himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

कम्युनिष्ट पार्टीका संस्थापक कर्मचार्यको आज सातौं स्मृती दिवस

nar-bahadur-karmacharya-1595566914.jpg

कम्युनिष्ट पार्टीका संस्थापक मध्येका एक नर बहादुर कर्मचार्यको आज सातौं स्मृती दिवस विविध कार्यक्रम गरेर मनाईदै छ । स्व.नरबहादुर कर्माचार्य बि.सं २००५ सालदेखि प्रजातन्त्र संघमा संलग्न भएर राणा विरोधी आन्दोलन र मजदुर आन्दोलनमा सक्रिय थिए । त्यही क्रममा उनी जेल पर्नुका साथै निर्वासनमा समेत जानुपरेको थियो । उनले त्यतिबेला राष्ट्रिय कांग्रेसका नेताहरूलाई मिलाउन महत्वपूर्ण भुमिका खेलेका थिए । राष्ट्रिय कांग्रेसबाट देश र जनताको पक्षमा केही नहुने रहेछ भन्ने निष्कर्षमा पुगेर अर्को क्रान्तिकारी पार्टी निर्माणमा लागेका कर्माचार्य चिनियाँ जनक्रान्ति र भारतको तेलङ्गाना किसान विद्रोहबाट प्रेरित थिए । 
२००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने तीन हस्तीमध्ये नरबहादुर कर्माचार्य पनि एक थिए । पुष्पलाल श्रेष्ठको नेतृत्वमा नारायणविलास जोशी र निरञ्जन गोविन्द वैद्य र कर्माचार्य मिलेर भारतको कलकत्तामा अवस्थित बडाबजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । कम्युनिष्ट पार्टीको गठन पश्चात उनी मजदुर सङ्गठनका पनि संस्थापक अध्यक्ष थिए । उहाँ पार्टीले सञ्चालन गरेका विभिन्न राजनीतिक आन्दोलनहरूमा सक्रियतापूर्वक लाग्दै २०१६ सालमा तत्कालिन ललितपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनी बि.सं. २०१९ सालमा तेस्रो महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भए। त्यसपछि पार्टी फुट र विभाजनको श्रृंखला सुरु भएपछि उनी लगायत केही साथीहरू स्वतन्त्र भएर कम्युनिष्ट आन्दोलनमा सक्रिय हुनथाले । उनले विभाजित समूहहरूलाई एकीकृत बनाउन निरन्तर पहल र प्रयत्न गरे ।

यही क्रममा चौथो महाधिवेशनमा एकताबद्ध भएर केन्द्रीय सदस्य पनि भए । नेकपा एकता केन्द्र निर्माण हुँदा उनी एकता केन्द्र तदर्थ समितिको अध्यक्ष समेत भए । जीवनको अन्तिम समयमा एकीकृत नेकपा माओवादीको संरक्षक भएका कर्माचार्य जीवनको अन्तिम क्षणसम्म पनि सक्रिय भैरहे। उनी जीवनभर अविवाहित रहे । स्व. कर्मचार्यको जन्म विक्रम सम्बत १९८१ साल कात्तिक १४ गते भाइटीकाका दिन बुबा चन्द्रबहादुर कर्माचार्य र आमा श्रीकुमारी कर्माचार्यको कोखबाट भएको थियो । उनी ललितपुर जिल्लाको झपाटोलमा जन्मिएका हुन ।
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg