pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

१२ बुँदे माग राख्दै अनेमसंघ (क्रान्तिकारी)ले थाहा नगर प्रमुखलाई बुझायो ज्ञापनपत्र

IMG_20210922_114805-1632291206.jpg

असोज ६/समान कामको लागि समान ज्याला ब्यबहारमा लागु गर्न अनुरोध गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी)थाहा नगर कमिटिले थाहा नगर प्रमुख लबशेर बिष्टलाई ज्ञापनपत्र बुझाएकाछन्  । 

महिला हिंसामुक्त पालिका घोषणा लगायत महिलासँग सम्बन्धित १२ बुँदे माग राख्दै महिला संघले  बुधबार नगरपालिका प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) थाहा नगर कमिटिले थाहा नगरपालिकालाई ज्ञापन पत्र बुझाएका हुन् ।

शिक्षण संस्था, स्वास्थ्य संस्था वरपर धुम्रपान, मद्यपान र जुवातास निषेध क्षेत्र घोषणा गरिनुपर्ने, माध्यमिक तहसम्म विद्यालयलाई किशोरी मैत्री बनाउनुपर्ने, सेफ हाउस व्यवस्था हुनुपर्ने लगायतका माग ज्ञापन पत्रमा समेटिएको छ । 

साथै, ज्ञापन पत्रमा लैंगिक उत्तरदायी बजेट १० प्रतिशतको व्यवस्था गरी महिलाहरुको क्षमता तथा सीप विकास गर्नुपर्ने, सबै महिलाहरुलाई अस्पतालमै सुत्केरी गराउने व्यवस्था हुनुपर्ने, समान कामको समान ज्याला कार्यान्वयन गर्नुपर्ने जस्ता माग छन् ।

संगठनका जिल्ला सदस्य पबित्रा ठकुरी, थाहा नगर उपाध्यक्ष मिरा खड्का, सचिब जयन्ती रायमाझी, कोषाध्यक्ष राजी बस्नेत, सदस्य रीता कार्की, कृष्णा रायमाझी, लक्ष्मी रायमाझी, माओबादी केन्द्र बागमती प्रदेश कमिटि सचिवालय सदस्य बिष्णु बिष्ट, थाहा नगर कमिटि सचिवालय सदस्य दिपेन्द्र कुमार थिङ लगायतको उपस्थितिमा ज्ञापन पत्र बुझाएका हुन् । 

महिला संघ (क्रान्तिकारी) को केन्द्रीय कार्यक्रम अनुसार देशैभरका पालिकामा ज्ञापन पत्र बुझाईएको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) थाहा नगर कमिटी अध्यक्ष शकुन्तला गोपालीले जानकारी दिनुभयो ।

ज्ञापन पत्र बुझ्दै थाहा नगरपालिका प्रमुख लबशेर बिष्टले नगरपालिकाले सम्बन्धित विषयहरुमा ध्यान दिने बताउनुभयो । यस्ता संवेदनशील विषयहरु उठाइदिएकोमा महिलाहरुलाई धन्यवाद दिँदै प्रमुख बिष्टले कतिपय विषयहरु लागु भइसकेको र बाँकी विषयमा पनि सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गराउने र यी मागहरु लागु गर्ने वचन दिनुभयो ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

IMG_20210922_115153-1632291207.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...