pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

कोरोनाविरुद्ध परिचालित हुन एमाले थाहानगरको आग्रह

181805701_774541783252925-1620217257.jpg

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० थाहा नगर कमिटीले आफू मातहतका सबै कमिटीहरुलाई कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि परिचालित हुन आग्रह गरेको छ । एमाले थाहानगरका अध्यक्ष अच्युत्तमप्रसाद ढकालले एक विज्ञप्ति जारी गर्दै थाहा नगरपालिकामा कोरोना भाइरसको थप संक्रमण रोक्न र नियन्त्रण गर्न स्थानीय सरकारले अपनाउने सबै उपायहरुमा साथ र सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । 

नगर कमिटीले थाहा नगरमा गठित कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समिति र वडा स्तरका समितिहरुमा (नेकपा) एमाले बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुलाई ‘बाचौं र बचाऔँ’ भन्ने भावनाका साथ सक्रियतापूर्वक कार्य गर्न आग्रह गरेको छ । 

‘यस विषम परिस्थितिमा जनमानसमा पर्न गएको असहजतालाई मध्यनजर गर्दै नेपाल कम्युनिष्ट पार्टी ९एमाले० थाहा नगर कमिटी तथा मातहतमा रहेका समपूर्ण कमिटीहरु कोरोना भाइरसविरुद्ध सजग र सचेत हुँदै आ–आफ्ना कार्य क्षेत्रमा सबै सरोकारवालाहरुसँग समन्वय गर्दै नेतृत्वदायी भूमिकामा जुटिरहेकै छन् ।’ विज्ञप्तिमा भनिएको छ– ‘यस बीचमा थाहा नगरपालिकामा कोरोना संक्रमण देखिएका सम्पूर्ण महानुभावहरुमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको स्वास्थ्य स्थिति र सुविधामा ध्यान पु¥याउन नेपाल कम्युनिष्ट पार्टी ९एमाले० थाहा नगर कमिटी स्थानीय सरकारसँग हार्दिक अपिल गर्दछ ।’

एमाले थाहा नगर कमिटीले अहिलेको विषम परिस्थितिमा सरकारद्वारा जारी आदेश तथा निर्देशनहरुको पूर्ण पालना गरिरहेका नागरिकहरुको जीवनयापनमै असहज परिस्थिति सिर्जना हुने अवस्थामा समस्याहरुको यथोचित समाधान गरी नागरिक हकको सुरक्षामा तदारुकताका साथ काम गर्न  स्थानीय सरकारसँग माग गरेको छ । 

जारी विज्ञप्तिमा कोरोनाका संक्रिय संक्रमितहरुमा शीघ्र स्वास्थ लाभको  कामनासमेत गरिएको छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg