pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

केसी काँग्रेस छोडेर पुनः नेकपामा


मकवानपुर,
नेपाली काँग्रेसका मकवानपुर क्षेत्रिय सदस्य बिनोद केसीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । २ वर्ष अघि तत्कालीन माओवादी केन्द्र छाडेर नेपाली काँग्रेसको सदस्यता लिएका थाहा नगरपालिका ४ का केसी पुनः नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा फर्किएका छन् । 
आज सोमबार एक विज्ञप्ती जारी गर्दै केसीले पुनः नेकपामा जोडिएको उल्लेख गरेका छन् । विज्ञप्तीमा उनले आफू २०५१ सालदेखि विद्यार्थी राजनीतिमार्फत् कम्युनिष्ट आन्दोलनमा जोडिएको र विशेष कारणवश गत संसदीय निर्वाचनताका नेपाली काँग्रेसमा प्रवेश गरेको भए पनि काँग्रेसबाट मुलुकको विकास सम्भव नभएको उल्लेख गरेका छन् ।
नेपाली काँग्रेसले जनताको मन जित्न नसकेको, प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको र सरकारलाई रचनात्मक सुझाव दिनुका सट्टा गाली मात्र गरेर बसेको भन्दै केसीले काँग्रेसका सदस्यहरुलाई नेकपामा आवद्ध हुन आह्वान पनि गरेका छन् । 
संघीय संरचनामा भएको पहिलो स्थानीय तथा संसदीय निर्वाचनमा विजेता हुनुका साथै तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भई नेपाल कम्युनिष्ट पाटी बनेको सन्दर्भमा उक्त पार्टीको सरकारले दिन प्रतिदिन जनमुखी कदमहरु चाल्दै गएको केसीले बताएकाछन् । 
उनले नेकपाले दिन प्रतिदिन जनताको मन जित्दै गएको उल्लेख गरेका छन् । वि.सं. २०५१ सालमा अखिल क्रान्तिकारीको विद्यार्थी राजनीतिबाट राजीनितक जीवन शुरुवात गरेका केसी अनेरास्ववियू क्रान्तिकारीको मकवानपुर जिल्ला सचिब, अखिल नेपाल जनवादी युवा लिगको मकवानपुर जिल्ला उपाध्यक्ष, जनमोर्चा नेपालको जिल्ला सदस्य, योङ कम्युनिष्ट लिगको जिल्ला सदस्य, नेकपा माओवादी केन्द्रको थाहा नगर सदस्य लगायत विभिन्न पदमा रही काम गरिसकेका व्यक्ति हुन ।

हेर्नुस् विज्ञप्तीः

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg