pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

" थाहा नगरको सुल्झन नसकेको सिमा विवाद"

sima-1639564284.jpg

हाम्रो देश नेपाल भू-परिवेश्ठित रास्ट्र भएकै कारण चौतर्फी सिमा क्षेत्र बिबादमा जकडिएको छ। उत्तरतर्फ र दक्षिणतर्फ रहेका दुई बिशाल अनि शक्तिसाली रास्ट्रहरु चीन र हिन्दुस्तान द्वारा भैरहेको सिमा अतिक्रमणको विषयलाई  न कुनै नेता नत कुनै सरकारले नै समाधान गर्न सकेको छ। उतरतर्फ भन्दा पनि दक्षिणतर्फ हिन्दुस्तानले गरेको सिमा अतिक्रमण र हेपा प्रवृत्तिलाई सिमा क्षेत्रमा बसोबास गर्ने आम नेपालीहरुले कहिलेसम्म सहनुपर्ने हो,यो अति गम्भीर एजेन्डा वर्षौंदेखि उस्तै रहेकोे छ।

सिङ्गो देशै त सिमा बिबादमा उल्झेको परिस्थितिमा हाम्रो थाहा नगरपालिका चाहिँ यस समस्याबाट बन्चित हुने सम्भावना नै रहेन। प्रसङ्ग  हो-थाहा नगरपालिका वडा नं.४ को सिमभन्ज्याङसित सिमा जोडिएको भिमफेदी गाउँ पालिका वडा नं.९ गोलमोड र तारेभिरको । स्थानीय सरकारहरु गठन  भएसंगै थाहा नगरपालिका र भिमफेदी गाउँ पालिकाले जिम्मेवारि अनि अधिकार पाएका जनप्रतिनिधिहरु त पाए तर सिमा अन्यौलतालाई दुबै पक्षले समाधान गर्नमा खासै चासो भने देखाएनन्। यसै कारण बिबादित सिमा क्षेत्रमा अवस्थित गोलमोड चौर जस्तो खेलकुद र तारेभिर जस्तो साहसिक  पर्यटन बिकासको व्यापक सम्भावना भएको  स्थानहरु ओझेलमा परेका छन् । दामन,सिमभन्ज्याङ, नारायणझ्याउ,ठुलोमाखु,फापरबारी,झिरघारी,अघोर,खर्क,   नलिबन आदि गाउँका खेलकुदप्रेमी युवाहरूको फुटबल खेल्ने रहर पूरा गर्ने एकमात्र उपलब्ध फराकिलो चौर भनेकै गोलमोड चौरू हो। यहाँ फुटबल खेल्न मात्र नभै अन्य बिबिध कार्यक्रमहरुको पनि आयोजना  गर्न सकिन्छ ।

 त्यसैगरी  जमिनको सतहदेखी करिब १,००० मिटर अग्लो रहेको चट्टाने तारेभिरलाई दृश्यावलोकन,हाईकिङ्ग,पारा-ग्लाईडिङ्ग,रक क्लाईम्बिङ्ग जस्ता साहसपूर्ण  एबं  मनोरञ्जनात्मक गतिविधिले भरिपुर्ण पर्यटन आकर्षणको मुख्य केन्द्र नै बनाउन सकिन्छ । सो तारेभिर ऋषेश्वर मन्दिरको ठिक पछाडिको भाग हो। समग्रमा भनुपर्दा तारेभिर पहाड र ऋषेश्वर पहाड एक सिङ्गो पहाड हो। युगौंदेखि यथावत रहेको सिमा अन्यौलतालाई दुबै पालिकाका कार्यकारी प्रमुखहरुको आपसी समन्वय र समझदारीमा दिगो रुपमा समाधान गर्दै दुबै पक्षको सक्रियतामा ती स्थानहरुको यथोचित बिकास,निर्माण अनि प्रचारप्रसार गर्नमा आवश्यक   पहलहरु अघि बढाईनुपर्नेमा स्थानीय बासिन्दाहरुले घनघोर गुनासो गरेका छन् । साथै  गोलमोड संगै सिमा जोडिएको पर्यटकिय आकर्षण  मैत्री बगैचा पार्क भिमफेदी गाउँ पालिका क्षेत्रमा अवस्थित छ र यी तीन बिशेष स्थानहरुलाई बिशेषता अनुसार समायोजन गरि बिकास गर्ने हो भने पर्यटन क्षेत्रमा नयाँ सफलता पाउनेछ।

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...