pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

एमाले मकवानपुर अध्यक्षमा लम्साल

भदौ २६/नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुर  पुरानै संरचना अर्थात २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको छ। शनिवार हेटौंडामा तत्कालिन एमाले मकवानपुरका जिल्ला उपाध्यक्ष बद्री प्रसाद लम्सालको अध्यक्षतामा जिल्ला कमिटी बैठक बस्दै पुरानै संरचनामा फर्किएको हो । 

बैठकले  बद्री प्रसाद लम्सालको अध्यक्षतामा ३ सय २९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटि चयन गरेको छ । कमिटिको  उपाध्यक्षमा गोपाल श्रेष्ठ, सचिबमा एकालाल श्रेष्ठ, उपसचिबमा लालबहादुर थापा चयन भएका छन् ।

२०७५ जेठ २ अघिको एमाले मकवानपुरको अध्यक्ष मुनु सिग्देलले पार्टी विभाजनपछि नेकपा एकिकृत समाजवादीमा सनाखत गरेपछि पुरोनो संरचना अनुसार तत्कालिन मकवानपुर जिल्ला उपाध्यक्ष लम्सालको अध्यक्षतामा शनिबार नै बैठक बसेको हो ।

बैठक एमाले पोलिट्व्युरो सदस्य एवं बागमती प्रदेश सह-इन्चार्ज काशीनाथ अधिकारीको प्रमुख आतिथ्यतामा बसेको थियो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एबम बागमती प्रदेश सह-इन्चार्ज डोरमणि पौडेल, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामेश्वर राना, सांसदहरु कृष्ण दाहाल, रामचन्द्र राई, एमाले बागमती सङ्गठन प्रमुख अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाल, बागमति प्रदेश सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ लगाएतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg