jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

हेटौंडामा तेस्रो थारु माघी महोत्सव

maghi-1610680062.jpg

थारु जातिको महान् पर्व माघीको अवसरमा हेटौंडामा महोत्सव आयोजना गरी धुमधामका साथ मनाईएको छ । सांस्कृतिक कार्यक्रमका साथमा थारुको परिकारको स्टल तेस्रो थारु माघी महोत्सवमा राखिएको थियो ।

महोत्सवमा घुंगीको बिशेष परिकार, माछा, हाँसको मासु, भुजाको लड्डु लगायतको खानेकुरा स्टलमा राखिएको थियो । महोत्सवमा थारु विद्यार्थी सभा, थारु युवा सभा, थारु महिला सभा लगायतले थारु, नेपाली र हिन्दी गित गायन, नृत्य तथा प्रहसन प्रस्तुत गरेका थिए ।

महोत्सवमा थारु भषा, कला, संस्कृति संरक्षण एवं सम्वद्र्धनमा योगदान पु¥याएको भन्दै मकवानपुरमा कार्यरत विभिन्न जिल्लाका थारु अगुवालाई सम्मानपत्र प्रदान गरिएको थियो । थारु समुदायको संस्कृति र परम्परालाई जोगाउँदै प्रवद्र्धन गर्ने उद्देश्यले विगत ३ वर्षदेखी महोत्सवको आयोजना गरिएको थारु कल्याणकारिणी सभाले जनाएको छ ।

उद्घाटन कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना कुमारी लामाको प्रमुख आतिथ्य तथा माघी महोत्सव मूल समारोह समिति संयोजक एवं थारु कल्याणकारिणी सभा मकवानपुरका अध्यक्ष हरिलाल चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघका मकवानपुर अध्यक्ष जंगबहादुर गुरुङ, नेपाल तामाङ्ग घेदुङ वागमती प्रदेश अध्यक्ष लिलाकुमार घलान र नेपाल भारतमैत्री बहुप्राविधिक शिक्षालय हेटौंडाका प्रमुख रामशरण चौधरीको विशेष आतिथ्य रहेको थियो ।

माघी पर्व आदिवासी थारु समुदायको सबैभन्दा ठूलो चाड र नयाँ वर्ष पनि हो । यसपर्वमा थारुहरु आपसमा रमाइलो गर्ने, साथी–भाइबीच भातृत्व प्रेम तथा आदर सम्मान गर्ने गरिन्छ । नयाँ नीति नियम बनाउने, कार्यान्वयन गर्ने, नयाँ प्रतिवद्धता जनाउने तथा नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने हुनाले यस पर्वलाई थारुले नयाँ वर्षको रुपमा मनाएका हुन् 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...