jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

काङ्ग्रेस मकवानपुर गढि सभापतिमा गोपी अधिकारीको उम्मेदवारी घोषणा

Screenshot_20210908-15040-1631092788.png

हेटौंडा, २३ भदौ/ नेपाली काँग्रेस मकवानपुरगढी गाउँपालिकाको सभापतिमा गोपी अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । यही भदौ २७ गते हुने अधिवेशनबाट जिल्लाका सबै स्थानीय तहमा काँगेसको नयाँ नेतृत्व चयन हुँदैछ । 

भदौं २० गते भएको वडा अधिवेशनबाट क्षेत्रिय प्रतिनिधिमा चयन भएका अधिकारीले गढी गाउँपालिकाको पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । तत्कालिन गढी गाविस हुँदा दुई कार्यकाल सभापति भइसकेका अधिकारीले आगामी स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचनमा काँग्रेसलाई विजयी गराउन पुनः नेतृत्वमा दाबी गरेको बताएका छन् । 

मकवानपुरगढीमा नेपाली काँग्रेसलाई आजको स्थानसम्म ल्याउन आफुले पसिना बगाएको उल्लेख गर्दै अधिकारीले भएका काँग्रेसका सदस्यको संरक्षण गर्दै बाहिर रहेकालाई पार्टीमा सामेल गराउने र पार्टीलाई चलायमान बनाउन एकपटक फेरि सभापतिमा उम्मेदवारी दिने उल्लेख गरे । तरुण दलदेखि पार्टीको सभापति, क्षेत्रिय उपसभापति हुँदै जिल्ला सदस्यसम्म पार्टीले दिएको जिम्मेवारी र भुमिकालाई  कुशलतापूर्वक निर्वाह गरेको उल्लेख गर्दै अधिकारीले गढी गाउँपालिकामा काँग्रेसको नयाँ नेतृत्व सहमतिबाट चयन हुनुपर्ने अडान राखेका छन् । 

गुटउपगुटका कारण काँग्रेसमा समस्या बढेको उल्लेख गर्दै अधिकारीले पार्टीलाई एकढिक्का बनाएर पहिलेकै अवस्थामा पुर्याउनु आवश्यक रहेको बताए । सहमतिबाट नेतृत्व चयन भएमात्र काँग्रेसले देखेको सपनालाई पुरा गर्न सक्ने उनको भनाई छ । पार्टीलाई गुट,उपगुटको चङ्गुलबाट मुक्त बनाएर सिंगो काँग्रेस बनाउन आफ्नो उम्मेदवारी कायम रहने उनको भनाई छ । 

एकपटक पार्टीको जिम्मेवारी लिएर स्थानीय तहको निर्वाचनमा गढीगाउँपालिकामा काँग्रेसका उम्मेदवारलाई स्थापित गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको अधिकारीले बताए । पार्टीमा योगदान पुर्याएकाहरुलाई पाखा लगाउने काम कुनै तहबाट भएमा काँग्रेसले नै घाटा व्यर्होनु पर्ने भएकाले विगतबाट पाठ सिक्दै सबैलाई पार्टीमा योगदान, निष्ठा र कुशलताको आधारमा भुमिका दिन अधिकारीले पार्टी जिल्ला नेतृत्व सँग आग्रह गरेका छन् । सहकार्य, सहमति र एकता विना काँग्रेसले जित हात पार्न सक्दैन भन्ने कुरालाई कसैले पनि बिर्सन नहुने उनले बताए ।

काँग्रेस जिल्लाको नेतृत्वले सबैको योगदान र भुमिकालाई आत्मसाथ गर्दै निर्णय गरेमा पार्टी एकजुट हुने र हरेक निर्वाचनमा सफलता हात लाग्ने अधिकारीको भनाइ छ । साथै मकवानपुर गढीका सबै वडामा विजयी भएका वडा सभापतिसहित सदस्य तथा नगरको वडा कमिटी र क्षेत्रिय प्रतिनिधिलाई अधिकारीले बधाई व्यक्त गर्दै आफ्नो उम्मेदवारीमा साथ र समर्थका लागि आग्रह गरेका छन् ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...