jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

कोरोनाविरुद्ध परिचालित हुन एमाले थाहानगरको आग्रह

181805701_774541783252925-1620217257.jpg

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० थाहा नगर कमिटीले आफू मातहतका सबै कमिटीहरुलाई कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि परिचालित हुन आग्रह गरेको छ । एमाले थाहानगरका अध्यक्ष अच्युत्तमप्रसाद ढकालले एक विज्ञप्ति जारी गर्दै थाहा नगरपालिकामा कोरोना भाइरसको थप संक्रमण रोक्न र नियन्त्रण गर्न स्थानीय सरकारले अपनाउने सबै उपायहरुमा साथ र सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । 

नगर कमिटीले थाहा नगरमा गठित कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समिति र वडा स्तरका समितिहरुमा (नेकपा) एमाले बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुलाई ‘बाचौं र बचाऔँ’ भन्ने भावनाका साथ सक्रियतापूर्वक कार्य गर्न आग्रह गरेको छ । 

‘यस विषम परिस्थितिमा जनमानसमा पर्न गएको असहजतालाई मध्यनजर गर्दै नेपाल कम्युनिष्ट पार्टी ९एमाले० थाहा नगर कमिटी तथा मातहतमा रहेका समपूर्ण कमिटीहरु कोरोना भाइरसविरुद्ध सजग र सचेत हुँदै आ–आफ्ना कार्य क्षेत्रमा सबै सरोकारवालाहरुसँग समन्वय गर्दै नेतृत्वदायी भूमिकामा जुटिरहेकै छन् ।’ विज्ञप्तिमा भनिएको छ– ‘यस बीचमा थाहा नगरपालिकामा कोरोना संक्रमण देखिएका सम्पूर्ण महानुभावहरुमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको स्वास्थ्य स्थिति र सुविधामा ध्यान पु¥याउन नेपाल कम्युनिष्ट पार्टी ९एमाले० थाहा नगर कमिटी स्थानीय सरकारसँग हार्दिक अपिल गर्दछ ।’

एमाले थाहा नगर कमिटीले अहिलेको विषम परिस्थितिमा सरकारद्वारा जारी आदेश तथा निर्देशनहरुको पूर्ण पालना गरिरहेका नागरिकहरुको जीवनयापनमै असहज परिस्थिति सिर्जना हुने अवस्थामा समस्याहरुको यथोचित समाधान गरी नागरिक हकको सुरक्षामा तदारुकताका साथ काम गर्न  स्थानीय सरकारसँग माग गरेको छ । 

जारी विज्ञप्तिमा कोरोनाका संक्रिय संक्रमितहरुमा शीघ्र स्वास्थ लाभको  कामनासमेत गरिएको छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...