pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

गणित शिक्षा परिषद् मकवानपुरद्वारा थाहाको झम्केश्वरी मावि सम्मानित

FB_IMG_1767443687481-1767443774.jpg

मकवानपुर — शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनिवार्य गणित तथा अतिरिक्त गणित विषयमा उत्कृष्ट नतिजा हासिल गरेपछि गणित शिक्षा परिषद् मकवानपुरले झम्केश्वरी माध्यमिक विद्यालयलाई सम्मान गरेको छ।
शनिबार हेटौंडामा आयोजित विशेष कार्यक्रममा गणितजस्तो चुनौतीपूर्ण विषयमा उल्लेखनीय सफलता हासिल गरेको भन्दै विद्यालयलाई सम्मान गरिएको हो। सो अवसरमा विद्यालयका गणित शिक्षक छेवाङ दोर्जे लामालाई सम्मानपत्रसहित सम्मान गरिएको परिषद्ले जनाएको छ।
एसईई परीक्षामा झम्केश्वरी माविकी छात्रा आयुषा प्रधानले गणित तथा अतिरिक्त गणित विषयमा ४.०० जीपीए प्राप्त गर्दै नगर प्रथम स्थान हासिल गर्न सफल भएकी थिइन्। उनको यो सफलताले विद्यालयमा वर्षौंदेखि भइरहेको निरन्तर शैक्षिक मेहनत, शिक्षकहरूको समर्पण तथा विद्यार्थीको आत्मविश्वासलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको आयोजकले बताएका छन्।
सम्मान ग्रहणपछि विद्यालयका प्रधानाध्यापक गणेशमान श्रेष्ठले ग्रामीण विद्यालय भए पनि ठूलो सपना बोकेर अघि बढिरहेको उल्लेख गर्दै सीमित स्रोत–साधनका बाबजुद शिक्षक, विद्यार्थी र अभिभावकको विश्वास र मेहनतले गणितजस्तो कठिन विषयमा ४.०० जीपीए सम्भव भएको बताए। उनले यो सफलता विद्यालय मात्र नभई सम्पूर्ण थाहा नगरपालिकाकै गौरव भएको धारणा व्यक्त गरे।
प्रधानाध्यापक श्रेष्ठले आगामी दिनमा गणितसँगै अन्य विषयहरूमा पनि उत्कृष्ट नतिजा ल्याई विद्यालयलाई शैक्षिक उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए। गणित विषयमा प्राप्त यस उपलब्धिले झम्केश्वरी माविकी छात्रा आयुषा प्रधान थाहा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमध्ये अग्रस्थान हासिल गर्न सफल भएको स्पष्ट संकेत गरेको बताइएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...