Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

स्वास्थ्य केन्द्र पालुङलाई रेडक्रसको अल्ट्रासाउण्ड सहितका सामाग्री सहयोग

प्राथमिक स्वास्थ्य केन्द्र पालुङका लागि नेपाल रेडक्रस सोर्साईटी जिल्ला शाखा मकवानपुरले भुकम्प प्रतिकार्य अर्न्तर्गत विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।    पौष १४ गते प्राथमिक स्वास्थ्यकेन्द्र पालुङमा आयोजित सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा, सेन्टर प्यासेन्ट मोनिटर १ थान, प्यासेन्ट वेड २ थान, अल्ट्रासाउण्ड १ थान र वाटर वाथ मेसिन १ थान प्रदान गरिएको  छ ।
  थाहा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष तथा स्वास्थ्य केन्द्र व्यबस्थापन समितिका अध्यक्ष दिपक सिं लामाको सभाध्यक्षता एवं  नेपाल रेडक्रस सोर्साईटी जिल्ला शाखा मकवानपुरका सभापति र्सर्ुयचन्द्र न्यौपानेको प्रमुख अतिथ्यमा भएको कार्यक्रमा अध्यक्ष लामालाई कार्यक्रममा प्रमुख अतिथि  सभापति न्यौपानेले  कुल ११ लाख १ हजार ९ सय ९५ रुपैंया वरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
      प्रमुख अतिथि र्सर्ुयचन्द्र न्यौपानेले रेडक्रस सदैव मानविय सेवामा लाग्ने संस्था भएको हुँदा मानव बचाउने अभियान स्वरुप नेपाल रेडक्रस सोर्साईटीको भुकम्प प्रतिरोधी कार्यक्रम अर्न्तर्गत प्राथमीक स्वास्थ्य केन्द्रलाई सहयोग गरेको वताउनु भयो । उहा“ले आगामी दिनमा पनि आवस्यक सहयोग जारी राख्ने प्रतिवद्घता जनाउनु भएको छ ।
   कार्यक्रममा थाहा नगरपालिका स्वास्थ्य संयोजक मेघराज वलामीले नेपाल रेडक्रस सोर्साईटीको सहयोगप्रति आभार व्यक्त गर्दै थाहा नगरका स्वास्थ्य संस्थाहरुको समस्याको विषयमा जानकारी सहित निरन्तर सहयोगको लागि अनुरोध गर्नु भएको थियो । उहा“ले उपलब्ध सामाग्रीवाट पालुङ प्राथमिक स्वास्थ्य केन्द्रले गुणस्तरीय स्वास्थ्य शेवा प्रदान गर्ने अवसरलाई लागु गर्न अनुरोध गर्नु भएको छ ।
   कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र पालुङका प्रमुख डाक्टर रिनेस अधिकारीले सहयोगकोलागि धन्यवाद सहित प्राप्त मेसिनलाई उच्चतम प्रयोग गरि गुणस्तरीय शेवा गर्ने प्रतिवद्घता व्यक्त गर्नु भयो । उहाँले  १५ शैयाको अस्पतालको लागि स्विकृतीमा रहेकोले अस्पतालको लागि आवस्यक अन्य सामाग्रीहरुको सहयोगका लागि पनि अनुरोध गर्नुभएकोछ । उहँँाले उपलव्ध सामाग्रीले अव पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा एमजेन्सी खालका विरामी लगायतका लागि सामान्य विरामिको स्वास्थ्य स्थितीको वारेमा जानकारी राख्नको लागि सहज हुने, गर्भवती महिला तथा बच्चाको अवस्थाको बिषयमा जानकारी पनि लिन सकिने जानकारी दिनु भयो ।
  कार्यक्रमका सभाध्यक्ष लामाले यो सहयोगले अस्पतालवाट नगर लगायत आसपासका क्षेत्रवाट आउने विरामीको लागि राम्रो शेवा पुग्ने भएको ह“दा धन्यवाद व्यक्त गर्दै निरन्तर सहयोगको अनुरोध गर्नु भएको थियो ।
   सहयोग हस्तान्तरण कार्यक्रममा, नेपाल रेडक्रस सोर्साईटी जिल्ला शाखा मकवानपुरकी कोषध्यक्ष यशोदा श्रेष्ठ, जिल्ला सदस्य हरिकृष्ण कार्की, सामाजिक परिचालन नविन कार्की, अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष राजिव स्याङतान, सदस्य उर्मिला गोपाली लगायत स्थानिय संचारकर्मीको आतिथ्य रहेको थियो ।
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...