Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

केसी काँग्रेस छोडेर पुनः नेकपामा


मकवानपुर,
नेपाली काँग्रेसका मकवानपुर क्षेत्रिय सदस्य बिनोद केसीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । २ वर्ष अघि तत्कालीन माओवादी केन्द्र छाडेर नेपाली काँग्रेसको सदस्यता लिएका थाहा नगरपालिका ४ का केसी पुनः नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा फर्किएका छन् । 
आज सोमबार एक विज्ञप्ती जारी गर्दै केसीले पुनः नेकपामा जोडिएको उल्लेख गरेका छन् । विज्ञप्तीमा उनले आफू २०५१ सालदेखि विद्यार्थी राजनीतिमार्फत् कम्युनिष्ट आन्दोलनमा जोडिएको र विशेष कारणवश गत संसदीय निर्वाचनताका नेपाली काँग्रेसमा प्रवेश गरेको भए पनि काँग्रेसबाट मुलुकको विकास सम्भव नभएको उल्लेख गरेका छन् ।
नेपाली काँग्रेसले जनताको मन जित्न नसकेको, प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको र सरकारलाई रचनात्मक सुझाव दिनुका सट्टा गाली मात्र गरेर बसेको भन्दै केसीले काँग्रेसका सदस्यहरुलाई नेकपामा आवद्ध हुन आह्वान पनि गरेका छन् । 
संघीय संरचनामा भएको पहिलो स्थानीय तथा संसदीय निर्वाचनमा विजेता हुनुका साथै तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भई नेपाल कम्युनिष्ट पाटी बनेको सन्दर्भमा उक्त पार्टीको सरकारले दिन प्रतिदिन जनमुखी कदमहरु चाल्दै गएको केसीले बताएकाछन् । 
उनले नेकपाले दिन प्रतिदिन जनताको मन जित्दै गएको उल्लेख गरेका छन् । वि.सं. २०५१ सालमा अखिल क्रान्तिकारीको विद्यार्थी राजनीतिबाट राजीनितक जीवन शुरुवात गरेका केसी अनेरास्ववियू क्रान्तिकारीको मकवानपुर जिल्ला सचिब, अखिल नेपाल जनवादी युवा लिगको मकवानपुर जिल्ला उपाध्यक्ष, जनमोर्चा नेपालको जिल्ला सदस्य, योङ कम्युनिष्ट लिगको जिल्ला सदस्य, नेकपा माओवादी केन्द्रको थाहा नगर सदस्य लगायत विभिन्न पदमा रही काम गरिसकेका व्यक्ति हुन ।

हेर्नुस् विज्ञप्तीः

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg