Monday, 20 May, 2024
अपडेट

६१ औ‌ं राष्ट्रिय सहकारी दिबस मनार्इयो

-शम्भु अधिकारी

दिगो बिकास लक्ष प्राप्तिकालागि सहकारी भन्ने मुल नाराका साथ आज थाहा नगरमा पनि ६१ औ रास्टृिय सहकारी दिबस मनार्इयो । पालुङ बहुउद्देश्यीय सहकारी सस्थाको आयोजनामा आफ्नै सभाहलमा गरेको कार्यक्रम थाहा नगर प्रमुख लबशेर बिस्टले उद्घाटन गर्नुभयो । प्रमुख अतिथी बिस्टले सहकारी दिबसको उपलक्ष्यमा शुभ कामना दिनु हुँदै मुलुकको समृद्धि र दिगो बिकासको निम्ति सहकारी महत्त्वपूर्ण क्षेत्र रहेको औल्याउनुभयो । वहाँले थाहाका सहकारीहरु किसान र कृषिको उन्नतिमा आफ्नो पुजी परिचालन गर्नुपर्नेमा जोड्दिदै थाहामा बन्न लागेको शीत भण्डारको निम्ति थाहाका सहकारी हरुको ४० प्रतिसत लगानी रहने बताउदै, सहकारी सहकारी मिलेर सितभण्डार सहकारी स्थापना गर्नुपर्ने बताउनु भयो। त्यसैगरी विशिष्ट अतिथी तथा थाहा नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले नगरपालिका आफैले मनाउनु पर्ने दिबस सहकारीले मनार्इ दिएर गुण लगाएको बताउदै देशको कुल अर्थतन्त्रको १८ प्रतिसत हिस्सा ओगटेको सहकारी सस्था कहि कहि लगानी र बचतको अमिल्दो कारणले केही सहकारी बिग्रिएको बताउनु भयो । अब बन्ने नगर सहकारी एेनले विशिष्टिकृत सहकारी खोल्न बाटो खुल्ला गरेकाले अब अन्तर सहकारी लगानिलार्इ प्रोत्साहन गर्नुपर्ने बताउनु भयो साथै नगरले सहकारी कार्यक्रमका लागि विशेष बजेटको ब्यबस्था गर्ने बताउदै सहकारी दिबसको शुभकामना दिनु भयो ।

त्यसै गरि अर्का अतिथि केन्द्रिय सहकारी सघ‌का सदस्य महेश्वर सुवेदीले सरकारको ३ खम्बे अर्थनीति अन्तर्गत सहकारी पनि एक खम्बा भएको बताउदै झोले सहकारी र राज्यको अनुदान रकम लिएर सहकारी चलाउने परिपाटी विकसित भएकोले एस्ता सहकारी लाई नियन्त्रण गर्न एेन परिमार्जन गर्न लागेको बताउनु भयो । अब सहकारीले ऋण र बचत होइन सदस्यहरुको आर्थिक स्थिति सुधार्न विभिन्न खाले रोजगार र आयमुलक उधाेग स्थापना गर्नु पर्नेमा जोड दिनु भयो ।

सस्थाका अध्यक्ष बिमल कुमार ढकालको सभापतित्वमा भएको कार्यक्रममा नापी कार्यालय शिखरकोटका प्रमुख त्रिलोचन निरौला , मालपोत प्रमुख मोहन प्रसाद दाहाल , श्री गौतम सहकारीका अध्यक्ष उर्मिला भट्ट , ग्रामीण पर्यटन सहकारीका निरन्जन अधिकारी, कुण्डलदेबी बहुउद्देश्यीय सहकारिका अध्यक्ष सिबकुमार खत्री , थाहा २ का वडा अध्यक्ष गुप्त कार्कि , थाहा स्वास्थ सहकारीका अध्यक्ष हरिकृष्ण कार्की , पालुङ बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष सानोभाइ कार्की , लगाएत थाहा नगरमा रहेका कृषि , महिला सहकारी सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...