pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

‘लम्पी स्किन’ महामारीले मकवानपुरमा २७ वटा गाईवस्तु मरे

CamScanner-०४-१२-1681272440.jpg

फोटो,समाचार :नयाँ पत्रीका बाट,-नयाँ

पशुचौपायमा लाग्ने ‘लम्पी स्किन’ रोग मकवानपुरमा महमारीका रुपमा फैलिएको छ । यस रोगका कारण मंगलबारसम्म मकवानपुरमा २७ वटा गाईवस्तु मरेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका सूचना अधिकारी डा. आभास कोइरालाले मकवानपुरका ४ वटा पालिकाको विभिन्न स्थानमा यो रोग देखा परेको जानकारी दिए ।
सूचना अधिकारी कोइरालाका अनुसार मकवानपुरको कैलाश, मकवानपुर गढी, मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा किसानले पालेको गाईवस्तुमा यो रोग देखा परेको छ ।उनले रोगको बारेमा धेरै किसानलाई जानकारी नहुँदा वास्तविक विवरण आफुहरुसँग आइनसकेकाले अन्य पालिकामा पनि यो रोग फैलिएको हुनसक्ने बताए । 
सूचना अधिकारी कोइरालाले अहिलेसम्म मकवानपुरमा ८ सयको हाराहारीमा गाईवस्तुमा यो रोगको लक्षण देखा परिसकेको जनकारी दिए । नेपालमा दुई बर्षअघि देखिएको यो रोग लम्पी स्किन भाइरसबाट सर्ने सूचना अधिकारी कोइरालाले जानकारी दिए । उनले लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट यो रोग सजिलै रोगी पशुबाट निरोगी पशुमा सर्ने जानकारी दिए ।
रोग लागेपछि गाईवस्तुका घाँटी, पुच्छर लगायत शरीरका विभिन्न भागमा साना ठूला गिर्खाहरू देखिने, मुखबाट फिँज धेरै निकाल्ने, उच्च ज्वरो, कचेरा र सिंगान बग्ने जस्ता लक्षणहरु देखा पर्ने सूचना अधिकारी कोइरालाले जानकारी दिए ।
जिल्लाको मकवानपुर गढी गाउँपालिकामा लम्पी स्किनको प्रभाव सबैभन्दा बढी देखिएको छ । पालिकाको वडा नम्बर १, २, ३, ४, ५ र ६ मा किसानले पालेका गाईवस्तुमा लम्पी स्किन रोग देखा परेको उपचारमा संलग्न गाउँपालिकाका पशु प्राविधिक कर्ण बहादुर विकले जानकारी दिए । ‘पालिकाको प्रायः सबै वडामा लम्पी स्किन देखिएको छ । वडा नम्बर ३, ५ र ६ मा सबैभन्दा धेरै प्रभाव परेको छ । यहाँका हरेक घरमा पालिएका गाईवस्तुमा यो रोग लागेको छ‘ उनले भने ।
प्राविधिक विकका अनुसार मकवानपुर गढी गाउँपालिकामा मात्रै अहिलेसम्म १५ वटा गाईवस्तुको मृत्यु भइसकेको छ । यस्तै अहिलेपनि ६ सय भन्दा बढी गाईवस्तुको उपचार चलिरहेको उनले बताए । रोग नियन्त्रणमा ल्याउन कठिन भएपछि गाउँपालिकाले ५ जना पशुप्राविधिकलाई उपचारमा खटाएको विकको भनाई छ ।

यस्तै मकवानपुरको मनहरी गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा पनि लम्पी स्किन रोग देखा परेको छ । पालिकाको वडा नम्बर १ चकरी मकरीमा मात्रै मंगलबारसम्म १० वटा गाईवस्तुको मृत्यु भइसकेको पालिकाका पशुप्राविधिक गोपाल अधिकारीले जानकारी दिए । 
अधिकारीका अनुसार मनहरीमा अहिले ४० देखी ४५ वटा गाईवस्तु मात्रै यस रोगबाट बिरामी परेका छन् । रोगको लक्षण देखा पर्नासाथ उपचार थालेकाले रोग फैलिन नपाएको अधिकारीको भनाई छ । 

यता मकवानपुरको कैलाश गाउँपालिकामा अहिलेसम्म लम्पी स्किनका कारण २ वटा गाईवस्तुको मृत्यु भएको छ । कैलाश गाउँपालिकाको वडा नम्बर ३, ७ र ८ मा देखा परेको यस रोगका कारण अहिलेसम्म १५ वटा गाईवस्तु विरामी परेका छन् । 

पालिकाका पशु प्राविधिक सन्तोष कुमार थिङले भौगोलिक विकटताका कारण सबै ठाउँको अवस्था थाहा हुन नसकेको बताए । लम्पी स्किनबाट पालिकामा अझ धेरै गाईवस्तु विरामी परेको हुनसक्ने उनको भनाई छ

यसैगरी हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा पनि लम्पी स्किनका कारण किसानले पालेका गाईवस्तु विरामी परेका छन् । उपमहानगरपालिकाको वडा नम्बर ७, ११, १२, १६, १७ र १८ मा किसानले पालेका गाईवस्तुमा लम्पी स्किनको लक्षण देखिएको सहायक पशुविकास अधिकृत कृष्णप्रसाद भट्टराईले जानकारी दिए । 

उनले रोगको यकिन गर्न परीक्षणको काम चलिरहेको जानकारी दिए । अहिलेसम्म उपमहानगर क्षेत्रभित्र लम्पी स्किनका कारण कुनैपनी गाईवस्तुको मृत्यु नभएको उनको भनाई छ । अधिकृत भट्टराईले रोग नियन्त्रणका लागी उपमहानगरपालिकाको प्रभावित क्षेत्रमा कृतिम गर्भाधान र खोप कार्यक्रम बन्द गरिएको जानकारी दिए । 

उपमहानगर क्षेत्रभित्र अहिलेसम्म यस रोगका कारण गाईवस्तुको मृत्य भएको छैन । पशुप्राविधिकहरु गाईवस्तुको उपचारका क्रममा एक स्थानबाट अर्को स्थानमा जाँदा यो रोग सजिलै सर्नसक्ने भएकाले हामीले तत्काल प्रभावित क्षेत्रमा कृतिम गर्भाधान र खोप कार्यक्रम बन्द गराएका छौं ।’ उनले भने । 

रोग नियन्त्रणमा सहयोग पुर्‍याउनका लागी किसानहरुलाई आवश्यक परामर्श दिने, माइकिङ गर्ने, रोगको बारेमा जानकारी गराउने जस्ता काम गरिहेको अधिकृत भट्टराईले बताए ।

उनले रोगको नियन्त्रणका लागि प्रभावित क्षेत्रका गाई÷भैंसी खरिद बिक्री तथा ओसार पसार नगर्न, रोगी पशुलाई अलग राखी उपचारमा लाग्न, पशुलाई बाहिर चराउनका लागि नलैजान आग्रह गरिएको उनको भनाई छ । नयाँ पत्रीकामा पोस्टराज अधिकारीले खवर लेखेका छन।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...