pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

१३ हजारले अवलोकन गर्दै सकियो थाहा फोटो प्रदर्शनी -२०७९(हेर्नुस तस्बिर)

fotopar-1667746503.jpg

 काठमाण्डौं । थाहा नगरपालिकाको आयोजनामा काठमाण्डौअंको बसन्तपुर डबलीमा भएको फोटो प्रदर्शनीमा करिब ६ सय बिदेशी सहित करिब १३ हजार जनाले अवलोकन गरेका छन् । थाहा नगर र इन्द्रसरोबर आसपासका युवा फोटो पत्रकार गणेश बिष्टले खिचेका करिब एक सय ओटा फोटोको यही कात्तिक १८ गतेदेखि प्रदर्शनीमा राखिएको थियो । फोटो प्रदर्शनीले थाहा नगरको पर्यटनको बिकासलाई टेवा पुगेको नगर प्रमुख बिष्णु बहादुर बिष्टले बताउनुभयो । प्रदर्शनीमा राखिएका मध्ये १५ वटा फोटो जर्मन न्युजिल्यान्ड र उक्रेनका पर्यटनकले खरिद गरे भने ५० भन्दा बढी फोटो बिक्री भएको कार्यक्रम ब्यवस्थापन गर्ने जिम्मा लिएको संस्था फरक सोचका संयोजक यादब जंग रायमाझीले बताउनुभयो । उहाँले फोटो प्रदर्शनी सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिनुभयो । थाहा नगरको होटल अध्यायका अर्जुन सिं ठकुरीले फोटो प्रदर्शनीले थाहा नगरको होटल ब्यवसाय प्रबर्द्धनकालागि सकारात्मक भूमिका खेलेको बताउनुभयो । तीन दिनसम्म भएको प्रदर्शनीमा राखिएका फोटोहरु अत्यन्तै उत्साहपुर्वक ढंगले भब्यरुपमा सम्पन्न भएको र आफ्नो मेहनतको उपलब्धि मिलेको फोटोग्राफर गणेश बिष्टले बताउनुभयो । उहाँले यस प्रदर्शनीले आफुले धेरै कुरा सिक्ने अवसर मिलेको बताउनुभयो । फोटोप्रदर्शनीको १८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।

 

 

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...