pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

कामचलाउ प्रधानमन्त्री ‘बाठो’ बन्दा ईश्वर र प्रदीपको मन्त्री पद गुम्यो
अब ईश्वर र बादलको कमब्याक सम्भव छैन : कानूनविद

मंगलबार अपरान्ह प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको बेञ्चले नवनियुक्त २० मन्त्रीलाई एकसाथ पदमुक्त गरेको खबर सुन्नासाथ दुईवटा प्रश्न मुखरित भए : एक– अब ईश्वर पोखरेल र प्रदीप ज्ञवालीहरुको मन्त्री पद पुनर्बहाली भयो कि भएन ? र, दुई– कतै तत्कालीन रामबहादुर थापा बादलसहित माओवादीका ७ मन्त्रीको पद पनि पो बहाली भयो कि ?

​किनभने, सर्वोच्च अदालतको अन्तरिम आदेशमा स्पष्टसँग भनिएको छ कि प्रतिनिधिसभा विघटन गर्दाकै बेलाको मन्त्रिपरिषद कायम रहनुपर्छ । प्रतिनिधिसभा विघटन भएको विषेश परिस्थितिमा प्रधानमन्त्रीको अध्यक्षतामा जे जुन अवस्थाको मन्त्रिपरिषद छ, त्यही मन्त्रिपरिषदले कार्य सञ्चालन गर्नेछ भन्ने स्पष्टरुपमा किटानीसाथ उल्लेख भइरहेको परिप्रेक्ष्यमा मन्त्रि परिषद विस्तार गर्न नहुने अदालतले भनेको छ । उसोभए त्यसबेला मन्त्री रहेका ईश्वर लगायतको पोखरेलको अवस्था के हुन्छ त ? सामान्य नजरले हेर्दा यो प्रश्न स्वाभाविकै जस्तो पनि देखिन्थ्यो ।

​किनभने, अदालतको आदेशमा भनिएको छ, ‘प्रतिनिधिसभा विघटनको दोस्रो अवस्थापछि हालको प्रधानमन्त्री संविधानको धारा ७७ को १ को खण्ड ‘ग’ बमोजिम स्वतः प्रतिनिधिसभाको सदस्यसमेत नरही निजको प्रधानमन्त्रीको पद रिक्त हुन गएको अवस्थामा ऐजन धारा ७७(३) मा उपधारा १ बमोजिम प्रधानम्न्त्रीको पद रिक्त भएमा अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेछ भनि उल्लेख भएको देखिन्छ । यसरी प्रतिनिधिसभा विघटन भएको विशेष परिस्थितिमा प्रधानमन्त्रीको अध्यक्षतामा जे जुन अवस्थाको मन्त्रिपरिषद् छ, त्यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेछ भनि स्पष्ट रुपमा किटानीका साथ उल्लेख भइरहेको परिप्रेक्ष्यमा तत्काल कायम रहेका प्रधानमन्त्रीले अन्य सामान्य अवस्थाको प्रधानमन्त्रीले जस्तो मन्त्रिपरिषद् विस्तार गर्ने, थप गर्न सक्ने भनि संविधानको कुनै पनि धारामा उल्लेख नभएकाले यस्तो अधिकार प्रधानमन्त्रीमा देखिँदैन ।’

​सर्वोच्चको यो आदेशलाई लिएर विघटनअघि मन्त्री कायम रहेका ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, हृदयेश त्रिपाठी, शिवमाया तुम्वाहाङ्फे, पद्मा अर्याललगायतको मन्त्री पद फेरि फर्किने टीकाटिप्पणी भएको हो । तर, यसबारे कानूनविदहरुले भने प्रधानमन्त्री आफैंले हटाएका मन्त्रीहरु पुनर्बहाली नहुने बताउँछन् । प्रधानमन्त्री नयाँ मन्त्री थप्न नपाउने तर हटाएमा त्यो सदर हुने कानूनविदको भनाइ छ । ईश्वर पोखरेलहरुलाई प्रधानमन्त्रीले नै पदमुक्त गरेको हुनाले अब पुनर्बहाली नहुने कानूनविदको भनाइ छ ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले अदालतको आदेशमा ४ जनाको पद जोगिएको र बाँकी सबैको पद गएको स्पष्टरुपमा लेखेकाले अरु कसैको पद नफर्किने बताए । थापाले भने, ‘विष्णु पौडेलसहित ४ मन्त्रीबाहेक सबैको पद जाने भनेर आदेशमा तोकेरै भनिएको छ, अब विघटनअघि मन्त्री भएकाहरुको मन्त्री पद फेरि फर्किने भन्ने हुँदैन ।

कामचलाऊ सरकारले मन्त्रिपरिषद विस्तार गर्नु असंवैधानिक हुने जान्दाजान्दै प्रधानमन्त्री ओलीले अपरिपक्व निर्णय गर्नाले ईश्वर पोखरेल र प्रदीप ज्ञवालीजस्ता सारथीहरुलाई क्याबिनेटबाट गुमाएको चर्चा अहिले एमालेभित्र हुन थालेको छ । ​त्यस्तै रामबहादुर थापा बादलसहित माओवादीका सात मन्त्रीहरु सांसद नरहेकाले उनीहरुको नियुक्ति अदालतले पहिल्यै बदर गरिसकेको हुनाले बादलको पुनर्बहाली पनि नहुने कानूनविद बताउँछन् ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg