jkmv-english-1784299234.jpg
Wednesday, 22 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

सिक्रे दोभानमा हराइरहेका पाँचमध्ये दुईजनाको शव फेला

FB_IMG_1691516019813-1691567636.jpg

मकवानपुरको बागमती गाउँपालिका- ५ सिक्रे दोभान पहिरोमा परी हराइरहेका पाँचजनामध्ये दुईजना बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् । मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले बिहान खोजतलास गर्ने क्रममा सवा नौ बजे बागमती नदीको बीचबगरमा दुईजनाको शव फेला परेको जानकारी दिए।

सिन्धुली हरिहरपुरगढी गाउँपालिका- १ कोकरेस्थित नदीको बीचबगरमा एक पुरुष र एक महिलाको शव फेला परेको  प्रवक्ता कार्कीले जानकारी दिए । उनका अनुसार फेला पर्नेमा घरधनी अक्कलबहादुर स्याङ्तान र  उनकी छोरी २२ वर्षकी शिला पहरी रहेका छन् । उनीहरूको शव फेला परेको स्थान घटनास्थलबाट करिब १० किलोमिटर दक्षिणमा रहेको छ । 

मंगलबार बिहान आएको पहिरोले अक्कलबहादुरको घरसहित सातजनालाई बगाएको थियो । पहिरोमा परी हराएका सातजनामध्ये अक्कलबहादुरकी श्रीमती शान्तिमाया स्याङ्तानको उद्धारपछि उपचारको क्रममा मृत्यु भएको थियो भने सिन्धुलीको हरिहरपुर गाउँपालिका- १ का पासाङ घिसिङको १२ घन्टापछि जीवितै उद्धार गरिएको थियो । उनको अहिले हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

पहिरोमा परी अझै तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्याङ्तानका ज्वाइँ २५ वर्षका जीवन पहरी, नाति ४ वर्षका मिलन पहरी र नातिनी डेढ वर्षकी दिव्या पहरी रहेका छन् ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...