jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

कामचलाउ सरकारको मन्त्रिमण्डल पुर्नगठन – एमालेबाट को ‘इन’ को ‘आउट’ ?

karya_bibhajan_PbvUq7O0g3-1622850830.jpg


प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपा नेपाल ९महन्थ–राजेन्द्र पक्ष०का १० जनालाई सरकारमा सामेल गरेका छन् । मन्त्रिपरिषद पुनर्गठन गर्दै प्रधानमन्त्री ओलीले जसपालाई ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सत्ता साझेदार बनाएका हुन् ।


यसैगरी उनले मौजुदा मन्त्रिपरिषदका १२ जनालाई बिदा गरेका छन् । बिदा हुनेमा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री छन् ।


प्रधानमन्त्री ओलीले तीनजनालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् । जसअनुसार एमालेबाट सामेल भएका विष्णु पौडेल र रघुवीर महासेठलाई उपप्रधानमन्त्रीसहित क्रमशः अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयको कार्यभार तोकिएको छ । यस्तै, जसपा नेपालका राजेन्द्र महतोलाई पनि उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । उनलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


प्रधानमन्त्री ओलीले रक्षा, गृह, सञ्चार, वन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालयले आफैसँग राखेका छन् ।

एमालेबाट सामेल गरिएका शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री, कृष्णगोपाल श्रेष्ठलाई शिक्षा, वसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात र लीलानाथ श्रेष्ठलाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


​यस्तै, जसपाबाट सामेल गरिएका शरतसिंह भण्डारीलाई ऊर्जा, अनिल झालाई खानेपानी तथा सरसफाई, विमल श्रीवास्तवलाई श्रम तथा रोजगार, उमाशंकर अरगरियालाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ । सोही पार्टीका लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था, चन्दा चौधरीलाई महिला,बालबालिका तथा ज्येष्ठ नागरिक, एकवाल मियाँलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

जसपाकै चन्द्रकान्त चौधरीलाई ऊर्जा मन्त्रालयमा र रेणुका गुरुङलाई  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा राज्यमन्त्रीको भूमिका दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिमण्डल हेरफेर गरेका छन् । यसअघिको १८ सदस्यीय मन्त्रिमण्डल रहेकोमा ओलीले पुनर्गठित मन्त्रिमण्डल १७ सदस्यीय बनाएका छन् । जसमा १२ नयाँ मन्त्री थपिँदा १३ ले विदावारी पाएका छन् । विदावारी पाउनेमा सबै एमालेका छन् । थपिएका १२ मध्ये १० जना जसपाका छन्  ।

जसमा ३ उप्रधानमन्त्री, १२ मन्त्री र २ राज्यमन्त्रीसहितको १७ सदस्य रहेका छन् । यसअघि एकजना उपप्रधानमन्त्री रहेकोमा अव ती उपप्रधानमन्त्री भएका छन् । पुनर्गठित मन्त्रिपरिषदमा प्रधानमन्त्री ओलीले रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासनसहित ७ मन्त्रालय आफैंसँग राखेका छन् ।

१७ सदस्यीय पुनर्गठित मन्त्रीमण्डलमा ओलीले एमालेका तर्फबाट पुराना चार मन्त्रीलाई निरन्तरता दिएका छन् भने बाँकी तीन राज्यमन्त्रीसहित ११ जनालाई विदाई गरेका छन् । पुनर्गठनमा एमालेका नयाँ दुई मन्त्री थप भएका छन् ।

निरन्तरता पाउनेमा अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र कानुनमन्त्री लीलानाथ ​श्रेष्ठ छन् ।


त्यस्तै नयाँ मन्त्रीका रुपमा शेरबहादर तामाग, स्वास्थ्य मन्त्री र रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्को जिम्मेवारीमा मन्त्रिमण्डलमा परेका छन् । यसअघि स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र परराष्ट्मन्त्री प्रदीप ज्ञवाली रहेका थिए ।

एमालेबाट यसअघि मन्त्री बनेका ईश्वर पोखरेल, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, पद्यमा कुमारी अर्याल, पार्वत गुरुङ, शिवमाया तुम्वाहाम्फे, गणेशसिंह ठगुन्ना, प्रेम आले, जुली महतोसहित नौ र राज्यमन्त्री भएका तीन गरी नवराज रावत, रामवीर मानन्धर, विमला विक बाहिरिएका छन् ।


 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...