jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

आजदेखि बागमती प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीले गर्दै

Rajendra-pandey-1635381695.png

 

आज (बिहीबार) देखि बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीले गर्ने भएको छ। 

यसअघि मुख्यमन्त्री रहेकी एमाले नेता अष्टलक्ष्मी शाक्यले हिजो बुधबार पदबाट राजीनामा दिएपछि एमालेबाटै फुटेर बनेको एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डे नयाँ मुख्यमन्त्री बन्ने भएका हुन्।

 

शाक्यको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शर्माले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम नयाँ सरकार गठन गर्न आज (कात्तिक ११) दिउँसो ३ बजेसम्मकाे समयसीमा राखेर मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान गरेका थिए।

त्यसबमाेजिम नेता पाण्डेले आफ्नो पार्टी नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी गरी चार दलीय चार दलीय गठबन्धनबाट बुधबारै प्रदेश प्रमुखसमक्ष आफ्नो बहुमत दाबी पेस गरिसकेका छन्। 

१०९ सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५५ सांसदको मत चाहिन्छ।

तर नेता पाण्डेले आफूलाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनाउन माग गर्दै माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ जना गरी प्रदेश प्रमुख शर्मासमक्ष ५९ जना प्रदेश सांसदको हस्ताक्षर पेस गरेका हुन्। 

यसअनुसार पाण्डेको नेतृत्वमा आजै नयाँ सरकार गठन हुने निश्चित छ।

मुख्यमन्त्री पाण्डेसँगै गठबन्धनका प्रत्येक दलबाट एक÷एक जनाले आज दिउँसो मन्त्री पदको शपथ खानेछन्। 

नेताहरूका अनुसार आज मुख्यममन्त्री पाण्डेसँगै नेपाली कांग्रेसबाट कृष्ण भडेल, माओवादी केन्द्रबाट कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीबाट कृष्ण खनालले मन्त्री पदको शपथ खाने तयारी छ। 

बाँकी मन्त्री नियुक्ति गर्दै मन्त्रिपरिषदलाई पूर्णता भने तिहारपछि दिने गठबन्धनको तयारी छ।

गत भदौ २ गते मुख्यमन्त्री पदमा नियुक्त शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन्। तर एमालेका १३ जना प्रदेश सांसदले माधव नेपालद्वारा नवगठित एकीकृत समाजवादी रोजेपछि उनी अल्पमतमा परेकी थिइन्।

हिजो बुधबार उनले विश्वासको मत लिने कार्यक्रम रहे पनि बहुमत नपुग्ने निश्चित भएपछि शाक्यले त्यसअघि नै राजीनामा दिएकी हुन्।  

किनकि बागमती प्रदेशसभामा अहिले एमालेका ४३ जना मात्र सांसद छन्। बहुमतका लागि कम्तीमा ५५ मत आवश्यक पर्छ। उता विपक्षी गठबन्धनतर्फ माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ जना सांसद छन्।

यस्तै ३ जना सांसद रहेको विवेकशील साझा पार्टीले यसअघि नै मुख्यमन्त्री शाक्यलाई मत नदिने बताइसकेको थियो भने २÷२ जना प्रदेश सांसद रहेका नेपाल किसान मजदुर पार्टी (नेमकिपा) र राप्रपाले कुनै प्रतिक्रिया दिएनन्। 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...