन्नुहुनेछ। केही दिनमै केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा हामी नयाँ सरकार बनाउनेछौं।’

उक्त साँझ कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डलगायत नेताबीच भेट भए पनि देउवाले अन्तिम निर्णयमा पुग्न एकरदुई दिन कुरौं भनेका थिए।   

पछिल्लो साता कांग्रेस र माओवादी केन्द्रले थप छलफल गरेर अविश्वासको प्रस्ताव लैजाने निष्कर्ष निकालेका हुन्।  माओवादी केन्द्रका एक नेताका अनुसार दुबै पार्टीले अविश्वासको प्रस्ताव अघि बढाउन आफ्ना सांसदहरूको हस्ताक्षरसमेत संकलन गरिसकेका छन्।  

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg