pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

सामान्य बन्दै नेपालगन्ज

Untitled-1-1696470614.jpg

 नेपालगन्जको अवस्था क्रमशः सुधारिँदै गएको छ । धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलबार दिउँसो १ बजेदेखि कफ्र्यु लगाएको छ ।  

अवस्थामा सुधार आए पनि बुधबार कफ्र्यु भने हटाइएको छैन । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मङ्गलबार अपराह्न ३ बजेसम्म केही छिटपुट घटना भए पनि त्यसयता कुनै पनि घटना नभएको र नगर शान्त तथा सामान्य अवस्थामा फर्कंदै गएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता नारायण डाँगीले नगरको अवस्था शान्त र सामान्य बन्दै गएको जनाउँदै कफ्र्युको पालना गर्न र घरमै बस्न आमनागरिकसँग आग्रह गरिएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार दिउँसो नेपालगन्जमा सद्भाव र शान्तिका लागि निर्णय लिने उद्देश्यले सर्वपक्षीय बैठक बोलाइएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नगरको शान्ति सुरक्षा मजबुत बनाउँदै सद्भाव र एकता बहाल गर्न सबै पक्षलाई बोलाएर सहमत गराई अवस्था सामान्य पार्ने प्रयास भइरहेको बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा सहभागी अधिकांशले नेपालगन्जमा शान्ति र सद्भाव कायम गर्नु अपरिहार्य भएको जनाउँदै सोका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

बैठकमा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष पाण्डे, बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर राणा, प्रदेश सभा सदस्य कृष्णा केसी नमुना, पूर्वमन्त्री मोहम्मद इस्तियाक राई, नेपाल प्रहरीका प्रदेश प्रमुख डिआइजी उमेशराज जोशी, राजनीतिक दलका नेता, धार्मिक सङ्घ संस्थाका अगुवाको उपस्थिति थियो ।  

सहभागी सबैले दुई दिनभित्र शान्ति र सद्भाव कायम गरेर नेपालगन्जलाई पुरानै अवस्थामा फर्काउने सहमति भएको बैठकमा सहभागी पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले बताउनुभयो । 

यसैबिच अत्यावश्यक कामले बाहिर निस्केका सर्वसाधारणलाई सामान्य सोधपुछ गरेर प्रहरीले गन्तव्यतर्फ जान दिएको स्थानीयले जनाएका छन् । यसअघि जमुनाहा नाकामा फसेका करिब एक हजार नेपालीलाई नेपालगन्ज ल्याएर सम्बन्धित ठाउँतर्फ प्रहरीले पठाएको छ भने राँझा विमानस्थलसम्म जाने यात्रुलाई पनि सहज रूपमा आउन जान दिइएको छ । एक पटक फेरि पनि सबै समुदायका धर्मगुरु र अगुवाले शान्ति र सद्भाव कायम गर्न अपिल गर्दै सबैले एक अर्काको धर्मको सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ । 

धार्मिक सद्भाव समितिका अध्यक्ष तथा वागेश्वरी मन्दिरका मूल महन्त योगी चन्दननाथ र मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले एक अर्काको धर्म र संस्कृतिको सम्मान गर्दै शान्ति कायम गर्न सबैसँग आग्रह गर्नुभएको छ । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...