Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

६१ औ‌ं राष्ट्रिय सहकारी दिबस मनार्इयो

-शम्भु अधिकारी

दिगो बिकास लक्ष प्राप्तिकालागि सहकारी भन्ने मुल नाराका साथ आज थाहा नगरमा पनि ६१ औ रास्टृिय सहकारी दिबस मनार्इयो । पालुङ बहुउद्देश्यीय सहकारी सस्थाको आयोजनामा आफ्नै सभाहलमा गरेको कार्यक्रम थाहा नगर प्रमुख लबशेर बिस्टले उद्घाटन गर्नुभयो । प्रमुख अतिथी बिस्टले सहकारी दिबसको उपलक्ष्यमा शुभ कामना दिनु हुँदै मुलुकको समृद्धि र दिगो बिकासको निम्ति सहकारी महत्त्वपूर्ण क्षेत्र रहेको औल्याउनुभयो । वहाँले थाहाका सहकारीहरु किसान र कृषिको उन्नतिमा आफ्नो पुजी परिचालन गर्नुपर्नेमा जोड्दिदै थाहामा बन्न लागेको शीत भण्डारको निम्ति थाहाका सहकारी हरुको ४० प्रतिसत लगानी रहने बताउदै, सहकारी सहकारी मिलेर सितभण्डार सहकारी स्थापना गर्नुपर्ने बताउनु भयो। त्यसैगरी विशिष्ट अतिथी तथा थाहा नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले नगरपालिका आफैले मनाउनु पर्ने दिबस सहकारीले मनार्इ दिएर गुण लगाएको बताउदै देशको कुल अर्थतन्त्रको १८ प्रतिसत हिस्सा ओगटेको सहकारी सस्था कहि कहि लगानी र बचतको अमिल्दो कारणले केही सहकारी बिग्रिएको बताउनु भयो । अब बन्ने नगर सहकारी एेनले विशिष्टिकृत सहकारी खोल्न बाटो खुल्ला गरेकाले अब अन्तर सहकारी लगानिलार्इ प्रोत्साहन गर्नुपर्ने बताउनु भयो साथै नगरले सहकारी कार्यक्रमका लागि विशेष बजेटको ब्यबस्था गर्ने बताउदै सहकारी दिबसको शुभकामना दिनु भयो ।

त्यसै गरि अर्का अतिथि केन्द्रिय सहकारी सघ‌का सदस्य महेश्वर सुवेदीले सरकारको ३ खम्बे अर्थनीति अन्तर्गत सहकारी पनि एक खम्बा भएको बताउदै झोले सहकारी र राज्यको अनुदान रकम लिएर सहकारी चलाउने परिपाटी विकसित भएकोले एस्ता सहकारी लाई नियन्त्रण गर्न एेन परिमार्जन गर्न लागेको बताउनु भयो । अब सहकारीले ऋण र बचत होइन सदस्यहरुको आर्थिक स्थिति सुधार्न विभिन्न खाले रोजगार र आयमुलक उधाेग स्थापना गर्नु पर्नेमा जोड दिनु भयो ।

सस्थाका अध्यक्ष बिमल कुमार ढकालको सभापतित्वमा भएको कार्यक्रममा नापी कार्यालय शिखरकोटका प्रमुख त्रिलोचन निरौला , मालपोत प्रमुख मोहन प्रसाद दाहाल , श्री गौतम सहकारीका अध्यक्ष उर्मिला भट्ट , ग्रामीण पर्यटन सहकारीका निरन्जन अधिकारी, कुण्डलदेबी बहुउद्देश्यीय सहकारिका अध्यक्ष सिबकुमार खत्री , थाहा २ का वडा अध्यक्ष गुप्त कार्कि , थाहा स्वास्थ सहकारीका अध्यक्ष हरिकृष्ण कार्की , पालुङ बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष सानोभाइ कार्की , लगाएत थाहा नगरमा रहेका कृषि , महिला सहकारी सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...