jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

एमालेभित्र गणतन्त्र सिध्याउन खोज्नेको जमात छ : पाख्रिन

२९भदौ/नेकपा (माओवादी केन्द्र) कैलाश गागपालिका ६ नम्बर वडा कमिटीको आयोजनामा वडा स्तरीय जबस भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ । 
६ नम्बर वडास्थित  मजुवामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार बिभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, दलित, गरिब, सुकुम्बासीहरुको मुक्ति र अधिकारको निम्ति लड्ने पार्टी माओबादी मात्र भएको बताए । 
‘एमालेसंगको एकता त्यस वर्गको अधिकारलाई संस्थगत गर्नको निमित्त थियो । तर एमाले मुख्य नेतृत्व कम्युनिस्ट होइन रहेछ’, उनले भने, ‘नेकपा एमालेसँगको एकता गलत थिएन । एमाले नेतृत्व गलत हुँदा एकता सफल भएन ।’ एमालेभित्र जनताको लोकतान्त्रिक गणतन्त्रलाई नै बदनाम गराएर सिध्याउन खोज्ने जमात रहेको दाबी गर्दै पाख्रिनले व्यक्तिलाई धुरी बनाउनेहरु, जयजयकार गर्नेहरु,आइ लभ यु बा भन्नेहरुको जामत कम्युनिष्ट नभएको बताए । त्यस्ता पात्रहरुबाट देश विकास र समृद्धि असम्भव रहेको उनको भनाई छ । 
समाजवाद उन्मुख संवैधानिक संघीय गणतान्त्रिक व्यवस्थालाई संस्थागत विकास र समृद्धि गराउन वडा र गाउँलाई माओवादीमय बनाउने अभियानमा लाग्न उनले नेता कार्यकर्ताहरुलाई आग्रह गरे । माओवादी बिचारबाट मात्रै वडा र गाउँ विकास र समृद्धि सम्भव रहेको पाख्रिनले बताए ।
भेलाले जीवन मोक्तान अध्यक्ष रहनेगरी २५ सदस्यीय वाइसीएल वडाा कमिटी गठन गरेको छ । कमिटिको उपाध्यक्षमा राम बहादुर पाख्रिन, सचिवमा गणेश घलान, सह–सचिवमा देविन्द्र थापा मगर, कोषाध्यक्षमा सुष्म रुछाल मगर, सदस्यहरुमा डम्बर बहादुर घले, सहादेव कार्की, प्रशान्त वाइबा लगायत रहेका छन् । 
वडा पार्टी कमिटी अध्यक्ष तुलराज दर्लामी मगरले सञ्चालन गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा (माओवादी केन्द्र) कैलाश गाउपालिका कमिटी इन्चार्ज बाल कुमार मल्ल, गाउँपालिका अध्यक्ष लालसिं गुरुङ, सदस्य बुद्धिराज गिरी, अमर घले, वाइसीएल गाउपालिका कमिटी अध्यक्ष मिलन तामाङ लगायतका आतिथ्यता रहेको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...