Sunday, 05 May, 2024
राजनीति

अनेरास्ववियु (क्रान्तिकारी) थाहानगरको तेस्रो नगरसभा , सिन्तानको नेतृत्वमा १९ सदस्यिय समिति गठन

krantikari-1618728876.jpg

अनेरास्ववियु (क्रान्तिकारी ) थाहा नगरले तेस्रो नगर सभाले   सुसान्त सिन्तानको अध्यक्षतामा उन्नाइस (१९) सदस्यिय थाहा नगर समिति चयन गरेको छ ।

 

समितिको उपाध्यक्ष मा भुपेन्द्र गोपाली चयन भएका छन् भने सचिव–सुवाष थोकर, सह–सचिव मेनुका देउला, कोषध्यक्ष–ममता गोपाली चयन भएका छन् त्यस्तै सदस्यहरुमा निर्जना विडारी, विनिता गोपाली, अन्जना सिन्तान, मोनिका खत्री, शुभराज कालिराज, सनिता भट्ट, विराज रायमाझी, अजय लामा, सुजित प्रधान श्रेष्ठ , रेमिस प्रधान , सनुप श्रेष्ठ ,सुरज श्रेष्ठ ,अनिल तामाङ, विजय रुम्बा रहने छन् । थाहा नगर अध्यक्ष दिपेन्द्र दियालीको सभाध्यक्षतामा भएको अधिवेशनमा अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य तथा हे.उ.म.न.पा.पार्टी सचिवालय सदस्य प्रदीप अर्यालको प्रमूख आतिथ्यतामा सभा भएका हो । सभाको समुद्घाटन प्रमूख अतिथि अर्यालले सभाको माथिल्लो ओहोदामा राखिएको व्यानरमा स्वच्छ निष्पक्ष तथा असल नेतृत्वको अगुवाईका निम्ति सम्पूर्णलाई आह्वान सहितको हस्ताक्षर गरेर गरेका थिए ।  अधिवेशन सभामा थाहा नगरपालिका वडा नं, ३ का वडा अध्यक्ष राजेश केसिको विशिष्ट तथा अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय सदस्य दिनेश सुवेदी,  जिल्ला संयोजक आकाश पाख्रीन, सहसंयोजक श्रवण कुमार बर्तौला, प्रचार प्रसार विभाग प्रमूख मोहन चन्द्र चौलागाई, थाहा नगर सम्मेलन समिति प्रमूख मुकेश गोले, नेकपा (माओवादी केन्द्र) का ईन्द्रसरोवर ईन्चार्ज विनायक गोले,  वाईसियल प्रदेश सदस्य तथा थाहा–७ वडा सदस्य दिपेन्द्रकुमार थिङ, वाईसियल जिल्ला सदस्य तथा पर्यटन विभाग प्रमूख अरुण मोक्तान लगायतको आतिथ्यता रहेको थियो ।

सभालाई सम्वोदन गर्दै प्रमूख अतिथि अर्यालले पार्टीको महत्वपूर्ण संगठन अन्तर्गतको विद्यार्थी संगठनलाई अझ चलयमान गराउन र फरक ढंगबाट अबको राजनैतिक बाटो पहिल्याउनका लागि सदैव आफू तयार रहेको र थाहा नगर विद्यार्थी संगठनलाई आफूले जुनसुकै वेला जस्तो सुकै अवस्थामा सहयोगको लागि निरन्तर अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

त्यस्तै नवगठित संगठनले अवको भावी क्रियाकलाप विल्कुलै प्रभावकारी हुने र त्यस्ता प्रभावकारी योजनाहरुमा नेतृत्व तहलाई सदैव सकरात्मक हुनका निम्ति आह्वान गरेका छन् । 


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...