pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

आर्थिक पुनर्संरचनामार्फत समृद्ध मकवानपुर,२ बनाउने सन्तोष बिस्टको प्रतिबद्धता

FB_IMG_1769416857290-1769416872.jpg

हेटौंडा/ प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नं. २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्तोष बिस्टले उत्पादनमुखी अर्थतन्त्र र सामाजिक न्यायमा आधारित आर्थिक पुनर्संरचनालाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्।
‎उम्मेदवार बिस्टले देशको वर्तमान आर्थिक चुनौतीको समाधान उत्पादन वृद्धि,न्यायपूर्ण वितरण र स्थानीय अर्थतन्त्रको सशक्तीकरणबाट सम्भव हुने विश्वास व्यक्त गरेका छन्। उनले प्रगतिशील कर प्रणाली लागू गरी धनी,गरिबबीचको खाडल घटाउने, सामूहिक उत्पादनको प्रवर्द्धनमार्फत गरिबी उन्मूलन गर्ने प्रतिबद्धता जनाएका छन्।
‎उनको चुनावी घोषणापत्रअनुसार स्थानीय स्रोत, सीप र श्रमको अधिकतम प्रयोग गर्दै उत्पादनमुखी स्थानीय अर्थतन्त्र निर्माण गरिनेछ। साथै अनुसन्धान, नवप्रवर्तन र डिजिटल अर्थतन्त्रको विस्तार गरी युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने योजना अघि सारिएको छ।
‎उम्मेदवार बिस्टले वैदेशिक लगानी आकर्षणका लागि पारदर्शी नीति,स्थिर शासन र लगानीमैत्री वातावरण सुनिश्चित गर्ने बताउँदै अनुत्पादक क्षेत्रमा भइरहेको लगानीलाई उत्पादनशील क्षेत्रमा रूपान्तरण गर्ने नीति लिने बताएका छन्।
‎आर्थिक पुनर्संरचना बिना सामाजिक न्याय सम्भव छैन, भन्दै उनले जनताको हातमा सत्ता, जनताको पक्षमा नीति भन्ने मूल मन्त्रका साथ मकवानपुर,२ लाई समृद्धि र आत्मनिर्भरतातर्फ लैजाने दृढ संकल्प व्यक्त गरेका छन्।
‎प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनाव चिह्न ‘आँखा’ लिएर मैदानमा उत्रिएका उम्मेदवार सन्तोष बिस्टले सुशासन,आर्थिक न्याय र समावेशी विकासलाई व्यवहारमै उतार्ने दाबी गरेका छन्।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...