pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

सुरक्षित आप्रबाशन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

1642782270557-1642829020.jpg

थाहा नगरपालिका वडा नम्बर४ किटेनिमा  नयाँ वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्शको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। सुरक्षित आप्रवासन परियोजना अन्तर्गत आर्थिक वर्ष २०७८/७९ का लागि वडा नम्बर ४ मा उक्त कार्यक्रम संचालन गरियको हो।

कार्यक्रममा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श तथा अभिमुखिकरण गरियको थियो । सुरुमा सहभागीहरुलाई वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्शको परिभाषा तथा यसको महत्व र आवश्यकताबाट प्रष्ट पारिएको थियो । विशेषतः वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्शको बारेमा पुर्ण जानकारीका साथै परियोजनाको बारेमा समेत सहभागीहरुलाई अभिमुखिकरण  गराईएको थियो ।

वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाको सामान्य निती नियम पनि बनाईएको छ । त्यसपछि वैदेशिक रोजगारीले पारेका राम्रा र नराम्रा प्रभावहरुको बारेमा छलफल गरिएको छ । त्यपछि प्रतिबद्धता पत्रको बारेमा पुनःस्मरण गराउदै कक्षा व्यवस्थापन समितीका सदस्यमार्फत कक्षा समापन गरिएको वित्तिय साक्षरता सहजकर्ता मेलिना खत्रीले बताउनुभयो ।
समिती गठन गरे सँगै वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सुरु गरिएको वित्तिय साक्षरता सहजकर्ता मेलिना खत्रीले  बताउनुभयो ।
सुरक्षित आप्रवासन परियोजना नेपाल सरकार र स्वीस सरकार विचको द्धिपक्षीय परियोजना हो । यो परियोजना श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरुकोे (थाहा नगरपालिकाको) नेतृत्व एकीकृत ग्रामीण बिकासको सहजीकरण  तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामी अन्र्तगतको वित्तीय साक्षरता संभागमा डिप्रोक्स नेपालले वित्तीय साक्षरता कार्यक्रमलाई व्यवस्थित सञ्चालनको प्राविधिक साझेदारीको काम गर्दै आइरहेको छ ।

वैदेशिक रोजगारीलाई व्यवस्थित तथा मर्यादित एवम् शोषणरहित बनाउदै वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको सहि सदुपयोग गरि देशभित्रै रोजगारीको अवसरहरु सिर्जना गर्ने तथा आय आर्जनमा वृद्धि गरि भविष्यमा सहज जिविकोपार्जन गर्ने गराउने यस परियोजनाको मुख्य उद्धेश्य रहेको मनोसामाजिक परामर्श कर्ता सुनिता बस्नेत ले बताउनुभयो। आयोजना तथा परियोजनाको लागी प्राविधिक सहयोग हेल्भेटास नेपालले गरेको छ ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

1642782286473-1642829020.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...