pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

हेटौंडामा सहकारी अभियानमार्फत ११ हजार ७ सयलाई निशुल्क मास्क बितरण

हेटौंडा, साउन १४ । हेटौंडामा सहकारी अभियानले ११ हजार ७ सय जनालाई कोरोना बिरुद्ध सचेतना प्रदान गरेकोछ ।
 ब्यस्त बजारमा स्वास्थ्य मापदण्ड पुरा नगरी हिड्ने ब्यक्तिहरुलाई सहकारी अभियानले मास्क प्रदान गर्ने, मास्क प्रयोग गर्न सिकाउने कार्य गरेको थियो ।
 
मकवानपुर जिल्ला सहकारी संघको अगुवाईमा सहकारी अभियानद्वारा हेटौंडाको सीमाचोकमा असार २९ गते देखि साउन ४ गतेसम्म संचालन गरेको कोभिड सचेतना सहायता कक्षबाट उक्त अवधिमा ११ हजार ७ सय जनालाई निशुल्क मास्क बितरण समेत गरिएको थियो ।

मकवानपुर  जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय बमोजिम सहकारी अभियानले असार २९ गतेदेखि कोभिड सचेतना कक्ष १७ दिनसम्म सञ्चालन गरेको थियो  

मकवानपुर जिल्ला सहकारी संघ लि.को अगुवाइमा जिल्ला बचत तथा ऋण सहकारी संघ, जिल्ला दुग्ध सहकारी संघ, जिल्ला कृषि सहकारी संघ, जिल्ला बहुउद्देश्यीय सहकारी संघको समन्वयमा सहायता कक्ष संचालन गरिएको मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले बताउनुभयो ।

जिल्ला भर रहेका सहकारी संस्थाको स्वेच्छिक आर्थिक सहयोग र स्वयंसेवक सहयोगमार्फत कोरोना सचेतना केन्द्र प्रभावकारी ढंगले संचालन गरिएको जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठले बताउनुभयो  ।


नियमित रुपमा मास्क लगाएर स्वास्थ्य मापदण्ड पालना गर्दा कोगोना भाइरसबाट बच्न सकिने भन्दै मास्क नलगाई हिड्ने र सामाजिक दुरी पालना सम्बन्धी ज्ञान नभएका सर्वसाधरणहरुलाई मास्क वितरण, स्यानिटाइजर प्रयोग सिकाई, साबुन पानीले हात धुन अनुरोध गर्ने लगायतका कामहरु सहायता कक्षबाट गरिएको मकवानपुर जिल्ला सहकासंघका ब्यवस्थापक गोबिन्द दाहालले बताउनुभयो ।

उहाँले विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म जिल्लाका सहकारी संघ संस्थाका कर्मचारीहरुद्वारा स्वयंसेवक भई स्वास्थ्य सचेतना फैलाएको समेत बताउनुभयो ।

दुई सिफ्टमा सञ्चालन भएको कोभिड सहायता कक्षबाट धेरै सर्वसाधारणहरुले कोभिड सुरक्षा सम्बन्धी सूचना प्राप्त गर्नुभएको थियो ।

असार २९ बाट सुरु भएको कोभिड सचेतना सहायता केन्द्र १७ दिन सम्म संचालन गरि आज बिहिबार सम्पन्न गरिएको छ ।

 

https://thahapati.com/public/images/users/11150368_899780873425783_-1622687723.jpg
राजकुमार के‍.सी.
rajkumar.stoneheart@gmail.com

राज कुमार के‍.सी. थाहापाटीका सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८५५०६८२०७

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...