pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

‘नलिखुट्टा भाँचिदा झाँक्रीको भर, जिन्दगीभरि अपाङ्गताको डर’
:- कुमार नेगी

santosh-biswokarma-basne-1596111176.jpg

मकवानपुरको थाहा नगरपालिका–९ रातोमाटेका सन्तोष विश्वकर्माको दाहिने नलीखुट्टामा समस्या आएको अहिले ८ महिना पूरा भयो । गत मंसिर ७ गते आफ्नै गोरुले कुल्चेर उनको नलीखुट्टामा समस्या भएको थियो । त्यस दिनदेखि उहाँ ओछ्यानबाट निस्किन सक्नु भएको छैन । ‘झाँक्रीलाई साँढे ३८ हजार दिइसकेँ, निको भएन’ गहभरि आँशु झार्दै उहाँले भन्नुभयो, ‘अब त अपाङ्ग नै हुने भएँ ।’


त्यसदिन सन्तोष गोठालो जानुभएको थियो । गोरु जुध्न थाले । जुध्दै गरेको गोरु छुटाउन तम्सिनुभयो । त्यहीबीच उहाँ गोरु जुधाइको चेपुवामा पर्नुभयो । घाइते भएर जसोतसो उहाँ आफ्नो घर त  पुग्नुभयो, तर त्यसपछि बाहिर निस्कन सक्नु भएन । 
‘सायद नलिखुट्टा भाँचिएको हुनुपर्छ, तर हामीसँग अस्पताल जाने पैसा थिएन । अहिलेसम्म डाक्टरलाई देखाएका पनि छैनौं ।’ छिमेकीहरुले उपचार गर्न लाखौं लाग्ने बताएपछि उहाँ झनै झस्किनुभएको थियो । 
त्यसपछि सन्तोषको श्रीमतीले झाँक्री बोलाइन् । झाँक्रीले रु. ४० हजारमा ठीक पार्छु भनेपछि ‘विस्तारै तिर्ने’ शर्तमा सहमति भयो । झाँक्रीको भर परेको ८ महिना वित्यो, तर निको भएन । उहाँको नलीखुट्टा सुक्दै गएको छ । 
झाँक्रीको भरमा पर्दा निको नभएपछि उहाँलाई छिमेकीले विजुलीको तेलले मालिस गरे ठीक हन्छ भनेर सल्लाह दिएछन् । ‘मैले त्यो पनि गरेँ, खुट्टा झन सुक्दै गयो । अब हाम्रो विचल्ली हुने भयो,’ सन्तोषले भन्नु भयो ।
सन्तोष अहिले २२ वर्षको हुुनुभयो । उहाँको २० वर्षीया श्रीमती गर्भवति छिन् । परिवारमा कमाउने कोही छैनन् । बिहानबेलुका खान धौधौ छ । खुट्टा ठीक भएर हिँड्न सके त तैतै दुखजिलो गरेर बाँच्न सकिने उहाँको भनाइ छ । 
नलीखुट्टा भाँचिदा अस्पताल जानु पर्छ भन्ने थाहा भए पनि गरिवीले छेक्यो । झाँक्रीको भर पर्दा अपाङ्गताको अवस्थामा पुग्न बाध्य हुनुप¥यो । सन्तोषको परिवारमा अहिले पीडैपीडा छ । ‘अझ दुःख त कसैले सहयोग नगर्दा लागेको छ, वडाले सम्म हेरेन,’ उहाँको दुखेसो छ । 
यो पीडाको खबर अलि टाढासम्म पु¥याइदिए सहयोग गर्न कोही मनकारी टुप्लुक्क आइहाल्छन् कि भनेर उहाँ बाटो हेरिरहनु भएको छ । 


 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...