pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

सामान्य विवादमा पक्राउ गरिएको भन्दै स्थानीयले गरे रिद्धिसिद्धि उद्योग बन्द

Screenshot_20220623-13301-1655970468.png

मकवानपुर । हेटौंडा–१५ स्थित रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योग स्थानीयले बन्द गराएका छन् । प्रशासनका कर्मचारी र स्थानीयसँग बुधबार छलफलका क्रममा सामान्य विवाद हुँदा एक जना स्थानीयलाई प्रहरीद्वारा पक्राउ गरिएको विरोधमा विहीबार स्थानीयले उद्योग बन्द गराएका हुन् ।

आज विहानैदेखि उद्योग गेट परिसरमा ठूलो संख्यामा जम्मा भएका स्थानीयले उद्योगको गेट बन्द गरि आयात निर्यात ठप्प पारेका छन् ।

हाल इन्धनको मूल्य वृद्धि भएकोमा उद्योगबाट हुने सामान ढुवानीको भाडा वृद्धि हुनुपर्ने माग लिएर स्थानीय ढुवानी व्यवसायी विक्रम दोङसहित अन्य ढुवानी व्यवसायी छलफलकालागि उद्योगमा पुगेका थिए । उद्योगमा छलफलका क्रममा उद्योगका कर्मचारी पीआरओ अच्युत पराजुलीसँग केहि विवाद भएको र बेलुका उद्योग प्रशासनका तर्फबाट प्रहरी बोलाएर स्थानीय विक्रम दोङलाई पक्राउ गरिएको अर्का ढुवानी व्यवसायी स्थानीय उमेश स्याङबोले जानकारी दिए । छलफलका क्रममा सामान्य विवाद भएको र धकेलाधकेल भएको उद्योगमै कार्यरत कर्मचारी स्थानीय भेषबहादुर स्याङतानले बताए ।

पक्राउ परेका स्थानीय ढुवानी व्यवसायी विक्रम दोङलाई रिहा नगरेसम्म उद्योगको आयात निर्यात बन्द यथावत रहने तथा संघर्ष जारी रहने ढुवानी व्यवसायी स्याङबोले बताए ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...