Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

शिक्षा

गणित शिक्षा परिषद् मकवानपुरद्वारा थाहाको झम्केश्वरी मावि सम्मानित

FB_IMG_1767443687481-1767443774.jpg

मकवानपुर — शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनिवार्य गणित तथा अतिरिक्त गणित विषयमा उत्कृष्ट नतिजा हासिल गरेपछि गणित शिक्षा परिषद् मकवानपुरले झम्केश्वरी माध्यमिक विद्यालयलाई सम्मान गरेको छ।
शनिबार हेटौंडामा आयोजित विशेष कार्यक्रममा गणितजस्तो चुनौतीपूर्ण विषयमा उल्लेखनीय सफलता हासिल गरेको भन्दै विद्यालयलाई सम्मान गरिएको हो। सो अवसरमा विद्यालयका गणित शिक्षक छेवाङ दोर्जे लामालाई सम्मानपत्रसहित सम्मान गरिएको परिषद्ले जनाएको छ।
एसईई परीक्षामा झम्केश्वरी माविकी छात्रा आयुषा प्रधानले गणित तथा अतिरिक्त गणित विषयमा ४.०० जीपीए प्राप्त गर्दै नगर प्रथम स्थान हासिल गर्न सफल भएकी थिइन्। उनको यो सफलताले विद्यालयमा वर्षौंदेखि भइरहेको निरन्तर शैक्षिक मेहनत, शिक्षकहरूको समर्पण तथा विद्यार्थीको आत्मविश्वासलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको आयोजकले बताएका छन्।
सम्मान ग्रहणपछि विद्यालयका प्रधानाध्यापक गणेशमान श्रेष्ठले ग्रामीण विद्यालय भए पनि ठूलो सपना बोकेर अघि बढिरहेको उल्लेख गर्दै सीमित स्रोत–साधनका बाबजुद शिक्षक, विद्यार्थी र अभिभावकको विश्वास र मेहनतले गणितजस्तो कठिन विषयमा ४.०० जीपीए सम्भव भएको बताए। उनले यो सफलता विद्यालय मात्र नभई सम्पूर्ण थाहा नगरपालिकाकै गौरव भएको धारणा व्यक्त गरे।
प्रधानाध्यापक श्रेष्ठले आगामी दिनमा गणितसँगै अन्य विषयहरूमा पनि उत्कृष्ट नतिजा ल्याई विद्यालयलाई शैक्षिक उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए। गणित विषयमा प्राप्त यस उपलब्धिले झम्केश्वरी माविकी छात्रा आयुषा प्रधान थाहा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमध्ये अग्रस्थान हासिल गर्न सफल भएको स्पष्ट संकेत गरेको बताइएको छ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg