pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

स्थानीयको बिरोध पछि थाहाबाट चल्ने नारायणी यातायातका गाडी र सुमो चलेन

FB_IMG_1748408344150-1748408377.jpg

मकवानपुरको थाहा नगरपालिका-०३ मा सोमबार साँझ गोपाली गाउँबाट थाना बजारतर्फ जाँदै गरेको बा. ३ ख. ५९९० नम्बरको बसको ठक्करबाट ३ जना पैदलयात्रीको ज्यान गएपछि पिडित पक्षले सो बस सम्बद्ध नारायणी यातायात व्यावसायी संघले बेवास्ता गरेको गुनासो गरेका छन् ।

दुर्घटनापछि संघले जिम्मेवारी लिन र मृतक तथा घाइतेहरूको लागि क्षतिपूर्ति दिन तदारुकता नदेखाएको स्थानीयको भनाइ छ ।
संघका अध्यक्षले गैरजिम्मेवार ढंगले फोनमा कुरा गरेका थिए,छलफलमा सहभागीका अनुसार संघका अध्यक्ष हिरालाल श्रेष्ठले थाहा नगरका प्रमुख उपप्रमुख संग समेत फोनमा कुरा गर्दा ड्राइभर संग कुरा गरेको जस्तो व्यवहार देखाएको बताए ।
संघका अध्यक्षले कुनै जिम्मेवारी बोध नगरेको पिडितको भनाइ छ।

मंगलबार बिहान उक्त बस व्यवसायी संघ, जनप्रनितिधि र पीडितसहितको त्रिपक्षीय छलफल भएपनि सो छलफल बिना निष्कर्ष सकिएको थियो । सो पछि स्थानीयहरूले जेठ १४ गतेबाट (बुधबार) चित्लाङ-थानकोट सडक (गणेशमान मार्ग ) भएर चल्ने नारायणी यातायात व्यावसायी संघ मातहतका भाडाका सवारीसाधनलाई गुड्न नदिने बताएका छन् ।

थाहा नगरपालिका वडा न ९ का अध्यक्ष राजकुमार बलामीद्वारा हस्ताक्षरित सूचनामा पीडित पक्ष, जनप्रतिनिधि तथा नारायणी संघका प्रतिनिधि बीच भएको छलफलमा संघले सम्झौता गर्न आनाकानी गरेको भन्दै स्थानीयको माग अनुसार बुधबारबाट थानकोट-चित्लाङ सडकमा नारायणी यातायातसँग सम्बन्धित गाडीहरूको सञ्चालन बन्द गरिने जनाइएको छ ।
आज नारायणी यातायातको पालुङ बाट हेटौंडा काठमाडौ छुट्ने कुनै पनि साधन चलेका छैन।
सबारी साधन नचल्दा कामको लागि हेटौंडा काठमाडौ जाने मारमा परेका छन।

साेमबार भएको दुर्घटनामा स्थानीय झम्केश्वरी माविका दुई शिक्षकसहित तीन जनाको मृत्यु भएकाे थियाे भने दुई जना घाइते भएका थिए । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

FB_IMG_1748408344150-1748408406.jpg
FB_IMG_1748351969824-1748408377.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg