pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

 नेकपा माओवादी केन्द्र थाहा नगर कमिटिको दाेश्राे सम्मेलन सम्पन्न
थाहानगरमा माओवादीकेन्द्रको अध्यक्षमा रायमाझी

   नेकपा माओवादी केन्द्र थाहा नगरपालिका कमिटिको सम्मेलनले अरुण रायमाझीको अध्यक्षतामा ५७ सदस्यीय कार्य समिति चयन गरेको छ ।

   नेकपा माओवादी जिल्ला कार्य समिति सदस्य बलराम वलको प्रमूख आथित्यतामा भएको भेलामा थाहा नगरका मेयर लवेशर बिष्ट, एमाले जिल्ला सदस्य राजु नापित, नेपाली काँग्रेस थाहा नगर सभापती योगेन्द्रमान श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भेलामा माओवादी केन्द्र जिल्ला कार्यालय सदस्य बिष्णु बिष्ट ‘आर्दश’ को विशेष आतिथ्यता रहेको थियो । उद्घाटन समारोहमा बोल्दै प्रमूख अतिथी वलले व्यवस्था बदलिए पनि जनताको जिवन स्तर नवदलिएका कारण माओवादी केन्द्र जनताको जिवनस्तर बदल्न लागि पर्नु पर्नेमा जोड दिनु भयो । थाहा नगर रुपचन्द्र विष्टको आदर्श बोकेको स्थान भएकाले यस क्षेत्रमा माओवादी केन्द्र जनमुखी काम गरेर जनतामाझ लोकप्रिय बन्न पनि सुझाउनु भयो । देशले राजनितिक निकास पाई नयाँ सरकार गठनको प्रक्रियामा रहेकाले अव बन्ने सरकारले जनताका आधारभूत आवश्यक्ता र जनचाहाना पूरा गर्ने विश्वास पनि वलले व्यक्त गर्नु भयो ।  
वाम एकता पछि देशले नया“ मुहार फेर्ने र अब सरकारले जनताको जीवनस्तर उकास्ने खालका कार्यक्रम ल्याउने पनि बलले बताउनु भयो । भेलाबाट उपाध्यक्षमा विनोद लामा, लक्ष्मण बिष्ट, रामचन्द्र कार्की, दामोदर सुबेदी र हरिशरण नेपाल तथा सचिवमा विनायक गोले, कोषाध्यक्षमा इच्छापूर्ण कार्की र सह–सचिव सकुन्तला गोपाली सहित ५७ जनाको कार्यसमिति  चयन गरेको हो । 
    नेकपा माओवादी केन्द्रका रायमाझीको सभाध्यक्षतामा भएको उद्घाटन समारोह पछि शनिवारनै भएको बन्दसत्रमा सर्वसम्मत समिति चयन भएको हो । 

  ने.क.पा. माओवादी केन्द्रका थाहानगर कमिटीका अध्यक्ष अरुण रायमाझीले सर्वसहमतबाट नगर कमिटी बन्नु एकताको सन्देश भएको बताउनु भएको छ । पार्टीको थाहानगर कमिटीमा सर्वसम्त चुनिनु भएका रायमाझीले  नगर भेलाले सर्वसम्मत नगर कमिटी बनाएर एक भई अगाडी मढ्न म्यान्डेट दिएकाले सोही अनुसार अगाडी बढ्ने  बताउनु भयो । थाहानगरमा राजनितीक गतिबीधीलाई सक्रियताका साथ अगाडी बढाउन लागि पर्ने र पार्टीका सवै जनवर्गिय संगठनहरुलाई चुस्त र सक्रिय बनाई जनतामाझ राजनितिक गतिबिधी बढाउने पनि बताउनु भयो ।                                                                                                                          

— शम्भु अधिकारी

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg