edu-1681783152.jpg
Saturday, 10 Jun, 2023
sahara-1681783426.jpg

अपडेट

सिमभन्ज्याङ क्षेत्रमा भैरहेको पिच गुणस्तरहीन भएको भन्दै स्थानीयले रोके काम।

FB_IMG_1684424851750-1684424885.jpg

त्रिभुवन राजपथको सिमभन्ज्याङ देखि दन्दुभन्ज्याङ सम्म  ६.५ किलोमिटरकोको सरफेस ड्रेसिङ पिचको काम कमसल देखिएको भन्दै  दामन-सिमभन्ज्याङ बजार व्यवस्थापन समिती तथा एभरेष्ट क्लबको पहलमा आजदेखी भैरहेको काम बन्द गराइएको छ। कालिमाटीको केएनकेजि कन्ट्रक्सनले डेढ करोडको ठेक्कामा पाएको उक्त काम सडक डिभिजन कार्यालय हेटौंडा मकवानपुरले बनाइएको इस्टिमेट अनुसार भएको जानकारी गराए।


 
डिभिजन सडक कार्यालय हेटौंडा मकवानपुरको इस्टिमेट अनुसार जम्मा २ सेन्टिमिटरको मात्र पिच हुनेगरि  बनेको सो कार्यलाई अघि नबढाउन  स्थानीय अगुवाहरुले सम्बन्धित निकायलाई सचेत पनि गराएको छ। 
सिमभन्ज्याङ्को सेग्रीगेसन टहरादेखी करिब ३०० मिटर चिल्लो सडकमा हल्का मात्र अलकत्रा लगाई त्यसमाथि चिसो गिट्टी बिछ्याइएको र रोलरले पेल्दा-पेल्दै गिट्टी उप्किएको अनि  खुट्टाले धसेर्दा समेर गिट्टी उप्किरहेको अवस्था देखिएपछि स्थानीयले काम गुणस्तरहिन भएको भन्दै पिचको काम बन्द गराएकाहुन। 


भैरहेको चिल्लो सडक माथी त्यसरी गिट्टी थुपार्दा झनै झोखिम र कुरुपता थपेको छ भने जनताको आँखामा छारो हाल्ने काम भएको स्पष्ट देखिएको स्थानीयको आरोप छ।

ठेकेदारकै भनाइ अनुसार सिमभन्ज्याङ जस्तो चिसो ठाउँमा धेरै टिकाउ हुने खालको पिच गरिनुपर्ने हो तर आफुले डिभिजन सडक कार्यालयले गरेको  निर्णय,योजना  र तोकिएको मापदण्ड अनुसार मात्रै काम गर्न सकिने भएकोले बरु घाटामा गएर  भनेपनी काम  रोक्नुपर्ने बाहेक अन्य विकल्प नरहेको बताए।
यस अघिपनी सोही निर्माण कम्पनिले अघोर क्षेत्रमा गरेको काम कमसल भएको भन्दै संचारमाध्यममा आलोचना भएपछि बिबाद भएको थियो।

 

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

nepalaya-copy-1675152884.jpg
himalayan-1681783251.jpg

nagarpalika-1661488385.jpg
viber_image_2022-09-27_22-1664340402.jpg
thaha-1681783216.jpg
sahara-1681783294.jpg
जनश्रमदान बाट जगडाँडामा सिंचाइ
FB_IMG_1686329002487-1686329014.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १२ मा सिंचाइ आयोजनाको निर्माण शुरु भएपछि स्थानीयहरु खुशी भएका छन् । सिंचाइ...

न्युनतम सेवा मापदण्डमा थाहाका ३ स्वास्थ्य संस्था जिल्ला उत्कृष्ट
FB_IMG_1686328336817-1686328359.jpg

स्वास्थ्य कार्यालय मकवानपुरले  स्वास्थ्य चौकीहरुको लागि न्यूनतम सेवा मापदण्ड सम्बन्धी अभिमुखिकरण कार्यक्रम...

आगामी बजेटबाट आफ्नो माग पूरा गर्न थाहाका इसिडी शिक्षकहरुको ध्यानाकर्षण
FB_IMG_1686320188458-1686321670.jpg

नेपाल बाल विकास शिक्षक समिती थाहा नगर समितिले थाहा नगरपालिकाको आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटमा...

शिक्षक महासंघ थाहाले नगरको शैक्षिक सुधारको निम्ति बुझायो सुझाव पत्र
FB_IMG_1686319789757-1686320988.jpg

नेपाल शिक्षक महासंघ थाहा नगर समितिले थाहा नगरपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा विभिन्न शैक्षिक...

मनहरी ५ भएको आँखा शिविरमा २६ जना मोतिबिन्दु फेला
FB_IMG_1686319918571-1686320015.jpg

जेठ, हेटौडा (मनहरी) - मनहरी गाउँपालिका वडा नम्बर ५ मा नि:शुल्क आँखा शिविर भएको छ। ३ सय २० जनाले आँखाको परिक्षण गरेका...

पालुङ जेसिज,सफल बिष्ट जिताउन थाहा दौडाहामा।
FB_IMG_1686233364297-1686233380.jpg

आगामी २८ जेठमा हुने फाइनल प्रतिष्पर्धामा मकवानपुर थाहाका सफल विष्टलाई जिताउन पालुङ जेसीजले थाहानगरमा भाेटिङ...

जनकल्याणका कृषि विद्यार्थीलाई जुनेटिक रोग सम्बन्धि जानकारी दिइयो ।
FB_IMG_1686225463445-1686225492.jpg

जुनोटिक रोग चुनौतीका रुपमा देखा पर्न थालेको छ । खानपानमा बदलाव र वातावरणमा आएको परिवर्तनका कारण जुनोटिक खालका...

अपाङ्गता भएका विद्यार्थी हरुलाई शैक्षिक सामाग्री तथा छात्रवृत्ति प्रदान।
FB_IMG_1686222734046-1686222889.jpg

थाहा नगरपालिकाले  विभिन्न लक्षित समुदायको बजेट कार्यान्वयन गर्न सुरु गरेको छ । यसक्रममा थाहा नगरपालिका भित्र...

थाहामा ४९ अर्बमा बन्ने मदन भण्डारी विश्वविद्यालय निर्माणको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार,
FB_IMG_1686155697061_1-1686155743.jpg

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा निर्माण गर्न लागिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विविद्यालयको...