pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

कामचलाउ सरकारको मन्त्रिमण्डल पुर्नगठन – एमालेबाट को ‘इन’ को ‘आउट’ ?

karya_bibhajan_PbvUq7O0g3-1622850830.jpg


प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपा नेपाल ९महन्थ–राजेन्द्र पक्ष०का १० जनालाई सरकारमा सामेल गरेका छन् । मन्त्रिपरिषद पुनर्गठन गर्दै प्रधानमन्त्री ओलीले जसपालाई ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सत्ता साझेदार बनाएका हुन् ।


यसैगरी उनले मौजुदा मन्त्रिपरिषदका १२ जनालाई बिदा गरेका छन् । बिदा हुनेमा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री छन् ।


प्रधानमन्त्री ओलीले तीनजनालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् । जसअनुसार एमालेबाट सामेल भएका विष्णु पौडेल र रघुवीर महासेठलाई उपप्रधानमन्त्रीसहित क्रमशः अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयको कार्यभार तोकिएको छ । यस्तै, जसपा नेपालका राजेन्द्र महतोलाई पनि उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । उनलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


प्रधानमन्त्री ओलीले रक्षा, गृह, सञ्चार, वन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालयले आफैसँग राखेका छन् ।

एमालेबाट सामेल गरिएका शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री, कृष्णगोपाल श्रेष्ठलाई शिक्षा, वसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात र लीलानाथ श्रेष्ठलाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


​यस्तै, जसपाबाट सामेल गरिएका शरतसिंह भण्डारीलाई ऊर्जा, अनिल झालाई खानेपानी तथा सरसफाई, विमल श्रीवास्तवलाई श्रम तथा रोजगार, उमाशंकर अरगरियालाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ । सोही पार्टीका लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था, चन्दा चौधरीलाई महिला,बालबालिका तथा ज्येष्ठ नागरिक, एकवाल मियाँलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

जसपाकै चन्द्रकान्त चौधरीलाई ऊर्जा मन्त्रालयमा र रेणुका गुरुङलाई  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा राज्यमन्त्रीको भूमिका दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिमण्डल हेरफेर गरेका छन् । यसअघिको १८ सदस्यीय मन्त्रिमण्डल रहेकोमा ओलीले पुनर्गठित मन्त्रिमण्डल १७ सदस्यीय बनाएका छन् । जसमा १२ नयाँ मन्त्री थपिँदा १३ ले विदावारी पाएका छन् । विदावारी पाउनेमा सबै एमालेका छन् । थपिएका १२ मध्ये १० जना जसपाका छन्  ।

जसमा ३ उप्रधानमन्त्री, १२ मन्त्री र २ राज्यमन्त्रीसहितको १७ सदस्य रहेका छन् । यसअघि एकजना उपप्रधानमन्त्री रहेकोमा अव ती उपप्रधानमन्त्री भएका छन् । पुनर्गठित मन्त्रिपरिषदमा प्रधानमन्त्री ओलीले रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासनसहित ७ मन्त्रालय आफैंसँग राखेका छन् ।

१७ सदस्यीय पुनर्गठित मन्त्रीमण्डलमा ओलीले एमालेका तर्फबाट पुराना चार मन्त्रीलाई निरन्तरता दिएका छन् भने बाँकी तीन राज्यमन्त्रीसहित ११ जनालाई विदाई गरेका छन् । पुनर्गठनमा एमालेका नयाँ दुई मन्त्री थप भएका छन् ।

निरन्तरता पाउनेमा अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र कानुनमन्त्री लीलानाथ ​श्रेष्ठ छन् ।


त्यस्तै नयाँ मन्त्रीका रुपमा शेरबहादर तामाग, स्वास्थ्य मन्त्री र रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्को जिम्मेवारीमा मन्त्रिमण्डलमा परेका छन् । यसअघि स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र परराष्ट्मन्त्री प्रदीप ज्ञवाली रहेका थिए ।

एमालेबाट यसअघि मन्त्री बनेका ईश्वर पोखरेल, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, पद्यमा कुमारी अर्याल, पार्वत गुरुङ, शिवमाया तुम्वाहाम्फे, गणेशसिंह ठगुन्ना, प्रेम आले, जुली महतोसहित नौ र राज्यमन्त्री भएका तीन गरी नवराज रावत, रामवीर मानन्धर, विमला विक बाहिरिएका छन् ।


 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg