pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

कम्युनिष्ट सरकार लोकतन्त्रको ज्याकेट भिरेर निरंकुशता लाद्न तत्परः नेता के.सी.

60684964_1069814853218242-1558415059.jpg


थाहा नगगरपालिका, ६ जेठ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह के.सी.ले कम्युनिष्ट सरकारले लोकतन्त्रको ज्याकेट भिरेर निरंकुशता लाद्न लागिपरेको बताउनुभयो ।
कम्युनिष्टहरु सरकारमा आएसंगै चरम भ्रष्टाचार, सरकारी जग्गा हड्प्ने, बलात्कार, वाईडबडी काण्डमा मुछिनुका साथै निरंकुशता लाद्नमा केन्द्रित रहेको बताउनुभयो ।
कांग्रेस २ नम्बर क्षेत्रीय समिति र थाहा नगरको संयुक्त आयोजनामा सोमबार थाहानगरको पालुङमा भएको राष्ट्रिय जागरण अभियानमा बोल्दै नेता के.सी.ले कांग्रेसले नेपालको ईतिहासमा धेरै ठूला र महत्वपूर्ण परिवर्तन गरेको भएपनि दुईतिहाईको कम्युनिष्ट सरकार गठन भएको १५ महिना बितिसक्दापनि प्रधानमन्त्री मात्रै हैन मन्त्रीहरुसमेत अझै देखिने काम गर्न छाडेर खोक्रो आश्वासन र उखानटुक्का मात्रै बाढिरहेको बताउनुभयो । 
ओली सरकार गठन भएसंगै देशको संविधान र कानून मिच्दै अघि बढेको बताउँदै नेता के.सी.ले यसैगरी एकपछि अर्को निरंकुशता लाद्न खोजे कांग्रेसले अब चौथो ठूलो आन्दोलनको तयारीमा लाग्नुपर्ने अवस्था आएको र अब ठूलो आन्दोलनको लागि तयार रहन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कांग्रेसले नेपाल र नेपालीलाई आधुनिकरणमा ढाल्न सफल भएको बताउँदै केन्द्रीय सदस्य के.सी.ले यसको बारेमा जागरण अभियानमार्फत गाउँ, वडा र टोलरटोलमा गएर आम जनतामा जान आग्रह गर्नुभयो ।
विशिष्ट अतिथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले नेपालको कम्युनिष्ट सरकारलाई विश्वले नपत्यका कारण अहिले नेपालको अर्थतन्त्र धरापमा परेको बताउनुभयो । अहिलेको सरकार चटकी सरकार भएको बताउँदै केन्द्रीय सदस्य डिनाले यो सरकार खोक्रो र झुटा आश्वाशन बाड्ने मात्रै काम गरेको बताउनुभयो ।
कांग्रेस सरकारमा नभएपनि कहिल्यै नआत्तिने पार्टी भएको बताउँदै नेतृ डिनाले अब गाउँरगाउँ जागरण अभियानमार्फत कम्युनिष्ट सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्दै जनताको हरेक सुखदुःखमा साथ दिने बताउनुभयो ।
त्यस्तै विशिष्ट अतिथि कांग्रेस जिल्ला सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले कम्युनिष्टहरु झुटा आश्वासनको पोका लिएर जनमत बटुल्न सफल भई सरकारमा गएपनि अहिले बजेटको चरम दुरुपयोग गरि जनतालाई पंगु बनाउनुबाहेक अरु सिन्कोसमेत भाँच्न नसकेको बताउनुभयो ।
नेता बानियाँले कांग्रेस अब कम्युनिष्टका उपल्ला नेताहरुले गरेको चरम भष्ट्राचार, बलमिच्याईको भण्डाफोर गर्दै जागरण अभियान लिएर गाउँरगाउँ हिडिरहेको बताउनुभयो ।
कांग्रेस २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटाको सभाध्यक्षता तथा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह के.सी.को प्रमुख आतिथ्यतामा जागरण अभियान कार्यक्रम भएको हो ।
नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय समिति र थाहा नगर समितिको संयुक्त आयोजनामा थाहा नगरको पालुङमा भएको राष्ट्रिय जागरण अभियान कार्यक्रममा नेकपा, राप्रपालगायत पार्टी परित्याँग गरि ३४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठले स्वागत एवं कार्यप्रगति विवरण प्रस्तुत गर्नुभएको जागरण अभियानमा जिल्लाका पदाधिकारी तथा सदस्यहरु, पूर्व जिल्ला सभापतिहरु, सल्लाहकारहरु, हेटौंडा उपमहानगर, थाहा नगरका पदाधिकारी एवं सदस्यहरु, क्षेत्रीय तथा गाउँपालिकाहरुका पदाधिकारी, सदस्यहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एवं पदाधिकारी, सदस्यहरु तथा क्रियाशिल सदस्यहरुको उपस्थिति रहेको थियोे ।
 

60675488_594927494354405_-1558415060.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg