pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

हेटौंडा आएर ओलीले गरे देउवा, प्रचण्ड र नेपालको सत्तोसराप

1651411197450-1651411239.jpg

रुपा गुरुङ्ग, बैशाख, हेटौंडा - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई सत्तोसराप गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा हेटौंडामा आयोजित सभामा बोल्दै अध्यक्ष ओलीले कांग्रेस, माओवादी र एकिकृत समाजवादीका नेतृत्वप्रति कटाक्ष गरेका हुन् ।

भरतपुरमा माओवादीकी रेणु दाहाललाई पुनः मेयरमा उठाउने सन्दर्भलाई लिएर ओलीले भने–‘कांग्रेसलाई अरुलाई लिएर हिँड्न लाज लागेछ, भरतपुरको सभामा गएर कांग्रेसले के मा भोट माग्छ ? कार्यकर्तालाई धम्क्याउने, लोभ्याउने , थर्काउने , लोपलाप देखाए पनि त्यहाँको कार्यकर्ताले स्विकार्ने पक्षमा छैनन् , यही अफ्ठयारो छ उनीहरुलाई, उनीहरु सकेसम्म निर्वाचन नगर्ने पक्षमा छन्, ढुक्क हुनुहोस् बैशाख ३० गते निर्वाचन हुन्छ ।‘ उनले कांग्रेसको घोषणापत्रबारे पनि व्यंग गरेका छन् । 

कांग्रेसको घोषणापत्रमा पार्टी सभापतिको नाम ८ ठाउँमा र प्रतिपक्षी एमाले अध्यक्षको नाम ४२ ठाँउमा लेखेको भन्दै ओलीले एमालेको नाम १ सय ८ पटक जप्नुपर्ने बताए । मञ्चमा बोलिरहँदा कुनै पार्टीको अध्यक्ष/सभापतिको बारे भनिरहन नपर्ने बताउँदै गर्दा पटक÷पटक सत्तारुढ दलको विषयमा कदाक्ष गरे । सोहीक्रममा उनले माओवादी अध्यक्ष प्रचण्डलाई ठेकीको विर्कोको संज्ञा दिए । ‘ प्रचण्डको पार्टी ठेकीको विर्को जस्तै लाग्यो , ठेकीको विर्को देखेर मैले प्रचण्ड सम्झिए, प्रचण्डको टाउँको मात्रै छ, ठेकीभित्र केहि छैन ।’ 

प्रचण्डको राजनीति छोरीलाई भरतपुरको मेयर, आफ्नो र बुहारीलाई संसदीय चुनाबको ठाँउ माग्नकै लागि रहेको ओलीको आरोप थियो । अध्यक्ष ओलीले पार्टीबाट विभाजित भएर गएका माधव कुमार नेपाललाई कुलंगारको नामले पुकारेका छन् । ‘ माधव कुमारको नाम लिएर म एकछिनमा मुख कुल्ला गर्छु, त्यस्ता कुलंगारको नाम किन लिनु ?– उनले भने ।’ 

ओलीले पाँच दलिय गठबन्धनलाई लुतोको संज्ञा पनि दिए । उनले साउन फाल्ने लुतो जेठ १ गते फाल्न तयार रहेको अभिव्यक्ति दिए । उनले देश बनाउन दृढ संकल्पका साथ एमाले अगाडी बढेको बताए । एमालेको राष्ट्र निमार्णको अभियान रोक्न देशी विदेशी शक्ति लागि परेको समेत आरोप लगाए । उनले पार्टी राष्ट्र निमार्णको अभियान हारे देश हार्ने जिकिर गर्दै एमालेलाई हार्न दिन हुने बताए ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...