Monday, 20 May, 2024
राजनीति

जयराम रायमाझी ‘पासाङ’ सहित १३८ नेता–कार्यकर्ताले विप्लब छाडे

jayaram-copy-1599219624.jpg

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मकवानपुर जिल्ला सेक्रेटरी जयराम रायमाझी‘पासाङ’ सहित प्रदेश, अञ्चल र जिल्ला नेतृत्व तहका गरी १३८ जनाले पार्टी परित्याग गरेका छन् । 

आज भीमफेदी गाउँपालिकाको वडा नं. ९ मा पत्रकार सम्मेलनको आयोजना गरी १३८ जना विप्लब  नेता तथा कार्यकर्ताहरुले सामुहिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । 

विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गर्नेहरुमा व्युरो सदस्य तथा प्लाटुन कमाण्डर धनबहादुर थिङ, प्लाटुन कमाण्डर किरण, अहिल नेपाल क्रान्तिकारी महिला संगठन नारायणी व्युरो सदस्य रेमा मगर, जिल्ला सचिबालय सदस्य सोम घलान, जिल्ला सदस्य जुरे घिसिङ, जिल्ला सदस्य नेत्र गौतम लगायत रहेका छन् । 

पार्टी परित्याग घोषणा कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी जयराम रायमाझीले पार्टी नेतृत्वको राजसी शैलीका कारण आफूहरु पार्टीबाट अलग हुनु परेको बताउनु भयो । 

कार्यक्रममा रायमाझीले उक्त पार्टीमा साधारण सदस्य समेत नरहनेगरी स्वतन्त्र ढंगले आम नागरिकसरह जीवनयापन गर्ने समेत घोषणा गर्नुभयो । कार्यक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले आफूहरु तत्काललाई कुनै पार्टीमा प्रवेश नगर्ने स्पष्ट पार्नुभयो । ‘हामी तत्कालका लागि समाजवादी अध्ययन केन्द्रअन्तर्गत रहन्छौं, तत्काललाई कुनै पार्टीमा प्रवेश गर्ने कार्यक्रम छैन, तर माक्र्सवादी विचारलाई भने त्याग्न सक्दैनौं’ उहाँले भन्नुभयो । 

पार्टी परित्याग कार्यक्रममा प्रमुख राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को नेताहरुको पनि उपस्थिति रहेको थियो । 

हेर्नुहोस् पत्रकार सम्मेलनमा जारी विज्ञप्ती :

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
महालक्ष्मी बैंक पालुङ शाखा द्वारा ३० औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान
FB_IMG_1716207695161-1716207739.jpg

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार ७ गतेदेखि बैंक ३१औँ वर्षमा प्रवेश गरेको हो ।...

बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...