pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

शिक्षा

जनकल्याण माध्यमिक विद्यालयका १३ विद्यार्थीलाई ‘झलकचन्द्र शिक्षा ज्योती’ छात्रवृत्ति प्रदान

20260313_123150-1773406121.jpg

थाहा नगरपालिका स्थित जनकल्याण माध्यमिक विद्यालयका १३ जना विद्यार्थीलाई ‘झलकचन्द्र शिक्षा ज्योती छात्रवृत्ति’ प्रदान गरिएको छ। विद्यालयमा कक्षा १०, ११ र १२ मा प्राविधिक तथा साधारण संकायमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गरिएको हो।
विद्यालयका संस्थापक अध्यक्ष स्वर्गीय झलकचन्द्र बिष्टको स्मृतिमा उनका छोरा सुवासचन्द्र बिष्टले स्थापना गरेको अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट छात्रवृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ। बिष्टले आफ्ना बुबाको सम्झनामा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्, जसबाट हरेक वर्ष विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आइएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिव कुमार स्याङ्तानको अध्यक्षतामा सम्पन्न छात्रवृत्ति वितरण कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रवक्ता हिरेन्द्र कुमार रायमाझी, झलकचन्द्र शिक्षा ज्योती कोषका अध्यक्ष सुवासचन्द्र बिष्ट, कोषका सचिव बिमलकुमार बिष्ट, जनकल्याण माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक सानोभाइ कार्की, प्रधानाध्यापक रामकुमार बल, शिक्षक अभिभावक संघका अध्यक्ष नवराज कार्की, जनकल्याण एल्मुनाइ एसोसिएसनका सदस्य शम्भु अधिकारी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै कोषका अध्यक्ष सुवासचन्द्र बिष्टले आगामी दिनमा अक्षयकोषको रकम वृद्धि गरी अझ धेरै विद्यार्थीलाई छात्रवृत्तिको दायरामा समेट्ने योजना रहेको बताए।
विद्यालयले छात्रवृत्ति स्थापना गरी विद्यार्थीलाई प्रोत्साहन गरेकोमा बिष्ट परिवारप्रति धन्यवाद व्यक्त गरेको छ।

20260313_123006-1773406123.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg