jkmv-english-1784299234.jpg
Thursday, 23 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

हेटौंडा १२ मा वडाअध्यक्षका लागि १४ जनाको उम्मेद्वारी

FB_IMG_1731845782355-1731853702.jpg

मकवानपुर, ०२ मंसिर । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का लागि अध्यक्ष पदमा १४ जनाको उम्मेद्वारी परेको छ ।
बिहान १० देखि अपरान्हन ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारको मनोनयन दर्ता गर्ने कार्यक्रम अन्तरगत हेटौंडा १२ को अध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रबाट रबिकुमार प्रधान ९रविन०, नेकपा एमालेको तर्फबाट राजेश नगरकोटी, नेपाली कांग्रेसको तर्फबाट अर्जुनप्रसाद तिवारीले उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशाबिर बल, नेकपा एकीकृत समाजवादीबाट बलराम बल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रेमबहादुर भ्लोन, नेपाल मजदुर किसान पार्टीबाट फुलमाया तितुङ, मंगोल नेशनल अर्गनाईजेसनबाट दिपा लामा, जनता समाजवादी पार्टीबाट छबिलाल वाईबाले वडाअध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएकाछन् ।
यसैगरी छत्रप्रसाद अधिकारी, गिताकुमारी नेवार, कुमार पोखरेल, अर्जुन घलान र युनेश लामा स्याङ्तानले पनि वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेद्वारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ  ।
बिभिन्न कारणले रिक्त हुन आएको स्थानीय तहको ४४ पदहरुमा उपनिर्वाचन हुन लागेको हो ।
हेटौंडा १२ मा भने गत निर्वाचनमा वडाअध्यक्ष पदमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख पदमा निर्वाचित भएपछि वडाअध्यक्ष पद रिक्त थियो ।
हेटौंडा १२ मा  ४ हजार १ सय ७४ महिला र ३ हजार ८ सय ७८ पुरुष गरी ८ हजार ५२ जना मतदाता रहेका छन् ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...