pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

सिक्रेदोभानको पहिरोमा बेपत्ता हुनेको पहिचान खुल्यो,बागमतीले बगाएको आशंका ।

FB_IMG_1691464987077-1691475353.jpg

सांकेतिक तस्विर

मकवानपुरको बागमती गाउँपालिका ५ सिक्रेदोभानमा पहिरोले घर बगाउँदा बेपत्ता हुनेहरूलाई बागमती नदीले बगाएको आशंका गरिएको छ। बागमती नदी किनारमै घर रहेको उनीहरुलाई माथिबाट आएको पहिरो नदीमा मिसिँदा बगाएको हुनसक्ने आशंका गरिएको हो।

गएरातिदेखिको वर्षाका कारण लेदोसहित खसेको पहिरोमा परी ६० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनका २२ वर्षाीया छोरी शिला स्याङ्तान, २५ वर्षीय ज्वाइँ जीवन पहरी, ४ वर्षीय नाति मिलन, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना आएकी सिन्धुली हरिहरपुरगढी गाउँपालिका १ कोकटीका १७ वर्षीय पासाङ घिसिङ बेपत्ता भएका हुन्।

अक्कलबहादुरकी ५५ वर्षीया श्रीमती शान्तामाया ब्लोनलाई भने स्थानीयले अचेत अवस्थामा फेला पारेका थिए। तर उपचारका लागि स्थानीय स्वास्थ्यचाैकीमा लाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी सहायक निरीक्षक भीमबहादुर केसीका अनुसार पहिरोले पुरिएको घरलाई बागमती नदीले बगाएको छ। ‘घरको जग नै भेटिने अवस्था छैन’, उनले भने, ‘जेसीबी ल्याएर हेर्ने अवस्था पनि छैन। नदी बढेको छ।’

बेपत्ता ६ जनाको खोजी भइरहेको प्रहरी सहायक निरीक्षक केसीले जानकारी दिए।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...