pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्छु:-लवशेर बिष्ट

InShot_20260131_121139747-1769840888.jpg

नेपाली कम्युनिस्ट पार्टी मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार लवशेर विष्टले आम जनताको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का कार्यकर्तासँगको आज अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एमाले–कांग्रेसको बहुमत सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेकै कारण देशमा जेन–जि विद्रोह भएको दाबी गरे।

विष्टले जेनजिको भावना नेपाली कम्युनिस्ट पार्टीले मात्र बोकेको उल्लेख गर्दै देशको समृद्धिको नेतृत्व पनि नेकपाले गर्ने बताए। उनले जनताको भरोसा र सहभागिताबाट मात्रै मुलुकको वास्तविक रूपान्तरण सम्भव हुने धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री कुमारी मोक्तानले देशब्यापी पाचकुने ताराको माहोल बढेको र मकवानपुरमा पहिलो पार्टी बन्ने दाबी गरे ।

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य किशोर बर्तौलाले जसको निति उसकै नेतृत्व हुनु आवश्यक रहेको बताए । हेटौंडा ११ लाई असली कम्युनिस्टको किल्ला बनाउन जरुरी रहेको उनले बताए ।

शहीद स्मारक नजिक रहेको थाहा भवनमा सम्पन्न कार्यक्रममा नेता सागर बानियाँले यो पटक मतदाताले तारा चुनाव चिह्नमा मतदान गर्न उत्सुक रहेको बताए । बानियाँले उम्मेदवार विष्टलाई जिताउन स्थानीयहरू स्वतस्फूर्त चुनावी प्रचारमा सक्रिय भएर लागिरहेको बताए ।

११ नम्बर पार्टी संयोजक रामकृष्ण बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नेताहरू  ललित घलान, वीरबहादुर घलान ‘ज्वाला’, विवेक राई, बालकुमार मल्ल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेकपाका प्रदेश सचिवालय सदस्य सागर बानियाँको संयोजकत्वमा १०१ सदस्यीय ११ नम्बर वडा स्तरीय प्रचारप्रशार समिति गठन गरिएको छ । समितिको सहसंयोजकहरूमा रामकृष्ण बस्नेत, शुक्र लामा, मधुकुमार थापा, देवनारायण चौलागाई रहेका छन् । उमेदवार विष्टले थाहा नगरपालिकाको मेयर हुँदा गरेको कामको समेत स्थानीय स्तरमा चर्चा हुने गरेको पाइएको छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg