Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

एमाले थाहा नगरले तीन महिने अभियान संचालन गर्ने

FB_IMG_1737217757007-1737217772.jpg

हालै बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको निर्णय कार्यान्वयन गर्दै थाहा नगर कमिटीले तीन महिने अभियान सुरु गरेको छ।

माघदेखि चैत्रसम्मका लागि तोकिएको कार्यक्रम अनुसार माघ ५ गते नगर कमिटीको पूर्ण बैठकले तीन महिने अभियान सुरु गरेको हो ।

नगर कमिटी अध्यक्ष सुरेन्द्रमान प्रधानको अध्यक्षतामा भएको बैठकमा एमाले केन्द्रीय सदस्य एवम् मकवानपुर ईञ्चार्ज रामेश्वर रानाले जनताको घरघरमा पुगेर समस्या बुझ्न आग्रह गर्नुभयो । २०८४ मा तीनै तहमा एमालेलाई पहिलो शक्ति बनाउने लक्ष्यका साथ काम गर्न निर्देशन दिनुभयो ।

जिल्ला कमिटी उपसचिव फुर्वा दोर्जे लामा, जिल्ला कमिटी सदस्यहरु शशीधर सुवेदी, बिमल कुमार ढकाल, हरि गोपाली, डम्बर लामा, सुनिता दोङ, हरि मगर, पूर्व प्रदेश कमिटी सदस्य श्यामभक्त श्रेष्ठ, पूर्व नगर कमिटी उपसचिव उत्तम लामिछाने, जिल्ला जेष्ठ नागरिक मञ्च सदस्य प्रेम बहादुर आले मगर, पूर्व नगर कमिटी सदस्यहरु गुप्त बहादुर कार्कीलगायतको आतिथ्यता रहेको बैठकले विभिन्न ८ वटा प्रस्तावहरुमा निर्णय गरेको छ ।

बैठकले ३ महिने अभियानअन्तर्गत टोल तहसम्म कार्यक्रम लैजान माघ १३ गतेसम्म वडा कमिटीहरुको बैठक सम्पन्न गरिसक्ने निर्णय गरेको छ । वडा नं.  २  र ३ को माघ ८ गते, वडा नं. ४ र ५ को माघ ९ गते, वडा नं. ६ र ७ को माघ १० गते, वडा नं. ८ र १० को माघ ११ गते, वडा नं. ११ र १२ को माघ १२ गते र वडा नं. १ र ९ को माघ १३ गते बैठक आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकले विभिन्न जनसंगठनहरुको ईञ्चार्ज तोकेको छ । अनेमसंघको ईञ्चार्जमा रामदेवी गोपाली, राष्ट्रिय युवा संघमा सुजन गोले, नेपाल खेलकुद महासंघमा कृष्ण बलामी, नेपाल उत्पीडित जातीय मुक्ती समाजमा रमेश नेपाली, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनमा केदार विष्ट, भूमि अधिकार तथा श्रमिक संगठन, नेपालमा सुनिल खत्री, रिटर्नी फेडेरेसन नेपालमा विक्रम श्रेष्ठ र पवित्र गोपालीलाई अनेरास्ववियुको ईञ्चार्जको जिम्मेवारी तोकेको छ । यस अघि लक्ष्मण बर्तौलालाई अखिल नेपाल किसान महासंघको ईञ्चार्ज तोकिसकेको छ ।

नगर कमिटी बैठकले जनसंगठन समन्वय संयन्त्र थाहा नगरको संयोजकमा उपसचिव शान्ता रिमाललाई तोकेको छ । संयन्त्रको बैठक माघ १६ गतेलाई तोकेको छ ।

बैठकले पार्टी सदस्यता नवीकरण फागुन तेस्रो सातासम्म गरिसक्ने र प्रत्येक सदस्यबाट जनही एक सय रुपियाँका दरले पार्टी केन्द्रीय कार्यालय भवन निर्माण बापत सहयोग उठाउने निर्णय गरेको छ ।

आजैको बैठकले माघ २३ गते पालिका दलको बैठक राख्ने निर्णय गरेको छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg