Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

 नेकपा माओवादी केन्द्र थाहा नगर कमिटिको दाेश्राे सम्मेलन सम्पन्न
थाहानगरमा माओवादीकेन्द्रको अध्यक्षमा रायमाझी

   नेकपा माओवादी केन्द्र थाहा नगरपालिका कमिटिको सम्मेलनले अरुण रायमाझीको अध्यक्षतामा ५७ सदस्यीय कार्य समिति चयन गरेको छ ।

   नेकपा माओवादी जिल्ला कार्य समिति सदस्य बलराम वलको प्रमूख आथित्यतामा भएको भेलामा थाहा नगरका मेयर लवेशर बिष्ट, एमाले जिल्ला सदस्य राजु नापित, नेपाली काँग्रेस थाहा नगर सभापती योगेन्द्रमान श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भेलामा माओवादी केन्द्र जिल्ला कार्यालय सदस्य बिष्णु बिष्ट ‘आर्दश’ को विशेष आतिथ्यता रहेको थियो । उद्घाटन समारोहमा बोल्दै प्रमूख अतिथी वलले व्यवस्था बदलिए पनि जनताको जिवन स्तर नवदलिएका कारण माओवादी केन्द्र जनताको जिवनस्तर बदल्न लागि पर्नु पर्नेमा जोड दिनु भयो । थाहा नगर रुपचन्द्र विष्टको आदर्श बोकेको स्थान भएकाले यस क्षेत्रमा माओवादी केन्द्र जनमुखी काम गरेर जनतामाझ लोकप्रिय बन्न पनि सुझाउनु भयो । देशले राजनितिक निकास पाई नयाँ सरकार गठनको प्रक्रियामा रहेकाले अव बन्ने सरकारले जनताका आधारभूत आवश्यक्ता र जनचाहाना पूरा गर्ने विश्वास पनि वलले व्यक्त गर्नु भयो ।  
वाम एकता पछि देशले नया“ मुहार फेर्ने र अब सरकारले जनताको जीवनस्तर उकास्ने खालका कार्यक्रम ल्याउने पनि बलले बताउनु भयो । भेलाबाट उपाध्यक्षमा विनोद लामा, लक्ष्मण बिष्ट, रामचन्द्र कार्की, दामोदर सुबेदी र हरिशरण नेपाल तथा सचिवमा विनायक गोले, कोषाध्यक्षमा इच्छापूर्ण कार्की र सह–सचिव सकुन्तला गोपाली सहित ५७ जनाको कार्यसमिति  चयन गरेको हो । 
    नेकपा माओवादी केन्द्रका रायमाझीको सभाध्यक्षतामा भएको उद्घाटन समारोह पछि शनिवारनै भएको बन्दसत्रमा सर्वसम्मत समिति चयन भएको हो । 

  ने.क.पा. माओवादी केन्द्रका थाहानगर कमिटीका अध्यक्ष अरुण रायमाझीले सर्वसहमतबाट नगर कमिटी बन्नु एकताको सन्देश भएको बताउनु भएको छ । पार्टीको थाहानगर कमिटीमा सर्वसम्त चुनिनु भएका रायमाझीले  नगर भेलाले सर्वसम्मत नगर कमिटी बनाएर एक भई अगाडी मढ्न म्यान्डेट दिएकाले सोही अनुसार अगाडी बढ्ने  बताउनु भयो । थाहानगरमा राजनितीक गतिबीधीलाई सक्रियताका साथ अगाडी बढाउन लागि पर्ने र पार्टीका सवै जनवर्गिय संगठनहरुलाई चुस्त र सक्रिय बनाई जनतामाझ राजनितिक गतिबिधी बढाउने पनि बताउनु भयो ।                                                                                                                          

— शम्भु अधिकारी

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg