Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

२९ औं जनयुद्ध दिवस सहिद पाख्रिनको सालिकमा माल्यार्पण

1707832629667-1707832800.jpg

हेटौंडा÷नेकपा माओवादी केन्द्र मकवानपुरगढी गाउ“ कमिटीले ‘जनयुद्ध’ को २९ औं वार्षिकोत्सव मनाएको छ । मंगलबार   गाउ“पालिका वडा नम्बर–४ रुद्र स्मृति पार्कमा रहेको जनयुद्धका सहिद रुद्र पाख्रिनको सालिकमा माल्यार्पण गरिएको हो ।

नेकपा माओवादी केन्द्र वागमती प्रदेश उपाध्यक्ष तथा वागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश उपाध्यक्ष तथा प्रदेशसभा सदस्य छिन्तुले नागरिकको अधिकार, मुक्ति, स्वतन्त्रता र पहिचानका लागि जनयुद्ध थालिएको स्मरण गर्दै जसले जनयुद्ध गरे ती सबैको साझा दिवस जनयुद्ध दिवस भएको बताए ।

जनयुद्ध दिवसलाई सामन्तबाहेक सबैलाई राष्ट्रिय उत्सव र गौरवका दिनका रुपमा मनाउन अपिल गरे । पहिचान पनि सबैलाई ठीक हुने, अधिकार पनि सबैलाई ठीक हुने, जनयुद्धको जगबाट उठेर आएको संघीय लोकतान्त्रिक गणतन्त्र पनि सबैलाई मान्य हुने तर दिवस चाहीं नमनाउनु न्यायोचित नभएको उनले बताए ।

‘जसका कारण हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा उपस्थित भइरहेका छौं । यो पनि एउटा लडाईं हो । हामी निरन्तर लडिराखौं, सत्यको जित हुन्छ भन्ने कुरासाथ आआफ्नो ठाउ“बाट आवाज उठाऔं,’ उनले आग्रह गरे । गणतन्त्रबादीहरुलाई एकै ठाउ“मा राखेर अगाडि बढ्ने गरी पार्टीले विधान अधिवेशन गरिरहेको भन्दै उपाध्यक्ष छिन्तुले गणतन्त्रबादीहरुलाई एक हुन नदिने, सरकारले गरेको काममा षडयन्त्र भइरहेको भन्दै त्यसलाइ चिर्दै सत्यको पक्षमा सबै लाग्नुपर्ने बताए ।

उनले जनयुद्धमा योगदान दिने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गरे । जनयुद्ध दिवसको सन्दर्भमा उनले परिवर्तनका लागि बलिदान गर्ने योद्धालाई आरोपित गर्ने अधिकार कसैस“ग पनि नभएको उल्लेख गरे । सबै क्रान्तिकारी एकताबद्ध हुने राम्रो अवसर भएको उल्लेख गर्दै उनले भने–एकै मोर्चा र केन्द्रमा एकताबद्ध गर्न आग्रह गर्दछु । ढिलो नगरौं, समीक्षा गरौं, नया“ लहर सिर्जना गरौं । माओवादी युद्धका सहयात्रीहरु आउनुहोस् । यस मोर्चालाई एकताबद्ध गरौं ।

सामाजिक न्याय र सुशासन कायम गरेर अगाडि बढ्ने अवसर भएको भन्दै उनले संकल्प गर्ने यस दिनमा सबै एकताबद्ध हुन अपिल गरे । जनयुद्ध नेपालको इतिहासको दुरगामी महत्वको रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्दै उनले नेपालमा जनयुद्ध सम्भव छ भन्ने निष्कर्षसहित आफूहरु अगाडि बढेको तथा सोहीअनुसार जनताले अभियानमा सहयोग प्रदान गरेको स्मरण गरे ।

‘नेपालको ऐतिहासिक परिवर्तनमा मुख्य र निर्णायक भूमिका सम्पन्न भएको जनयुद्ध नै थियो भन्ने कुरामा कुनै विवाद छैन । विवाद पनि गर्न हु“दैन,’ छिन्तुले भने–शान्तिप्रक्रिया अगाडि बढाउने क्रममा यसले नेपाली समाजलाई रुपान्तरण गरेको छ । पार्टीको दुरदृष्टिअनुसार जनयुद्धले गणतन्त्र स्थापना भएको हो ।

कार्यक्रममा माओवादी केन्द्रका नेता तथा जिल्ला समन्वय समिति प्रमुख ललित घलानले जनयुद्धबाट प्राप्त उपलब्धि संस्थागत् हुन नदिने षडयन्त्र भइरहेको भन्दै गणतन्त्रबादीहरु गोलबद्ध हुनुपर्ने बेला आएको बताए । ‘जनयुद्धको नेतृत्व गर्ने नै देशको प्रधानमन्त्री हुनुहुन्छ । हामीले चाहेजस्ता राज्यव्यवस्था र सुशासन कायम गर्न परिवर्तनकारी शक्तिहरु अगाडि आउनुपर्छ,’ उनले बताए । उनले परिवर्तनका निम्ति आफ्नो जीवनको बलिदान दिने सहिदप्रति श्रद्धाञ्जली, बेपत्ता योद्धाप्रति उच्च सम्मान र घाइते योद्धामा स्वास्थ्यलाभ र दीर्घजीवनको कामना गरे ।

नेकपा माओवादी केन्द्र गाउ“ कमिटी अध्यक्ष राजकुमार खड्काको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला सचिव भीम पाख्रिन, अखिल नेपाल शिक्षक संगठन केन्द्रीय सदस्य गोकुल लम्साललगायत पार्टी नेता÷कार्यकर्ताको उपस्थिति थियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg