pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

कक्षा ११ को परीक्षाफल सार्वजनिक, ग्रेडवृद्धि परीक्षा कात्तिक ३० गते 

shixa-1569306727.png


राष्ट्रिय परीक्षा बोर्डले ११ कक्षाका परीक्षाफल आज (मंगलबार) सार्वजनिक गरेको छ । गत बैशाख २९ देखि जेठ १४ गतेसम्म संचालित परीक्षामा सहभागी ५ लाख ९ हजार ५२ जना मध्ये जम्मा ३ लाख ४९ हजार ६ सय ३ जना उत्तिर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
उत्तिर्ण हुनेभध्ये जीपीए ३ दशमलव ६१ देखि माथि ल्याउने २ हजार ३ सय १९ जना, जीपीए ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म ल्याउने १३ हजार ७ सय ७२ जना, जीपीए २ दशमलव ८१ देखि ३ दशमलव २० सम्म ल्याउने ३२ हजार २ सय ५३ जना  र जीपीए २ दशमलव ४१ देखि २ दशमलव ८० सम्म ल्याउने ५४ हजार ८ सय १६ जना रहेको बोर्डले जनाएको छ । 

त्यस्तै जीपीए २ दशमलव ०१ देखि २ दशमलव ४० सम्म ८४ हजार २ सय ३९ जनाले, जीपीए १ दशमलव ६१ देखि २ सम्म ८९ हजार ६ सय ५० जना, जीपीए १ दशमलव २१ देखि १ दशमलव ६० ल्याउने ४३ हजार ३७ जनाले तथा जीपीए ० दशमलव ८१ देखि १ दशमलव २० सम्म ८ हजार १ सय ७१ जनाले र ० दशमलव ८० सम्म २१ हजार ३ सय ४६ जनाले ल्याएको पनि बोर्डले जानकारी दिएको छ । 

३१ जनाको परीक्षा रद्द गरिएको छ । यस्तै, आंशिकको ग्रेड बृद्धितर्फको परीक्षामा सहभागि मध्ये ७  हजार १ सय ३२ जना परीक्षार्थी उत्तिर्ण भएको पनि बोर्डले जनाएको छ ।

परीक्षाफल  हेर्नका लागि    www.neb.gov.np, www.neb.ntc.net.np, www.edusanjal.com  मार्फत् पनि हेर्न सकिने बार्डले जनाएको छ । मोबाइलबाट १६००  मा एसएमएस  गरेर पनि बुझ्न सकिन्छ । एसएमएसका लागि मोबाइलमा ल्भ्द्य टाइप गरी एक स्पेश दिएर सिम्बोल नम्बर टाइप गरि १६०० मा एसएमएस गर्नुपर्ने बोर्डले जनाएको छ । यस्तै, नेपाल टेलिकमको १६०१ मा डायल गरेर प्राप्त निर्देशन अनुसार नतिजा प्राप्त गर्न सकिने बोर्डले जनाएको छ ।

ग्रेडवृद्धि परीक्षाको तालिका पनि सार्वजनिक गरेको छ । जसअनुसार ग्रेडबृद्धिको परीक्षा कात्तिक ३० र मंशिर १ गते हुनेछ । बोर्डका अनुसार एक विषय मात्र अनुत्तिर्ण भएका विद्यार्थीले जुनसुकै विषय भएपनि कात्तिक ३० गते परीक्षा दिनुपर्नेछ भने २ विषय लागेकाले पहिलो दिन ठुलो कोड भएको विषय र दोश्रो दिन सानो कोड भएको विषयको परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ । ग्रेडबृद्धिका लागि असोज २८ गते भित्रमा राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरमा फाराम भर्नुपर्ने पनि बोर्डले जनाएको छ ।
 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg