pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

आजदेखि बागमती प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीले गर्दै

Rajendra-pandey-1635381695.png

 

आज (बिहीबार) देखि बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीले गर्ने भएको छ। 

यसअघि मुख्यमन्त्री रहेकी एमाले नेता अष्टलक्ष्मी शाक्यले हिजो बुधबार पदबाट राजीनामा दिएपछि एमालेबाटै फुटेर बनेको एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डे नयाँ मुख्यमन्त्री बन्ने भएका हुन्।

 

शाक्यको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शर्माले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम नयाँ सरकार गठन गर्न आज (कात्तिक ११) दिउँसो ३ बजेसम्मकाे समयसीमा राखेर मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान गरेका थिए।

त्यसबमाेजिम नेता पाण्डेले आफ्नो पार्टी नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी गरी चार दलीय चार दलीय गठबन्धनबाट बुधबारै प्रदेश प्रमुखसमक्ष आफ्नो बहुमत दाबी पेस गरिसकेका छन्। 

१०९ सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५५ सांसदको मत चाहिन्छ।

तर नेता पाण्डेले आफूलाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनाउन माग गर्दै माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ जना गरी प्रदेश प्रमुख शर्मासमक्ष ५९ जना प्रदेश सांसदको हस्ताक्षर पेस गरेका हुन्। 

यसअनुसार पाण्डेको नेतृत्वमा आजै नयाँ सरकार गठन हुने निश्चित छ।

मुख्यमन्त्री पाण्डेसँगै गठबन्धनका प्रत्येक दलबाट एक÷एक जनाले आज दिउँसो मन्त्री पदको शपथ खानेछन्। 

नेताहरूका अनुसार आज मुख्यममन्त्री पाण्डेसँगै नेपाली कांग्रेसबाट कृष्ण भडेल, माओवादी केन्द्रबाट कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीबाट कृष्ण खनालले मन्त्री पदको शपथ खाने तयारी छ। 

बाँकी मन्त्री नियुक्ति गर्दै मन्त्रिपरिषदलाई पूर्णता भने तिहारपछि दिने गठबन्धनको तयारी छ।

गत भदौ २ गते मुख्यमन्त्री पदमा नियुक्त शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन्। तर एमालेका १३ जना प्रदेश सांसदले माधव नेपालद्वारा नवगठित एकीकृत समाजवादी रोजेपछि उनी अल्पमतमा परेकी थिइन्।

हिजो बुधबार उनले विश्वासको मत लिने कार्यक्रम रहे पनि बहुमत नपुग्ने निश्चित भएपछि शाक्यले त्यसअघि नै राजीनामा दिएकी हुन्।  

किनकि बागमती प्रदेशसभामा अहिले एमालेका ४३ जना मात्र सांसद छन्। बहुमतका लागि कम्तीमा ५५ मत आवश्यक पर्छ। उता विपक्षी गठबन्धनतर्फ माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ जना सांसद छन्।

यस्तै ३ जना सांसद रहेको विवेकशील साझा पार्टीले यसअघि नै मुख्यमन्त्री शाक्यलाई मत नदिने बताइसकेको थियो भने २÷२ जना प्रदेश सांसद रहेका नेपाल किसान मजदुर पार्टी (नेमकिपा) र राप्रपाले कुनै प्रतिक्रिया दिएनन्। 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg