pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

सुरु भयो मौन अवधि, के गर्न हुन्छ ? के गर्न हुँदैन ?

Screenshot_20211223-08260-1652207874.png

२७ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मौन अवधि शुरु भएको छ । मतदानाको ४८ घण्टा अघिदेखि निर्वाचनको मौन अवधि लागू हुन्छ ।

मौन अवधि मतदान नसकिएसम्म जारी रहन्छ । मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा प्रचारप्रचार र अरु क्रियाकलाप गर्न पाइँदैन । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार मौन अवधिमा राजनीतिक दलहरुले प्रचारप्रसारका काम गर्न पाउँदैनन् । दलहरुलाई छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत कुनै पनि क्रियाकलाप गर्न रोक लगाइएको हुन्छ ।


मंगलबार अपरान्ह निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ठट्यौली शैलीमा मौन अवधिमा उम्मेदरवार र मतदातालाई बन्देज नलागेको क्रियाकलापको विवरण सुनाए । ‘हरेक उम्मेदवारले मनमनै मैले चुनाव जित्छु कि जित्दिन ? मैले कस्तो प्रचारप्रसार गरेछु भनेर स्मरण र समिक्षा गर्न पाउनेछन्,’ उनले भने, ‘त्यो बाहेक प्रचारप्रसार र अरु क्रियाकलाप गर्न नपाउने ।’


मौन अवधि संवेदनशील रहने उल्लेख गर्दै उनले मतदातालाई पनि सजगता अपनाउन आग्रह गरेका छन् । ‘प्रत्येक मतदाता परिचयपत्र लिन जान पाउने । त्यही नै हामीले मतदाता शिक्षा भनेर स्वयंसेवक र कर्मचारीबाट मतदाता शिक्षाको बन्दोबस्त गरेका छौं,’ उनले भने, ‘कसरी मतदान गर्ने, स्वस्तिक कसरी लगाउने ? मतपत्र कसरी पट्याउने भनेर सिक्न जान पाउने ।’


मतदानको समयमा प्रतिस्पर्धीहरुवीच विवाद वा झडप नहोस् र कुनै अप्रिय घटनाले मतदाता आतंकित नहोउन भनेर मौन अवधि शुरु गर्ने अन्तराष्ट्रिय प्रचलन छ ।


शान्त वातावरणमा निर्वाचन गर्न, अनि उम्मेदवारविच स्वच्छ प्रतिस्पर्धात्मक वातावरण बनाउन मौन अवधिको व्यवस्था गर्ने प्रचलन छ । मौन अवधि शुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारहरुलाई मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचारप्रसार सामग्री हटाउन लगाउछ । निर्वाचन आचारसंहितामा भनिएको छ, ‘दल वा उम्मेदवारका प्रचार प्रसारका सामग्री हटाउनु पर्ने, कुनै पनि विधि, प्रकृया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार प्रसार गर्न नहुने ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले पत्रकार सम्मेलनमा मौन अवधिभन्दा अगाडी राखिएका भौतिक प्रचार सामग्री समेत हटाइदिन राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरे । उनले सामाजिक सञ्जालमा पनि मौन अवधि शुरु भएपछि प्रचारप्रसारका सामग्री नराख्न सुझाव दिए । उनले भने, ‘(सामाजिक सञ्जालका) कुनैपनि खातामा सामग्री नराखिदिनुहोला । छ भने झिकिदिनुहोला, पूर्ववत अवस्थामा गइदिनुहोला ।’

निर्वाचन आयोगले सामाजिक सञ्जाल, सञ्चारमाध्यम लगायत अन्य उपायबाट राजनीतिक दल, उम्मेदवारको पक्ष÷विपक्षमा सन्देश, सूचना र प्रचारप्रसार सामग्री राख्न र शेयर गर्न समेत रोक लगाएको छ । आचारसंहिता पालना र मौन अवधिमा पालनाको अनुगमन गर्न आयोगले १९ जिल्लामा सहसचिवको नेतृत्वमा टोली पठाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार, उनीहरुले प्रचारप्रसार मौन अवधि र मतगणनाको समेत अनुगमन गरी निर्वाचन आयोगमा प्रतिवेदन बुझाउनेछन् ।

मौन अवधिमा प्रचारप्रसारका सबै गतिविधि शान्त हुने भएकाले मतदानको वातावरण बन्छ र मतदाताहरु उत्साहित भएर मतदान गर्छन भन्ने अपेक्षा गरिन्छ । यदि शुन्य अवधिको व्यवस्था नराख्ने हो र मतदानको अघिल्लो दिनसम्म पनि प्रचारप्रचारको छुट हुने हो भने उम्मेदवार र राजनीतिक दलहरुले मतदातालाई प्रभावित पार्ने जोखिम रहन्छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मौन अवधिमा स्वतन्त्र रुपमा आफ्नो विवेकको प्रयोग गर्न मतदाताहरुलाई आग्रह गरे । उनले भने, ‘कुन उम्मेदवारले यो विचमा के के भने ? उनीहरुको अनुहार सम्झिने । चिन्ह सम्झिने । त्यो सबै सम्झेर आफ्नो विवेकको ऐनामा त्यसलाई हेर्ने । राम्रो मान्छेलाई आफ्नो मत प्रकट गर्ने । मतपेटिकामा मत हाल्ने, आउने । गर्नपाउने भनेका यिनै काम हुन् ।’

अनलाइन खबर

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...