pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

एमाले थाहा नगरले तीन महिने अभियान संचालन गर्ने

FB_IMG_1737217757007-1737217772.jpg

हालै बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको निर्णय कार्यान्वयन गर्दै थाहा नगर कमिटीले तीन महिने अभियान सुरु गरेको छ।

माघदेखि चैत्रसम्मका लागि तोकिएको कार्यक्रम अनुसार माघ ५ गते नगर कमिटीको पूर्ण बैठकले तीन महिने अभियान सुरु गरेको हो ।

नगर कमिटी अध्यक्ष सुरेन्द्रमान प्रधानको अध्यक्षतामा भएको बैठकमा एमाले केन्द्रीय सदस्य एवम् मकवानपुर ईञ्चार्ज रामेश्वर रानाले जनताको घरघरमा पुगेर समस्या बुझ्न आग्रह गर्नुभयो । २०८४ मा तीनै तहमा एमालेलाई पहिलो शक्ति बनाउने लक्ष्यका साथ काम गर्न निर्देशन दिनुभयो ।

जिल्ला कमिटी उपसचिव फुर्वा दोर्जे लामा, जिल्ला कमिटी सदस्यहरु शशीधर सुवेदी, बिमल कुमार ढकाल, हरि गोपाली, डम्बर लामा, सुनिता दोङ, हरि मगर, पूर्व प्रदेश कमिटी सदस्य श्यामभक्त श्रेष्ठ, पूर्व नगर कमिटी उपसचिव उत्तम लामिछाने, जिल्ला जेष्ठ नागरिक मञ्च सदस्य प्रेम बहादुर आले मगर, पूर्व नगर कमिटी सदस्यहरु गुप्त बहादुर कार्कीलगायतको आतिथ्यता रहेको बैठकले विभिन्न ८ वटा प्रस्तावहरुमा निर्णय गरेको छ ।

बैठकले ३ महिने अभियानअन्तर्गत टोल तहसम्म कार्यक्रम लैजान माघ १३ गतेसम्म वडा कमिटीहरुको बैठक सम्पन्न गरिसक्ने निर्णय गरेको छ । वडा नं.  २  र ३ को माघ ८ गते, वडा नं. ४ र ५ को माघ ९ गते, वडा नं. ६ र ७ को माघ १० गते, वडा नं. ८ र १० को माघ ११ गते, वडा नं. ११ र १२ को माघ १२ गते र वडा नं. १ र ९ को माघ १३ गते बैठक आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकले विभिन्न जनसंगठनहरुको ईञ्चार्ज तोकेको छ । अनेमसंघको ईञ्चार्जमा रामदेवी गोपाली, राष्ट्रिय युवा संघमा सुजन गोले, नेपाल खेलकुद महासंघमा कृष्ण बलामी, नेपाल उत्पीडित जातीय मुक्ती समाजमा रमेश नेपाली, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनमा केदार विष्ट, भूमि अधिकार तथा श्रमिक संगठन, नेपालमा सुनिल खत्री, रिटर्नी फेडेरेसन नेपालमा विक्रम श्रेष्ठ र पवित्र गोपालीलाई अनेरास्ववियुको ईञ्चार्जको जिम्मेवारी तोकेको छ । यस अघि लक्ष्मण बर्तौलालाई अखिल नेपाल किसान महासंघको ईञ्चार्ज तोकिसकेको छ ।

नगर कमिटी बैठकले जनसंगठन समन्वय संयन्त्र थाहा नगरको संयोजकमा उपसचिव शान्ता रिमाललाई तोकेको छ । संयन्त्रको बैठक माघ १६ गतेलाई तोकेको छ ।

बैठकले पार्टी सदस्यता नवीकरण फागुन तेस्रो सातासम्म गरिसक्ने र प्रत्येक सदस्यबाट जनही एक सय रुपियाँका दरले पार्टी केन्द्रीय कार्यालय भवन निर्माण बापत सहयोग उठाउने निर्णय गरेको छ ।

आजैको बैठकले माघ २३ गते पालिका दलको बैठक राख्ने निर्णय गरेको छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg