jkmv-english-1784299234.jpg
Thursday, 23 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

२९ औं जनयुद्ध दिवस सहिद पाख्रिनको सालिकमा माल्यार्पण

1707832629667-1707832800.jpg

हेटौंडा÷नेकपा माओवादी केन्द्र मकवानपुरगढी गाउ“ कमिटीले ‘जनयुद्ध’ को २९ औं वार्षिकोत्सव मनाएको छ । मंगलबार   गाउ“पालिका वडा नम्बर–४ रुद्र स्मृति पार्कमा रहेको जनयुद्धका सहिद रुद्र पाख्रिनको सालिकमा माल्यार्पण गरिएको हो ।

नेकपा माओवादी केन्द्र वागमती प्रदेश उपाध्यक्ष तथा वागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश उपाध्यक्ष तथा प्रदेशसभा सदस्य छिन्तुले नागरिकको अधिकार, मुक्ति, स्वतन्त्रता र पहिचानका लागि जनयुद्ध थालिएको स्मरण गर्दै जसले जनयुद्ध गरे ती सबैको साझा दिवस जनयुद्ध दिवस भएको बताए ।

जनयुद्ध दिवसलाई सामन्तबाहेक सबैलाई राष्ट्रिय उत्सव र गौरवका दिनका रुपमा मनाउन अपिल गरे । पहिचान पनि सबैलाई ठीक हुने, अधिकार पनि सबैलाई ठीक हुने, जनयुद्धको जगबाट उठेर आएको संघीय लोकतान्त्रिक गणतन्त्र पनि सबैलाई मान्य हुने तर दिवस चाहीं नमनाउनु न्यायोचित नभएको उनले बताए ।

‘जसका कारण हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा उपस्थित भइरहेका छौं । यो पनि एउटा लडाईं हो । हामी निरन्तर लडिराखौं, सत्यको जित हुन्छ भन्ने कुरासाथ आआफ्नो ठाउ“बाट आवाज उठाऔं,’ उनले आग्रह गरे । गणतन्त्रबादीहरुलाई एकै ठाउ“मा राखेर अगाडि बढ्ने गरी पार्टीले विधान अधिवेशन गरिरहेको भन्दै उपाध्यक्ष छिन्तुले गणतन्त्रबादीहरुलाई एक हुन नदिने, सरकारले गरेको काममा षडयन्त्र भइरहेको भन्दै त्यसलाइ चिर्दै सत्यको पक्षमा सबै लाग्नुपर्ने बताए ।

उनले जनयुद्धमा योगदान दिने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गरे । जनयुद्ध दिवसको सन्दर्भमा उनले परिवर्तनका लागि बलिदान गर्ने योद्धालाई आरोपित गर्ने अधिकार कसैस“ग पनि नभएको उल्लेख गरे । सबै क्रान्तिकारी एकताबद्ध हुने राम्रो अवसर भएको उल्लेख गर्दै उनले भने–एकै मोर्चा र केन्द्रमा एकताबद्ध गर्न आग्रह गर्दछु । ढिलो नगरौं, समीक्षा गरौं, नया“ लहर सिर्जना गरौं । माओवादी युद्धका सहयात्रीहरु आउनुहोस् । यस मोर्चालाई एकताबद्ध गरौं ।

सामाजिक न्याय र सुशासन कायम गरेर अगाडि बढ्ने अवसर भएको भन्दै उनले संकल्प गर्ने यस दिनमा सबै एकताबद्ध हुन अपिल गरे । जनयुद्ध नेपालको इतिहासको दुरगामी महत्वको रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्दै उनले नेपालमा जनयुद्ध सम्भव छ भन्ने निष्कर्षसहित आफूहरु अगाडि बढेको तथा सोहीअनुसार जनताले अभियानमा सहयोग प्रदान गरेको स्मरण गरे ।

‘नेपालको ऐतिहासिक परिवर्तनमा मुख्य र निर्णायक भूमिका सम्पन्न भएको जनयुद्ध नै थियो भन्ने कुरामा कुनै विवाद छैन । विवाद पनि गर्न हु“दैन,’ छिन्तुले भने–शान्तिप्रक्रिया अगाडि बढाउने क्रममा यसले नेपाली समाजलाई रुपान्तरण गरेको छ । पार्टीको दुरदृष्टिअनुसार जनयुद्धले गणतन्त्र स्थापना भएको हो ।

कार्यक्रममा माओवादी केन्द्रका नेता तथा जिल्ला समन्वय समिति प्रमुख ललित घलानले जनयुद्धबाट प्राप्त उपलब्धि संस्थागत् हुन नदिने षडयन्त्र भइरहेको भन्दै गणतन्त्रबादीहरु गोलबद्ध हुनुपर्ने बेला आएको बताए । ‘जनयुद्धको नेतृत्व गर्ने नै देशको प्रधानमन्त्री हुनुहुन्छ । हामीले चाहेजस्ता राज्यव्यवस्था र सुशासन कायम गर्न परिवर्तनकारी शक्तिहरु अगाडि आउनुपर्छ,’ उनले बताए । उनले परिवर्तनका निम्ति आफ्नो जीवनको बलिदान दिने सहिदप्रति श्रद्धाञ्जली, बेपत्ता योद्धाप्रति उच्च सम्मान र घाइते योद्धामा स्वास्थ्यलाभ र दीर्घजीवनको कामना गरे ।

नेकपा माओवादी केन्द्र गाउ“ कमिटी अध्यक्ष राजकुमार खड्काको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला सचिव भीम पाख्रिन, अखिल नेपाल शिक्षक संगठन केन्द्रीय सदस्य गोकुल लम्साललगायत पार्टी नेता÷कार्यकर्ताको उपस्थिति थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...