Friday, 17 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

शिक्षा

एसइई दिएर बसेका विद्यार्थीलाई थाहा नगरको करियर काउन्सिलिङ

FB_IMG_1717856672784-1717856694.jpg

माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई थाहा नगरपालिकाले ‘करियर काउन्सिलिङ’ गरेको छ ।
थाहा नगरपालिकाको महिला,बालबालिका,जेष्ठ नागरिक तथा अपांग परिचयपत्र शाखा द्वारा आयोजित नगरपालिका भित्रका एस ई ई दिएर बसेका बिद्यार्थी,शिक्षक ,अभिभावकलाई दिएको करियर काउन्सिलिङ र आर्ट अफ प्यारेन्टिङ कार्यक्रम २६ जेष्ठमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै थाहा नगरपालिका प्रमुख बिष्णु बिष्टले  विद्यार्थीहरुलाई अहिलेदेखि नै मेहनत गरे जीवनमा सक्षम र सफल हुन सकिने भन्दै आफूलाई चिन्न आग्रह गरे। बिष्टले पारिवारिक दबाब भन्दा पनि आफ्नो क्षमता र आफ्नो इच्छाअनुसारको विषय छनोट गर्न आग्रह गरेका थिए।
कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले शिक्षक र अभिभावकबीचको सहकार्य र समन्वयले नै विद्यार्थीलाई सधैं ऊर्जावान् र सक्रिय बनाउने बिचार राख्दै विद्यालयका लागि अभिभावकको भूमिका अतुलनीय हुने कुरामा जोड दिए। 
दुई दिन संचालित कार्यक्रममा पहिलो दिन एस ई ई दिएर बसेका थाहाका १६ वटा संस्थागत तथा सामुदायिक विद्यालयका २ सय विद्यार्थीलाई मोटिभेसनल स्पिकर अनिता बलले संसारमा हरेक मानिसमा भिन्दाभिन्दै प्रतिभा हुने भन्दै उनीहरुले आफू भित्रको प्रतिभा चिन्न सके जीवनमा सहजै सफल हुन सक्ने भन्दै एसइईपछिको शैक्षिक भविष्यकोबारे गम्भीर हुनको लागि प्रेरणा दिइएको थियो।
कार्यक्रममा थाहा जीवन योग प्रयोगशालाका योग गुरु
देवेन्द्र रुपाखेतीले विद्यार्थी हरुलाइ योग र ध्यान बाट काउन्सिलिङ गरेका थिए।
कार्यक्रमको दोस्रो दिन विद्यालय व्यवस्थापन समितिका सदस्य तथा शिक्षक अभिभावक संघका पदाधिकारी र अभिभावक हरुको निम्ति आर्ट अफ प्यारेन्टिङ कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रममा अविभावकले बच्चाहरुलाई घर घरमा असल संस्कारका कुराहरु गरिदिने, असल चरित्र, अनुशासन, मान सम्मान, आदर तथा सकारात्मक भाईब्रेसन आउने कुराहरु गर्न जरुरी रहेको यसका लागि विद्यालय, शिक्षकको मेहनतका साथ अविभावकको सकारात्मक भूमिकाको बारेमा काउन्सिलिङ गरिएको महिला,बालबालिका शाखाकी शाखा प्रमुख प्रतिमा मोक्तानले जानकारी दिनुभयो।
महिला तथा बालबालिका समिती संयोजक अनिता बलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता तथा उपप्रमुख भरत गोपालीको बिशिष्ट आतिथ्यता रहेको थियो कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरी,शिक्षा शाखा प्रमुख माधव बिक्रम मल्ल,शिक्षक महासंघ थाहाका अध्यक्ष राजाराम कार्की,प्याव्सन थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान,ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्याम थापा मगर लगायत शिक्षक,विद्यार्थी हरुको उपस्थिति रहेको थियो।

 

FB_IMG_1717856575111-1717856694.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

मकवानपुरमा एसइई परीक्षा:- ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775138735.jpg

आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा...

थाहामा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने
FB_IMG_1775054864856-1775054875.jpg

थाहा नगरपालिका क्षेत्रमा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। हिमाली डाफे युवा क्लब,...

khane-1774766593.png