Friday, 10 May, 2024
राजनीति

किन पटक–पटक ‘झुट’ बोल्छन् ओली ?
तथ्यमा यस्तो देखिन्छ ओलीका झुटको शृङ्खला 

kp_oli_5tLYDKkPiu-1609555797.jpg

 

 

 प्रधानमन्त्री केपी शर्मा ओली ‘वाक्पटु’ नेतामा गनिन्छन् । विरोधीहरु पनि उनका भाषणलाई चाख मानेर सुन्ने गर्दछन् । ओलीले भाषणमा आफूलाई निशाना बनाउँछन् भन्ने विषयप्रति विरोधीहरु विश्वस्त त हुन्छन् नै, आफूलाई कुन रुपमा निशाना बनाउँछन् भन्नेमा उनीहरुको बढी चाख हुने गरेको पाइन्छ ।

‘वाक्पटु’ एउटा कला हो । धेरै कममा मात्र यो क्षमता हुन्छ । तर यो हतियारजस्तै घातक पनि हुन्छ । कहिलेकाहीँ यसले ‘ब्याक फायर’ पनि गर्छ । भाषण गर्ने राम्रो क्षमता भएका ओलीले कहिलेकाहीँ आफ्ना समर्थकहरुलाई हौस्याउन सोच–विचार नै नगरी ‘फ्याट्ट’ बोल्ने गर्दछन् । उनले बोलेका कतिपय कुरा क्षमता र सम्भावना बाहिरका भए पनि उनीभित्रको ‘वाक्पटु’ क्षमताले गर्दा ती कुरा जनताले सहजै विश्वास गर्न थाल्छन् । तर कालान्तरमा उनका ती अभिव्यक्ति ‘झुट’ का रुपमा अंकित हुन्छन् ।

भाषणमा मात्र होइन, उनले आफ्नै पार्टीका नेताहरुसँग समेत ‘झुट’ बोल्ने गरेको भनेर हालै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरोप लगाएका छन् । प्रचण्डले यही पुस १५ गते राजधानीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै ओली ‘झुट बोल्ने नेता’ भएको आरोपमात्र लगाएनन्, आफ्नै पार्टीका नेताहरुसँग झुट बोल्ने ओलीले कसरी शासन गरिरहेका छन् भनेर सहजै अनुमान गर्न सकिने तर्क पनि गरे ।

तथ्यहरु एकातिर हुन्छन् तर ओलीले तिनलाई पनि झुटको सहारामा लेप लगाएर आफूलाई ‘पानीमाथिको ओभानो’ देखाउने प्रयास गरिरहेको पाइन्छ । उदाहरणका लागि उनले २०७६ वैशाखको तेस्रो साता बालुवाटारमा सम्पादकहरुसँग भनेका कुरालाई नै लिन सकिन्छ, जसमा उनले आफूले झुटको सहारा नलिने प्रस्ट पारेका थिए ।



प्रधानमन्त्री ओलीले भनेका थिए,  ‘सरकारले देशको सार्वभौमसत्ताको रक्षा, विकासका चाहना सम्बोधनमा गलत बाटो लिएको छ भने सरकार सच्याउन तयार छ तर सरकार देश विकासबाहेक अन्य कुरामा जनतालाई अल्मल्याउन चाहँदैन । सरकार प्रभावकारी नीति व्यवहारमा लागू गर्न चाहन्छ । झुट बोल्ने र अल्मल्याउने काममा सरकार लाग्दैन ।’

 

तथ्यमा यस्तो देखिन्छ ओलीका झुटको शृङ्खला 
झुट १ 

‘प्रचण्ड–माधव पक्षले वैधानिकताका लागि निर्वाचन आयोगमा दिएको निवेदन रित नपुगेको भन्दै निर्वाचन आयोगले खारेज गर्यो, रद्द गर्यो ।’ उल्लेखित अभिव्यक्ति प्रधानमन्त्री ओलीले शुक्रबार प्रवासी नेपाली मञ्चका कार्यकर्तालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने क्रममा व्यक्त गरेका हुन् । तर निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले ओलीले उक्त अभिव्यक्ति दिएको एक घण्टा नबित्दै उक्त भनाइमा सत्यता नरहेको रातोपाटीसँग बताएका छन् । उनले उल्टै प्रश्न गरे– कसले भन्यो आयोगमा आएको निवेदन फिर्ता भयो भनेर ? दर्ता भएको निवेदन पनि फिर्ता हुन्छ ?
 
झुट २ :

संसद विघटनबारे आफ्नै पार्टीका नेतासँग झुट

गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गर्न लागेको थाहा पाएपछि नेकपा अध्यक्ष प्रचण्डले ओलीसँग छलफलका लागि समय मागे । पुस १५ गते राजधानीमा आयोजित विरोधसभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले खुलासा गरेअनुसार ओलीसमक्ष प्रचण्डले संसद विघटनको निर्णय लिनुअघि अन्तिम प्रयासस्वरुप दुई अध्यक्षबीच छलफलका लागि समय मागेका थिए ।

ओलीसँग समय लिएरै छलफलका लागि प्रचण्ड बालुवाटार पुग्दा नपुग्दै ओलीले मन्त्रिपरिषद बैठक राखेर प्रतिनिधिसभा भङ्ग गर्ने सिफारिस गरे । त्यतिमात्र होइन, मन्त्रिपरिषद बैठक सकिनासाथ आफूले प्रतिनिधिसभा विघटनबारे जिज्ञासा राख्दा ओलीले मन्त्रिपरिषदबाट त्यस्तो सिफारिस भए पनि आफू राष्ट्रपतिलाई भेटेर तत्काल उक्त सिफारिस स्वीकृत नगर्न आग्रह गर्ने भन्दै शीतल निवासतर्फ गएको प्रचण्डले सार्वजनिक रुपमा खुलासा गरिसकेका छन् ।
तर त्यसको केही बेरमै राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटनसम्बन्धी सिफारिस स्वीकृत भयो । आखिर ओलीले यस्तो झुट किन बोले भन्नेबारे आम चासो बनिरहेको छ ।

झुट ३ : 

घरघरमा पाइपबाट ग्यास ।
‘घरघरमा पाइपबाट ग्यास’ प्रधानमन्त्री ओलीको चर्चित झुटमा पर्दछ । उनले अघिल्लो कार्यकालमा नाकाबन्दी झेलेका जनतालाई ढाडस दिँदै घर–घरमा पाइपबाट ग्यास पु¥याइने र धारो खोलेजसरी जनताले ग्यास उपभोग गर्न पाउने आश्वासन बाँडे । अब सिलिन्डर बोकेर हिँड्नुपर्ने दिन अन्त्य हुने उनको भनाइ थियो । दोस्रो कार्यकालमा आफ्नै दलको झण्डै दुई तिहाई बहुमत हुँदासमेत उनले त्यस दिशामा एक कदम पनि काम गर्न सकेनन् ।

झुट ४: 
‘कोही भोकै मर्नु पर्दैन ।’

प्रधानमन्त्री ओलीले पटक पटक एउटा प्रतिबद्धता जनाउने गरेका छन्– कोही भोकै मर्नु पर्दैन ।  उनको यो प्रतिबद्धतालाई सरकारको नीति तथा कार्यक्रममै समेटिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका क्रममा चार महिना लामो लकडाउन र त्यसपछि जारी निषेधाज्ञाका कारण रोजगारी गुमाएर कयौं श्रमिक भोकै रहे । खुलामञ्चमा केही युवाले त्यस्ता श्रमिक तथा भोकै बस्नु परेका नागरिकका लागि भोजनको व्यवस्था गरे । ठाउँ ठाउँमा यसरी निःशुल्क भोजनको व्यवस्था सहयोगी हातहरुले गरे तर सरकारले त्यस्ता श्रमिको अवस्था के छ, उनीहरुको परिवारले कसरी गुजारा गरिरहेका छन् भन्ने सोधखोज गरेन ।

परिणामस्वरुप कयौं श्रमिकको बेहाल भयो । कीर्तिपुरमा भारी बोक्ने काम गर्दै आएका धादिङका सुर्यबहादुर तामाङ गत जेठको तेस्रो साता हातमा नाम्लो बोकेकै अवस्थामा ढलेको पाइयो । कामको अभावमा पेट भर्न नसक्दा ढलेका उनी कहिल्यै नउठ्ने गरी यस धर्तीबाट बिदा भए । उनीमात्र होइन, सप्तरीको कञ्चनरुप–५ पथरीका मलर सदा पनि खान नपाएरै मृत्युवरण गर्न बाध्य भए । लकडाउनका कारण आम्दानी ठप्प हुँदा कयौं दिनदेखि उनको घरमा चुलो बल्न सकेको थिएन ।  

झुट ५ : 
नेपाली झण्डावाला पानी जहाज

प्रधानमन्त्री ओलीले नेपाली जनतामा बाँडेको महत्वाकांक्षी सपनामा पानी जहाज पनि पर्दछ । उनले ठुला समुद्रमा नेपाली झण्डा फहराउँदै पानी जहाज हिँड्ने बताएका थिए । एउटा कार्यक्रममा उनले भनेका थिए, ‘२०७६ सालभित्र नेपालको पानी जहाजले कसरी झण्डा हालेर हिँड्छ, कसरी सामान बोकेर हिँड्छ, कसरी मान्छे बोकेर हिँड्छ, हामी देखाउँछौं ।’

२०७५ फागुनमा ललितपुरको एकान्तकुनामा पानी जहाजको कार्यालय उद्घाटन त भयो । तर, अहिलेसम्म सरकारी निकायबाट पानी जहाज सम्बन्धी देखिने गरी काम भएको पाइँदैन ।

किन बोल्छन् झुट ?

राजनीतिक विश्लेषक श्याम श्रेष्ठका अनुसार ओलीले झुट बोल्नुमा दुई÷तीनवटा कुरा छन् । ‘त्यसमा एउटा कुरा दुनियाँमा म मात्रै चलाख छु, जान्नेबुझ्ने छु, अरु मानिसले केही जान्दैनन् र बुझ्दैनन् भन्ने खालको अहंकार भाव छ, त्यसले काम गरेको छ,’ उनले भने, ‘अरु मानिसले तुरुन्तै भेरिफाइ गर्न सक्छन् भन्ने हेक्का ओलीको मनमा लाग्दैन । त्यो नलाग्दा मै बाठो छु, मभन्दा बाठो अरु कोही नभएकाले कसैले सत्य पत्ता लगाउन सक्दैन भन्ने जुन अहंकार हो त्यसले काम गरेको छ ।’

श्रेष्ठका अनुसार ओलीमा नैतिक, सांस्कृतिक लेबल ज्यादै तल छ । ‘मानिसहरुको एउटा नैतिक, सांस्कृतिक लेबल हुन्छ, तर ओलीको त्यो लेबल औसतभन्दा पनि धेरै तल छ । नैतिक, सांस्कृतिक लेबल भएको कुनै मानिसले झुठ बोल्नै सक्दैन, बोल्यो भने दिनभर उसलाई अप्ठ्यारो भइरहन्छ,’ उनले भने, ‘ओलीको सांस्कृतिक लेबल यस्तो छ कि झुठ बोलेको र बैमानी गरेको लाग्दै लाग्दैन, बरु ड्युटी गरिरहेको जस्तो लाग्छ ।’

एउटा उच्च तहमा रहेको व्यक्तिले यसरी झुठ बोल्दा जनतलाई नेताहरु साँचो बोल्दै बोल्दैनन् भन्ने पर्न जाने उनले बताए । उनले भने, ‘नेतृत्वप्रति किन आम जनताको विश्वास र भरोसा छैन भन्दा नेताहरु ठाडै झुट बोलिरहेका छन् । अहिलेको अहिल्यै बेइमान गर्छन् । घोषणापत्रमा एउटा लेख्छन्, व्यवहारमा ठिक उल्टो गर्छन् ।’ 

समाजवादी संस्कृतिमा जनतालाई, वर्गलाई झुट बोल्ने कुरा हुँदै नहुने उनले प्रस्ट्याए । ‘पुँजीवादी संस्कृति भएकोले पनि त्यस्तो गर्दैन । निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झुट बोल्नासाथ त्यहाँका मिडियाहरुले एकएक झुट पहिचान गरेर सार्वजनिक गरे,’ उनले भने, ‘पछि चुनावमा उनको के गति भयो ? यदि राजनीतिको ठुलो पदमा रहेको मानिसले झुट बोल्छ भने त्यो दलाल पुँजीवादी संस्कृतिमा मात्रै सम्भव हुन्छ ।’ पुँजीवादी संस्कृतिमा समेत झुट बोल्ने कुरा सम्भव नहुने भन्दै उनले अगाडि भने, ‘समाजवादीले त धेरै टाढाको कुरा भयो । त्यसकारण ओलीले झुट बोल्नुमा दलाल पुँजीवादी संस्कृति अपनाएको कुराको संकेत भन्न सकिन्छ ।’

राताेपाटीबाट साभार


world-link-1690434568.jpg
थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...