pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

स्थानीयको बिरोध पछि थाहाबाट चल्ने नारायणी यातायातका गाडी र सुमो चलेन

FB_IMG_1748408344150-1748408377.jpg

मकवानपुरको थाहा नगरपालिका-०३ मा सोमबार साँझ गोपाली गाउँबाट थाना बजारतर्फ जाँदै गरेको बा. ३ ख. ५९९० नम्बरको बसको ठक्करबाट ३ जना पैदलयात्रीको ज्यान गएपछि पिडित पक्षले सो बस सम्बद्ध नारायणी यातायात व्यावसायी संघले बेवास्ता गरेको गुनासो गरेका छन् ।

दुर्घटनापछि संघले जिम्मेवारी लिन र मृतक तथा घाइतेहरूको लागि क्षतिपूर्ति दिन तदारुकता नदेखाएको स्थानीयको भनाइ छ ।
संघका अध्यक्षले गैरजिम्मेवार ढंगले फोनमा कुरा गरेका थिए,छलफलमा सहभागीका अनुसार संघका अध्यक्ष हिरालाल श्रेष्ठले थाहा नगरका प्रमुख उपप्रमुख संग समेत फोनमा कुरा गर्दा ड्राइभर संग कुरा गरेको जस्तो व्यवहार देखाएको बताए ।
संघका अध्यक्षले कुनै जिम्मेवारी बोध नगरेको पिडितको भनाइ छ।

मंगलबार बिहान उक्त बस व्यवसायी संघ, जनप्रनितिधि र पीडितसहितको त्रिपक्षीय छलफल भएपनि सो छलफल बिना निष्कर्ष सकिएको थियो । सो पछि स्थानीयहरूले जेठ १४ गतेबाट (बुधबार) चित्लाङ-थानकोट सडक (गणेशमान मार्ग ) भएर चल्ने नारायणी यातायात व्यावसायी संघ मातहतका भाडाका सवारीसाधनलाई गुड्न नदिने बताएका छन् ।

थाहा नगरपालिका वडा न ९ का अध्यक्ष राजकुमार बलामीद्वारा हस्ताक्षरित सूचनामा पीडित पक्ष, जनप्रतिनिधि तथा नारायणी संघका प्रतिनिधि बीच भएको छलफलमा संघले सम्झौता गर्न आनाकानी गरेको भन्दै स्थानीयको माग अनुसार बुधबारबाट थानकोट-चित्लाङ सडकमा नारायणी यातायातसँग सम्बन्धित गाडीहरूको सञ्चालन बन्द गरिने जनाइएको छ ।
आज नारायणी यातायातको पालुङ बाट हेटौंडा काठमाडौ छुट्ने कुनै पनि साधन चलेका छैन।
सबारी साधन नचल्दा कामको लागि हेटौंडा काठमाडौ जाने मारमा परेका छन।

साेमबार भएको दुर्घटनामा स्थानीय झम्केश्वरी माविका दुई शिक्षकसहित तीन जनाको मृत्यु भएकाे थियाे भने दुई जना घाइते भएका थिए । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

FB_IMG_1748408344150-1748408406.jpg
FB_IMG_1748351969824-1748408377.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...