pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउन जग्गा कब्जा

CamScanner-०४-०७-1680883402.jpg

हेटौंडा,२४ चैत /लामो समयदेखि सुकुम्बासीहरु बसोबास गर्दै आएको जग्गा  सरकारी मिलेमतोमा व्यक्तिको नाममा नाप नक्सा गरिएको भन्दै उक्त जग्गा उक्त जग्गामा बसोबास गर्ने सुकुम्बासीहरुको उपस्थितिमा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) ले एक कार्यक्रम विच कब्जा गरेका छन् ।  

शुक्रवार हेटौंडा उपमहानगरपालिका वडा न. १५ भाेर्ले स्थित सुकुम्बासी वस्तीमा रहेकाे क्त स्थानमा रहेको कित्ता नम्बर १, ५ ,३४, २६, ७७, ७४, ६१ र २६७ को जग्गामा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) पार्टीको झण्डा गाडेर कब्जा गरेकाे हाे ।

विगत ४० वर्षदेखि नियमित वसाेवार गर्दै आएकाे सुकुम्बासी वस्तीमा सरकारी मिलेमताेमा टेक बहादुर बलकाे नाममा नाप नक्सा भएकाे भन्दै सुकुम्बासीहरु आक्रोसित भएका थिए ।

जग्गा कब्जा घाेषणा कार्यक्रममा बाेल्दै नेकपा( क्रान्तिकारी माओवादी) मकवानपुर जिल्ला सेक्रेटरी दिक्पालले सुकुम्बासी समुदायले लामाे समयदेखि बसाेबास गर्दै आएकाे यस क्षेत्रमा राज्यले विनाशर्त अधिकारसहित बसाेबासकाे व्यवस्था नहुन्जेल आफ्नाे पार्टी सुकुम्बासीहरुकाे पक्षमा लडिरहने बताउनु भयाे।

उक्त कार्यक्रममा नेकपा( बहुमत) मकवानपुर जिल्ला संयाेजक शक्तिले सुकुम्बासीहरुले बसाेवास गर्दै आएकाे क्षेत्रमा कसैले आक्रमण गर्न आए तिनिहरुकाे प्रतिकार गर्ने बताउँदै सुकुम्बासी समुदायकाे समस्या समाधान नभएसम्म आन्दोलन नराेकिने बताउनु भयाे। जग्गा कब्जा घाेषणा कार्यक्रम पछि दुबै पार्टीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त जग्गा कब्जामा लिएकाे बताएका छन् ।

संयुक्त प्रेस विज्ञप्तिमा “सरकारी कर्मचारिकाे मिलेमताेमा व्यक्तिको नाममा रहेकाे १, ५, ३४, २६, ७७, ७४, ६१, र २६७ कित्ता भित्र बसाेबास गर्दै आएका सुकुम्बासीहरुलाई उनीहरु बसाेबास गर्दै आएकाे जमिन विनाशर्त उनीहरुकै नाममा उपलब्ध गराउन सम्वन्धित सराेकारवाला पक्षसंग जाेडदार माग गर्दै उक्त कार्य पूरा नहुदासम्म साे स्थानमा रहेका सम्पूर्ण कित्ताहरु आजको मितिवाट कब्जा गरिएको जानकारी गराउँदछाै ।” भनिएकाे छ। 
जग्गा कब्जा कार्यक्रम सुकुम्बासी समुदायकाे उल्लेख्य  उपस्थित रहेको थियाे।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...